भर्खरका पोष्ट

गजल जव घाम जून रहन्छन् गजल रहोस् तिमीसँग। जागरूक र मायालुपन हरपल रहोस् तिमीसँग। त्यों मनको क्यानभास भरि प्रेमिल चित्र कोर्नसकौं, म केबल कूची न हूँ मसि बोतल रहोस् तिमीसँग। गीत होस् या कबिता होस् या त यात्रा नियात्रामा, रस रंग र प्रतिक बिम्ब सबल रहोस् तिमीसँग। नहराउनु धेर एकान्तमा प्रकृतिको गुलाम बनी, एकान्तपन भंग पार्ने मादल रहोस् तिमीसँग। उदारणीय बन्नू सधै नबिझाए है कसैलाई नि, प्रशांसानीय कवित्वमन कोमल रहोस् तिमीसँग। मेरो जीवन बिसाउने चौतारी हौ तिमी भने, आमाको झै प्यारो प्यारो आँचल रहोस् तिमीसँग।

♥ इन्दिरा प्रयास झापा हाल सानोठिमी भक्तपुर

धनकुटे कान्छाका केही गजलहरु:
१) बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ। यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ। पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ, यो नठान कि पोस्टरले जीवन दिएको छ। आँखा भएर जानेहरु आँखै सामुन्ने फर्किरहे, यो नठान कि समय पोस्टरमा अडिएको छ। बजार छ मनहरुको र त आँखाको धार छ, यो नठान कि खाटाले घाउ सिएको छ। २) पहिले मार्छ अनि भन्छ मलाई माफ गरिदिनु। उसका लागि जिन्दगीको सहिछाप गरिदिनु। कस्तो उसको निमन्त्रणा कस्तो उसको वाचा कसम, मेरै दुश्मन मलाई भन्छ उसकै आदाप गरिदिनु। वैमानीको रङ्ग दलोस मलाई छाँया बनाएर, फेरि भन्छ यार तैले उसकै धाप गरिदिनु। रोप्नै हुन्न पूmल मैले उजाड भइदिनु भन्छ, आँगनभरि फूल झर्दा भन्छ साफ गरिदिनु। ३) मेरो जून घाम अनि सिङ्गो आकाश तिमी। नशाभित्र बग्ने रगत चल्ने सास तिमी। मलाई मान्छे हुन देऊ भगवान हैन, चोखो शुद्ध पवित्र त्यो गंगाबास तिमी। गलेँ भने छोइ देऊ थाकेँ भने कहिँ कतै, कहिल्यै छुट्न नसक्ने त्यो बाहुपास तिमी। बिना बादल देखिरहूँ खुशी आँखाभरी, मेरा लागि सधैँ सधैँ मधुमास तिमी। ४) मुटु दुख्ने चोट के हो परदेशीलाई सोध। अरब ल्हासा भोट के हो परदेशीलाई सोध। आफ्नै आँगन नाच्न पाऊँ फूल हाँस्न पाऊँ, बिना हाँसो ओठ के हो परदेशीलाई सोध। माटो हैन मुटु देश धुलो आमा सरी, चोखो मनमा खोट के हो परदेशीलाई सोध। हत्केलाले मुटु थिचि बाँच्छ के का लागि, मर्दै बाँच्ने अठोट के हो परदेशीलाई सोध। ५) तिमी हाँस्दै आयौ र म सोच्न थालेँ। तिमी रिसायौ र म सोच्न थालेँ। परैबाट हेरेँ र आँखा नियाँले, आँशु बिसायौ र म सोच्न थालेँ। सफा देखँथेँ जब जून तारा, बादल मिसायौ र म सोच्न थालेँ। खै के के भनिछौ हेर्दै टोलाएँ, चरी गीत गायौ र म सोच्न थालेँ। फुल्दै गरेको पूmल टिपी दिएँ, डोब सुम्सुम्यायौ, र म सोच्न थालेँ। बगर खोस्री पानी कुवा बनाएँ, तिमी गुनगुनायौ, र म सोच्न थालेँ। जब बाँसुरीको घाउ दुख्न थाल्यो, गजल सुनायौ, र म सोच्न थालेँ। ६) मनको आँशु झर्यो भने दिउँसै रात पर्यो भने तिम्लाई कस्तो लाग्छ ? तिम्रो आँखाबाट बिहान उदाउँछ मेरो लागि टम्म बादल भर्यो भने खसम तिम्रो मर्यो भने तिम्लाई कस्तो लाग्छ ? तिम्रो सिँउदोबाट घाम अस्ताउँछ मेरो लागि लगनपछि टर्यो भने साइत अन्तै सर्यो भने तिम्लाई कस्तो लाग्छ ? तिम्रो ढुक्ढुकीमा मेरो सास चलिरहेछ छामी हेर प्रेमी नहर तर्यो भने दोषी जहर छर्यो भने तिम्लाई कस्तो लाग्छ ? ७) कुहिरो छ र त शीत लहरको छाल छ। कम्बल नओड बाँड्ने नै जाडोको दलाल छ। लोड सेडिङ आँखामा निदाएको यो घडी, पानी निभाउन देशमा आगो हालाहाल छ। बुद्ध कुल्फि भएको छ अचेल बजारमा, भर्खरै उडेको बाफलाई पुरै अबगाल छ। किन बासेका हुन भालेले सम्साँझै रातमा, बिहानी झुल्कन अझ आलटाल छ। पर्दा रङ्गीन देखिएको मात्रै हो, कि अदृश्य छायाँकै मालामाल छ। बैँशको झोक्का मा अबैध कुमारीहरुको, आलो गाडिएको बच्चामा अझै सालनाल छ। रेमिटेन्सले चेलेको छ मुलुक महासय, देशको ठेक्का लिने हेर महा–दलाल छ।
८) खबरदार खतरामा देश छ। मूर्खहरुको इमान्दार सन्देश छ। परदेशीहरुलाई सोधन यार, कहाँ कहाँ ठेसै टेस छ। तस्कर कालो बर्दिमा हिड्छ, वकिल सफेद सबुत पेस्छ। बहिरो मुग्ध छ लाटो गीत सुनेर, लङ्गडै लङ्गडाको रेस छ। पान थुकेझै थुक्छ नेता, देश विकासमा ऊ समावेश छ। कसलाई कसको भरोसा यहाँ, धमिराको ढिस्कोमा देश अडेस छ।

♥ धनकुटे कान्छा, दमक

गजल

जनता सङ्ग फेरि अब सरकार मुस्कुराउ छ। भाउले महिनै दिनमा बजार मुस्कुराउ छ। मौनतामा बसेको यो हिमालले सोची रहेछ, कुनै दिन शान्तिको समाचार मुस्कुराउ छ। बाचा गरि छुटे देखि खबर छैन उस्को, बार बार म सँग उपहार मुस्कुराउ छ। यति खुशी हुन्थ्योकी उ सागरमा अल्लमलिदा, जब पर क्षितिजमा किनार मुस्कुराउ छ ।
♥ तिलाश्री तिम्सिना नाम्सालिङ - ६, इलाम, हाल - दमक, झापा।

गजल

जलाइदेऊ मेरा तस्बिर दुनियाँको अगाडी। झुक्ने छैन तिम्रो शिर दुनियाँको अगाडी। फेरियो जमाना मानिसहरु फेरिएका छन्, नसुन ब्यथा र पिर दुनियाँको अगाडी। यस कारण साधुहरु क्रोधित भएका हुन्, नखरा देखाउछ फकिर दुनियाँको अगाडी। एउटै उद्देश थियो यी बिधुवा नारीहरुको, "तोडौ कु:संस्कारे जन्जिर दुनियाँको अगाडी। सरकारी अड्डा जस्ता मेरा मधुशाला पनि, पिउने मात्र भयो जागीर दुनियाँको अगाडी। ♥ इन्नोसेन्ट राजन झापा

गजल हरायो शहर बाट तर कसैको मनमा थियो । उसको आधा मुटु कसैको जिवनमा थियो । समयले तनाबै तनाब दिन्छ कुनैकुनै पलमा, जिन्दगी बाँच्नुको मजा त बचपनमा थियो । नभुल्नु पर्नेले पनि भुलि दिएको छ अचेल, शायद सम्बन्धको परिभाषा धनमा थियो । देश छोड्दा बोकेको सपनाहरु सपनै रहयो, यौटा परदेशीको सपना उसकै कफनमा थियो ।

♥ राज अविरल यात्री बिर्तामोड, झापा ।

गजल
तिमी बग्यौ नदी भई, म त चट्टान बगरको। म भएछु मन्को पीडा, तिमी मुस्कान अधरको। दोष तिम्रो हैन सायद, मलाइ घाइते बनाउने, थियो दोष फगत तिम्रै, बैशालु त्यो नजरको। चढाइ दियौ तिम्ले बली, मेरो प्रेमको जानाजानी, दैब खुशी पार्छु भन्दै, शरण परी पत्थरको। म त गाउले ठिटो कहाँ, दिन सक्थे सुख सयल, तिम्ले रोज्यौं बास आखिर, महलभित्र शहरको। तिमी भोग्नु जिन्दगीको, हासोखुशी सुखै सुख, म सहुँला पुरै जीवन, दुख पिडा ठक्करको। ♥ गोबिन्द प्र. तिवारी दमक नगरपालीका -१५, झापा, नेपाल।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.