Articles by "लघुकथा"

Showing posts with label लघुकथा. Show all posts

लघुकथा - "भेउ"
म उसको कोठामा पुग्दा उ ओछ्यानमा बसि काखमा ल्यापटप राखेर ल्यापटप चलाउँन मग्न भेटियो भनें उसकी श्रीमती चैं उसै कोठाका कुनामा रहेको ग्यास स्टोभमा घोत्लिइ रहेकी भेटिइन । मैले सदाझैं भाउजू सन्चै ? भनेर सोधेको उत्तर पनि करैलेमात्र पाइएकोमा मैले अनुमान लगाएँ लोग्ने स्वास्नीमा ठाक-ठुक परेछ । म उसका छेउमा बसें उसले बस् भन्नैं नपाइ र सानो स्वरले "के भो भाउजुलाइ ? के गरिस् तैंले ?"-भनेर सोधेकोमात्र के थिएँ उसले लट्टे पड्किए झैं पड्किदैं भन्यो-"के हुनु नि ? मैले सघाइ दिइन भनेर ठुस्किएकी ।" उसको कुरा भुइँमा खस्न नपाउदै श्रीमती पड्किइन-"हिजोका थोरै थिएनन् जुठा भाँडा, कमसे कम यो भाँडा माझ्न बसि भनेर थाहा पाएपछि त यसो उठेर दाल बसाइ दिन, चिया पकाइदिन हुदैन त ? थाहा पाएर पनि सुतेकोछ-सुतेकोछ, दलाहा जात, आइमाइलाइ त दासी बनाएर दल्नैमात्र खोज्दारहेछ है यो लोग्नेमान्छेको जात त ।" "हैन, कहिले त बिहान झिसमिसेमै निस्किएर राती नौबजेसम्म पनि खट्नुपर्छ मैले र बेलुकी आएर पानीसँग दुई गाँस निलेर चित्त बुझाउनु पर्छ तै पनि यसले मेरो काममा त एक मिनेट पनि कहिल्यै सघाउनु पर्दैन त । अनि मैले चैं लखतरान भएर फर्केका बेला पनि सघाउनै पर्ने ? घरधन्दा गर्ने, हिन्दी सिरियल हेर्ने र माइतीतिरका मान्छे आए मलाइनै खसालेर बोल्ने बाहेक केही काम लगाएको भए पनि बेग्लै कुरा । टार्ने पुर्‍याउने त मैले नै हो नि । बाहिर पनि मैं घरमा पनि मैं दलिनु पर्ने ? मैले रिन खा'को छ र !"-लोग्ने पनि बम्किन छोडेन । अब यो भुङ्ग्रोमा आफू पनि पिर्सोलिइ रहनुभन्दा चम्पट कस्नु बेस् भनेर एउटा बाहाना झिकेर त्यहाँबाट धाइफल तोडें । बाहिर निस्किएर सोच्तैछु-"हैन, आजकलका आइमाइहरुले आफ्नो स्वतन्त्रता खोजेका हुन् कि लोग्नेको दासता ?"
♥ जीवन दाहाल, गौरादह-७,झापा ।

"लघुकथा / जाग मिथिला जाग"

"४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला"-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए कहाँ जाने त्यो पनि भरखर-भर्खर सितलहरले गोडा पसार्न थालेको समय , शहरको पश्चिम उत्तर कुनाको अन्त्य जसो भागमा रहेको सगरमाथा स्कूल र घुम्ने बरालिने ठाऊँनै नभएको नामकोमात्र शहर बिराटनगरमा ।
खटपटिकै बिचमा म बसेकै बेन्चमा अर्का मधेसी मूलकाजस्ता देखिने अबिभावक पनि आएर थ्याच्च बसे हात मुठ्ठी पारेर काखीभित्र घुसार्दै ।
अरु केही नभए पनि बोल्ने साथी त पाइयो भनेर मन अलि हलुङ्गो भयो अनि मैले पट्यार मेटाउन कुराकानीको सिलसिला शुरू गरिहाले -"तपाईं पनि बच्चा भेट्नै आउनु भएको ?"
"हो त"-उसले स्वीकार गर्‍यो र आफैले थप्यो-"मेरो छोरा रीवाज मण्डल पनि यहि स्कूल्को कक्षा १० मा पढ्छ ।"
"तपाइँको घर चै कता नि मण्डलजी ?"-मैले अर्को प्रश्न थपें ।
"पहिले त धनुषामा थियो, अहिले चाहिँ यहिं बिराटनगरमा, के गर्नु धनुषामा मधिसे नाम गरेका जङ्गली पशुले बस्नै दिएनन त्यसैले पहाडे बढी भएको १ नं. प्रदेशमै बस्न सजिलो होला भनेर प्रहरी सेवाबाट रिटायर्ड भएपछी पेन्सनको पैसाले भिटा किने र धनुषाको जग्गा बेचेका पैसाले घर बन्ने भएपछी यतै बसाई पनि सरि हालें पशु प्रदेश पशुहरुलाइ नै छोडेर । यहाँ भए कमसे कम बच्चा पढाउँन र व्यापार व्याव्साय गरेर खान त पाइन्छ ।" उसले पहाडे लवजमा सोधेभन्दा बढिनै मनको तितो पोख्यो र मलाइ आश्चर्य चकित पनि नबनाइ छोडेन त्यो पनि मधेसीयालाइनै गाली गरेर ।
"अनि पेसा चैं के अगाल्नु भएको छ नि, जागिरबाट त रिटायर्ड भै सक्नु भएछ"-मलाइ मण्डलजी अलि रमाइलो मान्छे लागेकाले एउटा अन्तरङ्ग प्रश्न पनि घुसाइ हालें बातचीतका बीचमा ।
"के हुनु र ! आफ्नै घरमा एउटा सानो-सानो किराना पसल खोलेको छु । बिहान बेलुका फुर्सद मिलाएर म हेर्छु अनि दिउँसो चैं बुढियालाइ छोडेर हाम्रो १ नं. प्रदेश कुनै हालतमा पशुहरुको प्रदेशमा मिसाउँन दिनु हुँदैन भनेर जागरण अभियान चलाउँदै हिड्छु"-उसले रहस्यले भरिएको कुरा गर्‍यो र थप्यो-"पशुहरुका लागि बेग्लै र मानिसहरुका लागि बेग्लै प्रदेश हुनुपर्छ भन्ने मेरो अभियान ठिक छैन त ?"
"हैन हौ, तपाईंले त माता जानकीले जन्म लिएर पवित्र पारेको; राजा जनक, याज्ञबल्क्य,गार्गीजस्ता विद्वान विदुषीका विद्वताले सु-शिक्षित तथा सु-संस्कृत बनाएको स्थान मिथिलालाइ साह्रै नराम्रोसँग असभ्य र पशु प्रदेश भनेर गाली पो गर्नु भो त किन हँ ? त्यतिबेलै देखि संसारलाइ संस्कृती र सभ्यता सिकाउँने मैथिलहरुलाइ असभ्य पशु भनेर अपहेलना गर्न मिल्छ र ?"-मैले मिथिला र मैथिलको पक्ष लिएर सभ्य बिरोध जनाएँ ।
मेरा कुरा सुनेर उसले खिस्स गरेर उपेक्षाको हाँसो र भन्यो सर पनि खाली किस्सा कहानीको कुरा गर्नु हुन्छ र फेरि उल्टै मलाइ प्रश्न गर्‍यो -"एकपटक सभ्य भै सकेको मान्छे फेरि फेरि आफ्नो विरानो पनि चिन्न नसक्ने गरि असभ्य र बर्बर हुन्छ र ! अनि, अहिलेको यिनिहरुको कृयाकलापलाइ हेरेर कुनै जमनामा यिनिहरु सभ्य थिए भनेर के आधारले मान्ने ?"
"त्यसो त हुँदैन"-मैले उत्तर दिनलाइ उचित शब्द तत्काल सम्झिन न सकेर अकमकिदै उत्तर दिएँ ।
"अनि, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि अझै ढुङ्गे युगमै जीवन ब्यतित गरिरहेका, आमा तथा दिदी-बहिनीलाइ अलच्छिन,राँडीफुडी र बोक्सीमात्र देख्ने तथा सबैलाइ आफैं बराबर ठानेर अभद्र र पशुवत व्यवहार गर्ने अधमपशुहरुलाइ पनि अझै सभ्य र मान्छे ठान्नुहुन्छ तपाईं ?"-उसले तमतम्याइलो अनुहार बनाएर भन्यो।

♥ जीवन दहाल, गौरादह-१२, झापा।

लघुकथा
 मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर्छ । यस्तैमा एक दिन उसको बाबु सिकिस्तै बिरामी हुन्छ अनि नजिकैको क्लिनिकमा लगेर देखाउँछ । केहि बेरको चेक जाँच पछि छाती र नाडी छाम्दै डक्टरले मुन्टो दायाँ बायाँ हल्लाउँछ र गएर आफ्नै काममा ब्यस्त रहन्छ । केहि घण्टाको आराम पछि डक्टर मानेको छेउमा आएर भन्छ-- "मैले त पहिले नै इशाराले भनि सकेकै हो नि केहि भाको छैन चाढै जाति हुन्छ भनेर" । बढदो रिण र आवश्यक्ता पुरा गर्न ऊ पनि बुढा बुबा-आमा छोडेर खाडि पस्छ, भाको झुप्रो घर पनि बन्दक राखेर । थोर बहुत कमाएर रिण तिर्छ । रिण तिरी नसक्दै माने गाउँमा मनुमा परिणत भइसकेको हुन्छ । यस्तैमा दशैंको छेउमा बुबा बिरामीको खबर पाइ केहि पैसा जम्मा गरी घर फर्कन्छ । पहिलेको सानो क्लिनिक भब्य भइ सकेको अनि डाक्टर पनि नामी । सबैको सल्लाह बमोजिम त्यँहि लैजान्छन् । एसो चेक जाँच गरे पछि पहिले झै छाती, नाडी छामी मुन्टो दायाँ बायाँ हल्लाउँछ । मनुको खुसीको सिमा रहदैन किनकी डाक्टर उहि इशारा उहि । बुबा जाती हुनु हुने भयो भनेर राम्ररी कल्पनामा डुब्न नपाउँदै बुबाको प्राण पखेरु  उडी सकेको हुन्छ । उ रुन मात्र के लागेको थियो तुरुन्त डाक्टर आएर नाडी छाम्दै-- "मैले त पहिले हेर्ने बित्तिकै इशाराले भनिसकेको थिएँ नि काम लाग्दैन भनेर" । बिचरा मनु एकै इशाराको यति फरक दुइ अर्थ सम्झेर छक्क परिरहन्छ।

(पहिलो लघुकथा)

♥ फणिन्द्र गिरी "शान्त"
चम्पापुर, झापा। 

"लघुकथा/ अवसर"

एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्‍यो "कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?"
"मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु"-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो ।
"हँ ! यो नाका बन्द गर्ने योजना मधेसिको हो कि बिदेशिको हो बबुवा ? अनि नाकाबन्दी चैं कसलाइ गरेको नि ?"- छोरालाइ फेरि प्रश्न थप्यो राम रतनले ।
"नेपालीहरुलाइ बापु"- छोराले न हिचकिचाइ उत्तर दियो ।
"नेपालीहरुलाइ ?"- राम रतनले छोराको भनाइ दोहोर्‍यायो र फेरि प्रश्न थप्यो-"बबुवा तिमिहरुको नाकाबन्दीले सिंहदरवारमा बस्ने शासकहरुलाइमात्र अप्ठ्यारोमा पारेको छ कि हामिजस्तालाई याद गरेको छस ? अनि तँ चैं नेपाली हैनस र ! नेपालिलाइ नाकाबन्दी गरेको ठान्दै छस ?"-बाबुले अझै छोडेन ।
"हामिलाइ यो देशले कहिले नेपाली मान्यो र बापु ?"- छोराले पनि प्रश्नै तेर्श्यायो बाबू तिर ।
"तैले चैं कहिले आफुलाइ नेपाली ठानिस नि अनि नेपाली हुन के चैं गरिस र ?"-बाबू उसै गरि दोहोरियो ।
"खस,पहाडियाहरुले के गरेका छन र हामिले पनि गर्नै पर्ने ?"- छोरो उसैगरी जरखरियो ।
"उनिहरुले त आफु अघि लागेर सिंगो नेपाल देश बनाए ? "- बाबुले जस्तालाइ तस्तै उत्तर दियो
"बाबुका उत्तर एकछिनसम्म छोरो तिलमिलायो अनि सोध्यो-"अब हामिले चैं के गर्नु पर्‍यो त ?"
"अहिले त्यही देश जबरजस्ती अंगिकृत नागरिकता दिलाइएकाहरुको षडयन्त्रको सिकार भएर फुटको संघारमा पुगेकोछ । अब तँ अघि लाग र षड्यन्त्रबाट देश जोगा अनि देशलाइ एक ढिक्का राख त, तँलाइ नेपाली हैनस भन्ने कसले हिम्मत गर्दो रहेछ ?"-राम रतनले छोरालाइ सम्झायो र थप्यो-" अझ हिम्मत गरिस भनें त १८१६ अघिको हाम्रो देशको भूभाग समेत पुन: जोडेर राष्ट्रीय बिभुती बन्न पाउँने सिङगै अवसर पनि तैँले पाएको छ्स छोरा ।"
♥ जीवन दहाल
गौरादह-१२,झापा

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.