August 2015

मुक्तक

सुन्दर छ दुनिया सजाउन जाने ।
जिन्दगीलाई साथले रङाउन जाने ।
माया गर्न जाने, खुशी छर्न जाने,
दु:ख लाई छोपेर मुस्कुराउन जाने ।

♥ तारा  कटुवाल

कविता : घामको उग्रता 

घामको उग्रताले
पानीको जिजीविषालाइ
किचीमिची पारेको छ .

अडिनु पर्ने हो पर्ने हो
आस्थाको मस्तिक्स
त्यसलाई पनि
अनास्थाको हुरीले
पर पर अब्यहारिक पहाडको
फेदि सम्म परेड  खेलाउदैछ .

कर्तब्य
घाउहरूको पछ्यौरी ओढेर
बिस्वासको भू मण्डलमा
अबतरण गर्दैछ
कतै देखिन्छ कि भनेर
खुशीको गुलाब
कैयौ शम्बेदना हुल
चिम्लिदैछन् आखा
भेटेर घाइते गोरेटाहरू .

जो नहुनु पर्थ्यो
खुला आकाशको शरीरमा
पथ्थर झैँ ढुंगे मुटू ?
जो नभेटिनु पर्थ्यो
कपासे हृदयमा
साइबेरियन ,धुम्रकेतु सपना ?

यति खेर
मृत घोषित समय
निशब्द छ ,
वृथा सन्नाटाले मात्र
कोरस गाउदैछ .

हो :घामको उग्रताले
 पानीको जिजीविषालाइ
किचीमिची पारेको छ .

♥ विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल :अबुधाबी ,यू ए इ .

गजल

माया गरी तिमीलाई, मरेको दिन कस्तो होला ?
तिमी बाट धेरै टाढा, सरेको  दिन कस्तो  होला ?

सक्दिन म  कल्पना नि, गर्न  सानु  यस्तो  कुरा,
तिम्लाई छाडी बैतरणी, तरेको दिन कस्तो होला ?

लाँदा होलान् शंख  फुकी, कात्रो बेरी लास  बाँधी,
बाटो भरी लजा-टिला, छरेको दिन कस्तो होला ?

बर्खे -झरी भेल-बाढी,  आउँदो  होला आँगनमा,
मुसलधारे वर्षा-पानी, परेको दिन कस्तो होला ?

जलाउन   तयारीमा,  हुँदा  होलान  स-मलामी,
चिहानमा दाउरा-मिट्टी, भरेको दिन कस्तो होला ?

♥ कृष्ण प्यासी, झापा। 

गज़ल



आन्दोलनकारीहरु फाल्दैछन्,दमनकारीलाई पत्थरहरु |
चिन्दैनन् पत्थरले फुटाउँछन्, निर्दोषका ति खप्परहरु ||

कसलाई थाहा छ भोलि के हुन्छ? विकास या त बिनाश |
तर भट्टी झैं तातिएकाछन्   ,   गाउँ वस्ती र शहरहरु ||

कोहि परदेशी बाध्यतामाछन्,परदेशमै जीवन बिताउन |
तर कहिल्यै टाल्न सकेकाछैनन्, भित्ता छाना र घरहरु ||

अपनत्व त सुगन्धित हुँदो रैछ , केवल बास्नादार हैन |
अहँ भेटिन आमा! जन्मभूमि झैं,शुवास दिने अत्तरहरु ||

हेर निर्दोषहरु मरिरहेछन , "दोषी" सधैं मुकदर्शक छन् |
नबन अन्धभक्त ए सज्जन हो, घुमाउ ज्ञानी नजरहरु ||

♥ मदन न्यौपाने"दोषी"

गजल

जसरि मान सम्मानको, बर्गिकरण गरिनेछ।
त्यसरी नै चिहानको  ,  बर्गिकरण गरिनेछ। 

हामीले त अशान्तिको, खण्डहर नै भोगेका छौं,
भोलि आउने विधानको , बर्गिकरण गरिनेछ। 

हेर्दै जाउँ भोकमरीमा, कति ब्यापार फ़स्टाउँछ,
मोफसलमा दोकानको  , बर्गिकरण गरिनेछ। 

आफ्ना आफ्नै सिद्धान्त र,विचारका समीकरण,
फैसला र अडानको    ,    बर्गिकरण गरिनेछ। 

जात जाति दोषा'दोषी', यस्तै चाला चलिरहे,
दोबाटो र मतानको   ,  बर्गिकरण गरिनेछ।

♥ मदन न्यौपाने"दोषी"

गीत
कहिले यता कहिले उता तरङगको खेलसित
जीउँदै आफै भोग्ने रहर आकांक्षाको जेलभित्र
निस्कि कहिले उड्ने होला गगनको पंछी जस्तै ।
तैरि रहँदा पात भए किनार छिट्टै पाउँथे होला
बतासको सुस्केरामा मुस्कुराउँन सक्थेँ होला
सँधै फूल्दै मुस्कुाई रहने अजम्बरी फूलजस्तै ।
सानो ठुलो ईच्छा पनि बदलिएर कहाँ पुग्यो
तैरि रहेछु अझै म त किनाराले मलाई भुल्यो
यस्तै सोच्दा जीन्दगीमा छातीभरि गाउँ दुख्यो ।
♥हेम लावती, झापा।

मुक्तक

नेपाल देश आखिर बाँडिएपनि छ प्रदेशमा। 
बाँचौं एकताको नारा लिई पहाड र मधेशमा।

नेपालको आकृति संधै सग्लो बनिरहोस् भनि,
कामना गरौँ यहि सबैले स्वदेश अनि परदेशमा |

♥ आचार्य प्रभा, झापा। 

कविता

आजभोलि अक्सर म
आर्यघाटमा हुने गर्दछु
टोलाइरहेको अवस्थामा,
मुर्दा जलिरहेको आगोबाट निस्की रहेको
धुवाँमा
तरङ्गित भैरहेको देख्छु म
तिम्रै त्यागका प्रतिबिम्बहरु
साच्चै तिमी मुर्दा भन्दा
केही कम भएका छैनौ आजकल।
मेरो खुशीका निमित्त
तिमीले आफैलाई मार्न
कुनै कसर बाकी राखेनौ
तिमी ,मेरो सामु सिंगै खडा छौ
तर,
निशब्द, मौन,प्रतिक्रिया बिहिन।
किन आवाज निस्किदैन हँ
त्यो तिम्रो ओठबाट ??
हिजो मसँग घन्टौँ बोलेर
नथाक्ने ती ओठहरु
आज हिच्किचाउँदै छन मेरो अगाडि
अनि चुपचाप छन मेरो निकटतामा पनि
बस मौन,निशब्द, चुपचाप
ती तिम्रा ओठ सम्झन्छु
र सोच्छु
सायद आभास भयो होला
त्यो मनलाई
यो अरु कसैकी हो भनेर।
त्यसैले त
हालिदियौ तिमीले मलाई
मेरो बिगतको पोल्टामा
टाढा बनाउन चाह्यौ मलाई आफुबाट
जानेबेला,
'म जाउँ' भनेर सोध्दा नजा भन्न सकेनौ
मलाई अरु कसैको जिन्दगीमा पठाइदिएर
आफुलाई मुर्दा बनायौ
त्यस्तो मुर्दा जो सास मात्र फेर्छ
तर कुनै प्रतिक्रिया दिदैन
मैले बारबार बोलाउँदा नि बोल्दैन
कि मैले नै मलाई स्नेह गर्ने
त्यो तिम्रो मन मारिदिएर
तिम्लाई मुर्दा बनाए हँ???
मलाई थाहा छ
तिमी मलाई अगाध प्रेम गर्छौ
त्यसैले त यति ठुलो त्याग गरेका छौ
मलाई नै त्यागी दिएर
म पनि अझै तिमीलाई अगाध प्रेम गर्छु
पहिले जस्तै
त्यसैले
मलाई आर्यघाट पृय लाग्न थालेको हो
तिमी मुर्दा बनेदेखी ।।।।

♥ निशा 'प्रतीक्षित', झापा, नेपाल। 

लघु उपन्यास भाग-१
अकथा भित्रको कथा (1)

यदी समय सोमरस भए म तनतनि पिउथे होला।समय बलवान रहेछ भाइ सक्दिन,यो सँग जोरी खोज्न।म उ बेला देखि समिप छु समयको तर पनि चिनजान भा छैन।मरुभुमिमा कायल भा'छु,के यो मुटु दुख्ने दबाइ छ हजुर सँग म हात बढाउछु,अह बोल्दैन समय।हुन त समय आफै पनि मलम हो घाउको।समयको प्रवाह सँगै कोत पर्व,भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर?सबैले भुल्ने छ त्यो क्रान्ती,त्यो बलिदान।के जीवन सस्तो हुनाले हामी हाम फाल्या होर त्यो मरणको खेलमा?के मलाइ घर परीवारको माया थिएन र?यहाँ
देश भक्ती छैन भाइ छैन।यहाँ एक रातमा करोडौ जना सहबास गर्छन्।लाखौ जनाको गर्भ रहन्छ,अनि लखौ जनानै जन्मिन्छन्।तर एक जना देश भक्ती जन्मिदैन त्यो लाखौको जमातमा।मेरो आँखा अगाडि मान्छे मर्या देख्या छु,यो हातले नै कति लाइ मर्या छु भाइ। 
एकोहोरो बोल्दा बोल्दै रोकिन्छन हितमान दाइ।मरुभुमिको चिसो हावाको एक झोक्का कोठामा पस्छ म झ्याल लगाउँछु।वातावरण सुन्यप्राय छ,मात्रै हितमान दाइ अनि म छौ कोठामा।हितमान दाइ एक लडाकु,क्रान्तीकारी योद्धा(उनको भाषामा)।उनि मलाइ त्यो कथा भन्दै छन जुन उनले भोगेका छन्,अनी देखेका छन जीवनलाइ मृतुलाइ नजिकै बाट ।पेप्सिको बोतलमा भरेर राखेको पानीको घुट्को मार्दै फेरी बोल्छन हितमान दाइ,भाइ त्यो तका हामी भोक भोकै २,४ दिन सम्म पनि जंगलको बाटो हिंड्नु पर्‍यो ।बाटोमा भेट्या सबै बस्तु खाउला जस्तो हुन्थियो,पानीको भरमा ५ दिन सम्म बसेको याद ताजै छ । त्यो बेला घरको याद कति आउँने ।प्यारी आमाले खान बोलँउदा घुर्की लगाएको झलझली आँखामा आउँदा कति आशुहरु शाहीद भए ।वनको काँडाले रोप्दा कति बाबालाइ सम्झिए।छोरा नजान त एक्लो छोरानै हामिलाइ छोडेर गए पछि हाम्रो हेरचाह कस्ले गर्छ?झलझलि आयो बाबाको त्यो रुन्चे अनुहार।देश लाइ एउटा दिशा दिन हिडेको म त्यो बेला,आज सम्झिदा हासो लाग्छ,म कति मुर्ख रहेछु।अम्लामा गनिने सिमित मान्छेको लागि पो हाम्रा सोझा साथिहरुले ज्यान दिएका रहेछन्।
केहि छिन गम खाए हितमान दाइ,उनको मुहार रातो पिरो भा थियो,आँखा सजल थिए।उसको दिलको आवाज म सुन्न सक्थे,उनको त्यो भक्कानिनु को मर्म बुझ्थे म।तर म पनि मौन भए अनि उनैको कुरा सुन्न लालयित भए।अनि दाइ अरु सुनाउँनुस् न।मेरो बोलि सुनेर उनि झस्किए,ए!उनि फेरी कुरालाइ अगाडि बढाउन थाले।भाइ मेरो दिमागमा त्यो घाटना ताजै छ जुन दिन म कालको मुख बाट उम्किएर आएको थिए । कुरो २०५९ साल तिरको हो,हाम्रो पार्टिले देश भरिनै जनसरकार गठन गर्दै थियो,हामी त्यो काममानै लागेका थियौ ।पहाडि धरातलको एउटा गाँउमा आज हाम्रो बैठक थियो,सबै जना त्यहा भेला भएका थियौ।पार्टि कमिटिका क्षेत्रीय प्रमुखको पनि त्यहा उपस्थिति थियो।
प्रमुख अतिथिको साथै सबै गन्यमान्य को आशनग्रहणको कार्यक्रम सकिए पछि अब बैठक सुरु हुनै लागेको थियो।एक्कासि कोहि कराएको आवाज आयो-आर्मि आयो,आर्मि आयो,,,,त्यो आवाज सँगै सबै सजग भए,सबै आ-आफ्नो ठाँउ बाट ज्र्याक जुरुक्क उठे।एक्कासि नजिकै बन्दुक पड्केको आवाज पनि आउन थाल्यो।त्यो मेरो जिवनमा पहिलो पटक थियो,यति नजिकै बाट गोलि चलेको।मेव्रो सातो पुत्लो उड्यो।अरु बेला जतिनै फुइ लगाए पनि यमराज नजिकै रंगमडिदा को डराउदैन र।अब के गर्ने?कसो गर्ने?त्यहा सबैको भागाम्भाग हुन थाल्यो।को कहा गए को कहा?कसैलाइ पनि अरुको बारेमा सोच्ने फुर्सद थिएन।अब हमि बसेको भवनमै गोलि बर्षा हुन थाल्यो।एउटा गोलि मेरो कानै छेउबाट हुइकियो।हे!भगमान मलाइ मर्न मन छैन,मलाइ बचाउ । म अब देव भक्त भए । राम नाम लिन थाले । भाग्ने ठाँउको खोजमा मेरा आँखा यता उता डुल्न थालेका थिए । पर कुनामा मैले झ्याल देखे,म के खुशी भए,मनमा केही आशा पलाउँन थाले ।साँच्चै मान्छे कति अचम्मको छ जीवनमा धेरै गर्छु भन्छ,फुइ लगाउँछ ।तर जाभा मान्छे मरणको शरणमा पुग्छ उ शुन्या शुन्या हुन्छ । झ्याल बाट म पनि छिर्न थाले ।गोलिको बर्षा हुँदै थियो ।जीवन मरण को त्यो संघारमा थियो । भवन बाहिर पुगे ।अनी भागे ओरालोनै ओरालो ।त्यो बेला मलाई अरु केही पनि थाहा थिएन,मात्रै जीवन जोगाउँनु थियो ।म एक नास भागी रहे । मेरो त्यो बेलाको भगाई साँच्चै हाँसो लाग्दो थियो ।अनी ठिट लाग्दो थियो । म धेरै पर पुगेर एक पटक त्यो भवन तिर हेरे ।त्यो ठाँउमा अझै गोली बर्षा हुँदै थियो ।
मैले म उभिएको काल्ला छेउमै एउटा घर थियो ।मैले आज को रात त्यो घरमै बिताउने बिचार गरे ।अनी लागे त्यो घर तिर । घरमा पुगेर लामो श्वास लिए ।सल्लो झै सुस्काए ।अनी घरको ढोकामा आवाज दिए ।तर घरबाट कुनै आवाज आएन ।
हजुर कोइ हुनु हुन्छ घरमा?फेरी मैले बोलाए ।
भित्र बाट सानो आवाज आयो को हुनुहुन्छ बाहिर?
म बुढो एक्लै छु घरमा कस्लाइ खोज्नु भएको?
म हजुर बटुवा मैले गोलबोलिमा भने ।
बुढा खोक्दै उठे ,कहाँ बाट आउनु भएको कहाँ जना लाग्नु भएको कुन्नी?आज भोली जमना खराब छ । राम्रो गर्दा पनि नराम्रो मात्रै हुन्छ ।
फेरी बुढा मज्जा सँग खोके ।मुटुको दम नै निस्किने जस्तो भो ।
ल आउनुस् भित्रै हजुर खोक्दै खोक्दै मसिनो श्वर मा बोले बुढा ।
लौ हजुर गरीबको घर त्यो जस्केनोमा गुन्द्री छ अनि यहाँ कम्मल लिनुस् अनि सुत्नुस् ।
खाना पिना बनाउने मान्छे पनि छैनन हजुरले खानु भएको थियो कि थिएन कुन्नी?
बा मैले खाना खाएको छु,मात्रै सुत्ने मेलोमेसो भए हुन्छ ।म पनि गरीब नै त हु,एक रात काट्नु छ जे जस्तो भए पनि हुन्छ ।
अगेनोको छेउमै म सुत्न तयार भए ।अह निन्द्रा लाग्दै लागेन ।त्यो गोली अझै चल्दै छ जस्तो लागि रहयो ।अबा म सुरक्षित छु भनेर त्यो पापी मन मान्न तयार हुँदै भएन । यसो बुढा तिर हेरेको बुढा पनि छट्पटिदै रहेछन निन्द्रा नपरेर ।
बा!
हजुर बाबु
अनि हजुर एक्लै घरमा?आँपतकाल का भर पर्दा लठ्ठि,अभिभरा थाम्ने घरका दलिन,निदाल म त रित्तै पो देख्छु,भय,आसंका र सुसाइरहने सन्नटा बाहेक यहाँ काहि-कोही देख्दिन नि म त?
बुढा उठेर धिप्री जलाए,कोठा केही उज्यालो भो ।बुढाको अनिहार बर्षिन आतुर बादल झै थियो ।मलिनो श्वर मा बोले बाबु झुठो आश्वसन दिएर घिसार्नु जस्तै छ यो मेरो बचाँई,जीवन भोगाइ । बुढा रुनपो थाले,बुढाको आँशुले म पनि नरोइ रहन सकिन ।सुटुक्क २ थोपा आशु आँखाअको बलेसी बाट गालाको पहरा हुँदै जमिनमा बगाइ दे ।बा किन रुनु हुन्छ?के भो?मलाई आफ्नो नै मानेर सबै भन्नुस् ।
छोरा! म छोरा यो शब्द सँगै झस्की ।अनि सम्झिए मेरो बाबा लाई कतै मेरो बाबा पनि यसरीनै रुदै त छैनन?
हजुर बाबा भन्नुस्
बाबु मेरो जीवन खुशी जीवन थियो,हामी सबै जीवन खुशी साथनै बिताउदै थियै ।तर समय पनि कति कुटिल छ अनि कति निर्दयी ।लुट्यो समयले मेरो (हाम्रो)खुशी,अनी मलाई एक्लो बनायो ।
किन र के भो?मैले पनि जान्न चाहे ।
बाबु मेरो एक जना छोरो मात्रै थियो,राम्रो नै थियो उसको पढाइ ।कक्षा ९ मा पढ्दै थियो ।एक दिन स्कुल गएको मान्छे फर्किएन ।१,२,३,४,५६,७ हप्ता नै बोत्यो थाहा भएन्,कति ठाँउ खोज्यौ तर पत्ता लागेन ।छोरा हराए देखि बेहोस् भएकी उसकी आमा छोरो हराएको ९ औँ दिन परलोक भै ।अब मेरो थाप्लामा दुई दुई वटा चोट ।म पनि बेहोशी नै भए ।२,४ दिन मेरो पनि होस् आएन ।४ दिन पछि पनि होस् मा आए ।अनी जे सुने म छाँगा बाट खसे झै भए । मेरो छोरो माओवादी भा' छ रे ।मैले टेकेको धरति नै फाटे जस्तो भो म फेरी भाकान्निए ।बुढाले गह भरी आँशु पर्दै उनको जीवन को कहाँनी सुनाउदै गए ।
बाबा अनि आज भोली हजुरको छोरा खोइ त?
बाबु सबै यो दैबको खेल हो दैव सँग कसैको केही लाग्दैन ।उसले जे चाहन्छ त्यो गर्छ,उसलाइ सबैको दया छैन कसैको माया छैन ।
बाबा के भो मलाई सिधा भन्नुस् ।
बाबु मेरो छोरो पनि सेना सँगको दोहोरो भिडन्तमा परलोक भए छ । त्यो दिन देखि म एक्लाई छु,यो घर एक्लाई छ नि म काल लाइ कुर्दै बसेको छु ।
बाबा साँच्चै हजुरको मुटु त दरो रहेछ ।यस्तो बिशाल आपत लाइ पनि पचाउदै जीवन सँग खोल्दै हुनु हुन्छ । त्यो समयमा फेरी मेरो घर परीवारलाइ सम्झिए ।मेरो बाबा मन मनै आमा बाबा को नाम लिए ।कुरा गर्दा गर्दै खोइ कुन बेला निदाए छु थाहानै भएन ।बिहान आँखा खोल्दा त घाम को किरणले सिरानीलाइ ताक्दै थियो ।
उठेर बाबा सँग बिदा भए ।मन मा अझै एउटा बोझ थियो ।मैले बाबा लाइ मओवादी हु भनेकै थिइन ।त्यो झुठको बोझ बोक्दै म लागे हाम्रो आधार शिवीर तिर ।
फेरी हितमान दाइ रोकिए ।दाइ के भो अनि के भो भन्नुस् न मलाई सुन्न कस्तो मन लाग्दै छ ।
भाइ भन्छु म मेरो जीवनलाइ ।ति दिन सम्झिदा आज पनि दु:ख लाग्छ,तर के गर्नु ।गरीबको छोराको जीवन ।थुइक्क
भाइ जब म बेस क्याम आए,मैले जे सोचेको थिए ठीक तेस्को उल्टो भयो । पाटिले त मैले धोका दिएको भनेर मलाई कारवाइको सिफारीस् गरे छ,त्यो ज्यान जोगाउने चक्कर मा रात भए गायब हुनुलाइ साइ सेना सँगको मिलेमहत्तो ठान्दै १ महिना मैले श्रम शिवीरमा बिताउनु पर्ने फैसला गर्‍यो ।एक अबोध बालक झै म पनि सजाय भोग्न थाले,एक कैदिको जीवन सुरु भो मेरो ।कति कष्ट हुन्छ श्रम शिवीरमा त्यो त भोग्नेलाइ नै थाहा हुन्छ ।बिना गल्ती सजय पाउँदा म नदुखेको पनि कहाँ होर रता पनि किन किन मैले प्रतिबाद गरिन ।आज सम्झिदा मलाई नै अचम्म लाग्छ । म यता त्यो सास्ती खेप्दै छु उता घरमा साइ सेनाले मेरो पारीवार लाइ सास्ती दिन थाले छ ।कस्तो नि नियती ति दुखी गरीब बुढा बुढिको । गरीबिलाइ हटाउँन हिंडेको म,बेकारमा सास्तिमा पो परे ।
भाइ मार्छे मर्नु त त्या एउटा खेल हुन्छ।दुस्मन भन्ने साथै मर्नेनै आदेश हुन्छ।पुरानो राज्य लाइ ढाल्दै नयाँ राज्य सत्ताको स्थापना भन्ने मुल नारा थियो हाम्रो।तर खोइ कहाँ पुरानो राज्य सत्ता ढल्यो।पुल जल्यो दुख कस्ले पायो।टेलिफोल लुटियो सास्ति कस्ले पायो जनताले कि सरकार ले?सरकार त भत्ता पचाउँदै टाउँकाको मोल तोक्न आतुर थियो।भाइ यो हातले कति गरिब दाजु भाइको लाश बोकेको छु।कतिलाइ अलि अलि सास हुदा पनि छोडेर ज्यान जोगाउना बिबस हुनु पर्ने पनि हुन्थियो।जीवनको त्यो पल खोइ म कसरी भन्नु तिमि लाइ शब्दमा उतार्नु कठिन हुन्छ।पर्टिमा पनि ठुला भनाउदाको राज हुन्छ,उनिहरुको नोकरनै हुनु पर्छ हामि।जहा पनि मर्ने गरीब अनि तलकै त हो नि?आज त घिन लाग्छ आफै सँग्,कतिको सिउदोको सिन्दुर उडाएउ ।युद्धमा जे पनि जाएज हुन्छ भाइ,मेरो यो हातले मेरै काकाको छोरो लाइ पनि मारेको छु,अह काप्दैन हात मार्नत्यो बेला । दुस्मन शब्द सगै घृणा हुन्छ । बाबु नै भए पनि गोली हान्न डर लाग्दैन भाई नसानै हुन्छ । मात्रै पार्टिको बाटो प्रिय हुन्छ ।एक एक महिना सम्म श्रम शिवीरमा बस्दा पनि बिना गल्ती अह किन किन पार्टिकै माया हुने,कस्तो त्याग कस्तो आफ्नोपन खोइ कहाँ बाट आउछ कहाँ बाट भाइ ? भाइ तर आज खोइ मैले के पाए ?योद्धा भए र सबै गुमाए तर हात लाग्यो सुन्या ।आज त घृणा लाग्छ ति अनुहार को अनि थुक्न मन लाग्छ त्यो नितीलाइ ।
भाइ यो सारदिय धरतिमा चन्द्रमाको उपस्थितिमा यस्तै कति रात हरु समाप्तिएका छन स्मृतिको अमर पाना बनेर ।जीवन नै एउटा किताब हो भाइ कति सुन्छौ मेरो पिडा अनि दु:खको दिन?आगतको आँगनीबाट बिगतको सम्झनामा फर्किनु कति मिठो हुन्छ ।बिगत जतिसुकै तितो,बिरुप्,अनकन्टार भए पनि आगत भन्दा बिगत प्रिय लाग्दो हुदोरहेछ भाइ ।त्यो प्रीय बिगतको सुखद स्मृतिमा बाँचिरहेछ वर्तमान ।
भाइ कति बिचार गरे कति बाटो खोजे भनेर साध्य छैन ।तर म ब्यक्त हुन सकिन ।एउटा ब्यथा बोकेर बाँचिरहेछु ।सम्झन्थे म कहाँ बाट कहाँ आइपूगे ।दँजाएर हेर्थे आफ्ना अनुभुतिलाइ र निष्कर्ष मा पुग्न चाहन्थे,मेरो बाँच्नुको कुनै मुल्य छ कि छैन?कसरी मुल्यहिन गुज्रीएर गएका छन म माथि बाट युगका ति बलिष्ट पांग्राहरु त कति निकृष्ट हुर्केको छु म ।एक-दुई-तीन गर्दै पल्टिन्छ ईतिहास मेरो जीवनको त तेसैमा म आफ्नो मुल्य खोज्छु ।अनी प्रश्न आउछ मेरो मगजमा- कस्ले मेरो कुना मुल्य दिन सक्छ?के महत्तो दिन सक्छ?मेरो कुन स्थान छ यो युगमा?मलाई भनेर बाँच्नुको कुन ढाढस् छुट्टीयाएको होला?के न्यास दिन्छ मलाई सभ्यताले अनि प्रगतीले?के पुरुष्कार दिन्छ मलाई मानवताले?कुन कुनो हो मेरो स्थान?कुन दुनो हो मेरो स्वर्थी पेट भर्ने?यस्ता धेरै प्रश्न छन भाइ म सँग यस्को जवाफ छ तिमी सँग तिम्रो देश सँग अनि मेरो हामीले बलिदान दिएर सत्तामा पुगेका नेता सँग?
हितमान दाइ आवेग मा पो आए?उनले धेरै उनुतरित प्रश्न गरे जस्को जवाफ म सँगा के सरकार सँगा अनि छैन ।
भाइ म पनि जीवनलाइ प्रेम गर्छु । जीवन चाहन्छु,दु:ख सुख भोग्न चाहन्छु ।तर खोइ मेरो मर्म बुझेको ।देशको युद्धमा जिउ ज्यान गरेर ६ ७ बर्ष लडेको किन भाइ किन?यो मरु भुमिमा पसिना बगाउँन? हाम्रो देश साँच्चै सतिको सराब परेकाइ देश हो रहे छ ।एक जना गर्न खोज्छ अर्को गर्न दिन्न ।अनी कहाँ हुन्छ देश बिकास? तिमी जस्ता युवा सबै मरुभुमिमा छौँ ।देश हाँक्ने आधार नै देश मा नवए पछि के हुन्छ देशमा?ति दाँत नभएको बुढा हरु नै कति राज गर्छन ह भाइ देशमा?
हितमान दाइ एक पछि अर्को प्रश्न को गर्न थाले,मा के भन्नु के भन्नु भए ।
दाइ म यो बिषय जान्दिन,म राजनीती बुझ्दिन पनि ।अनी बुझ्न चाहन्न पनि । चर्को कुरा हुँदै थियो हितमान दाइ सँग एक्काशी मेरो मोबाइल मा म्यसेज आयो ।म्यसेज मेरो कम्पानीको थियो ।यसो घडी हेरेको त १ पो बज्न थालेको रहेछ ।
दाइ भोली मेरो डिउटी पर्‍यो अब सुत्ने होला होइन ?हितमान दाइले पनि हुन्छ भने पछि म पनि निदाउने प्रयास मा लागे तर निन्द्रा पर्दै परेन मात्रै दाइ को कुरामा अन्झिरहे ।

♥ निराजन प्रभात, झापा। 

गजल

म भत्किएको मनभित्रको, सहरमा छु.
अविरल बगिरहने यो, बगरमा छु ।

नखोजे हुन्छ मलाई त्यो पवित्रताभित्र,
म धेरै पटक चुमेका यी, अधरमा छु ।

मनले रोजेको मान्छेले नाता तोडेपछी,
उदाश लाग्दो यात्राहरुको, सफरमा छु ।


दोष दिएर किन मन दुखाउनु मैले,
सायद म नै गल्तिहरुको, नजरमा छु ।



♥ रोदन, दमक, झापा।

गजल

अन्धकार भित्र पसेझै भँए म
कसैको जालमा फसेझै भँए म !!
अचेल किन किन आशु मात्र खस्छ
निष्ठुरिले छुरा धसेझै भँए म!!
पिरतिको साईनो जोडि पागल बनायो
उराठिलो पिन्जडामा बसेझै भए म !!
थोरै सुख धैरै दुख माडारिधै आउछ
बिशालु माकुराले ढसैझै भँए म !!
तिमिलाई मेरो अभाब छैन होला
डोरिले घाँटि कसेझै भँए म !!

आर्यन अर्पण,
घैलाडुब्बा-८, खाडिबस्ति, झापा।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.