भर्खरका पोष्ट

सत्प्रयास

जन्म देखि मृत्यु सम्म
जीवन प्रयासमा अढेको छ।
यो वृक्ष रुपी स्वरुप लिई
यो धर्तिमा गडेको छ।
प्रयास कै मल-जलले  यो
अटल बनि बढेको छ।
कहिले हार
कहिले जित
कहिले उठ्ने प्रयास त,
कहिले यो लडेको छ।
लडे पछि उठ्ने प्रयास,
उठ्ने हिड्ने प्रयास,
हिंडेर मात्र कहाँ पुग्नु
अब त दौडने प्रयास,
दौडनुको अर्थै छैन।
अझ अब उड्ने प्रयास,
उडिकन झन अब चन्द्रमै छुने प्रयास,
मनको तिर्सना मेटाउन
संघर्ष गर्ने प्रयास,
(तर अन्त्यमा)२
जीवनमा के गरियो
तर;
अब असल बनी मर्ने प्रयास,
यसरी;
प्रयासै प्रयासको त्यान्द्रोमा झुन्डिएको छ जीवन
सफलताको सिखर चुम्न
त्यो वृक्षको हाँगो झै
हुरिमा स्वतन्त्रता पूर्वक झुल्न
हारे पछि पनि जित्ने प्रयासमा छ जीवन
न की सधै जित्नुमा छ यो।
मरि-मरी बाच्ने प्रयासमा छ जीवन
न की अनर्थ मर्नुमा छ यो।
तसर्थ;
हारे पनि जित्ने प्रयास गर
मरि-मरी भए पनि बाँच्ने प्रयास
किनकी यो जीवन त प्रयासै प्रयासको झुण्ड हो
(त्यसैले त जीवन केवल 'सत्प्रयास')२ !

♥ योगीना निरौला, दमक, झापा।

गजल

हमेशा बिरोध मात्र गर्ने बानीमा असहमती छ। 
भर अभरमा  पछि सर्ने बानीमा असहमती छ। 

यो देश आज रोएको छ भाइ भाइको लडाइले,
 हेक्का नराखी मार्ने मर्ने बानीमा असहमती छ। 

कोहि नाङ्गो हुदैन अरुले नङ्ग्याएर कहिल्यै,
तथाकथित आँखा तर्ने बानीमा असहमती छ। 

माथी को छन्  कहाँ छन् बहाना धेरै नै गर्छन्,
औसत पारीको भर पर्ने बानीमा असहमति छ। 

घरमा छिन्  लक्ष्छिनकी जहान कुरा बुझे पो!,
प्राय लोग्ने जातको चर्ने बानीमा असहमति छ ।

♥ विवेक दुलाल क्षेत्री "दमक"
 दमक,झापा
हाल ; अबुधाबी ,यू ए इ .

विश्लेषण - रामनाथहरू मर्दैनन् (मनका नायकहरुबाट)



झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, उहाँहरूले अहिले पनि कसैलाई सगरमाथा बनाउनुपर्दो हो । त्यसैले उहाँहरूको कलम सत्यको निकट जान रुचाउँदैन । त्यसो त, एउटा मान्छे जब धेरै लेख्छ या त उ अरू थोकभन्दा लेखक धेरै हुन्छ, उसको व्यक्तित्व र प्रवृत्तिलाई लेखकीय स्वभावले थिच्छ । निश्चित हुन्छ, त्यो लेखक इमानदार हुन्छ । यस्तो अवस्थामा कि त उसले लेख्दैन, लेख्छ भने इमानदारीको रेखा नाघ्दै – नाघ्दैन । झापा आन्दोलनका बारेमा जतिले कलम चलाए, उनले यसैलाई उचाल्न पछार्न, यसको कुनै पाटोमा झुन्डिएको डोरीमा समातेर पिङ खेल्न चाहे । अनि कसरी सत्य र पूर्ण लेखनको परिकल्पना गर्नू र ?
झापा आन्दोलनका बारेमा विस्तृत लेखन भइदिएको भए त्यो आन्दोलन विस्तृत रूपमा उधिनिने त थियो नै, साथै झापा आन्दोलनको भाव, भूमि र जरासमेत प्रदर्शन हुन्थ्यो । झापा आन्दोलनको औचित्यमा उ�� ेका प्रश्नहरूको उत्तर पनि त त्यस्तो लेखनबाट सम्भव हुने हो । वास्तवमा, झापा आन्दोलन भनेको वीरता, अनुभव, आकाङ्क्षा, उत्तेजना, भावुकता र अरू पनि अनेक प्रसङ्गहरूको प्रवाह हो । त्यस प्रवाहमा सम्मिलित सबै तत्त्व र यथार्थहरूको तस्वीर फगत त्यस्तो लेखनले मात्र प्रदर्शन गर्न सक्छ र प्रवाहका अनेक तत्त्वहरूको गुण, गरिमा स्वभाव र प्रवृत्ति त्यस्तो लेखनले नै स्थापित गर्दछ तर झापा आन्दोलनले कुनै मेरी टाइलर पाएन । अनिल वर्वे जन्माएन । तिनका कृतिगत प्रवृतिको प्रतिनिधित्त्व र परिपूर्ति बन्दी रहर र फुटकर रचनाहरूले गर्न सकेनन् । अझै पनि समय छ, जाँगर र सीप भएको कोही लेखक भए झापा आन्दोलन यस्तो वञ्जर धर्ती हो, जो मलिलो छ, लहलहाउँदो बाली लाग्न सक्छ र उब्जाउयोग्य पट्टेर धर्ती जाँगरिलो शिल्पीको प्रतीक्षामा छ ।
वास्तवमा त्यस्तो लेखनले हिजो अन्यायमा परेकाहरूलाई न्याय दिन सक्ने थियो भने तत्काल अन्याय गर्ने साँढेहरूका टाउकोमा अहिले पनि भुङ्रो खनिन्थ्यो । तत्काल छोपिएका अनेक चित्रहरू अनगिन्ती आँखाहरू सामुन्ने हुने थिए । धुरीमात्र देखेकाहरूले जग पनि देख्ने थिए, चर पनि देख्ने थिए, जहाँबाट त्यो रहर उम्रिएको थियो सारा बगर देख्ने थिए – सबैले । जेहोस् अनौपचारिक तर मार्मिक अनगिन्ती अभरहरू कहरहरू जनसमक्ष आउने थिए । त्यस्तोमा झापा आन्दोलन जनमानसबाट केस्राकेस्रा भएर बुझिने थियो । आगामी सन्ततिलाई त्यो गतिलो उपहार पनि हुने थियो तर त्यस्तो गर्न खोइ ! कसैको जाँगर चलेन ।
प्रसङ्ग रामनाथ दाहालको हो । रामनाथ दाहाल २०२९ साल फागुन २१ गते शहादत प्राप्त गर्ने पाँच झापाली सपुतमध्धे एकको नाम हो । ती सपुतहरूको शहादतले नै झापा आन्दोलनलाई मुलुकको राजनीतिमा यति उ�� ाएको हो । वास्तवमा व्यक्ति हत्याको प्रसङ्गले झापा आन्दोलन चौतर्फी प्रश्नको घेरामा परिरहेको बेलामा ती सपूतहरूले शहादत प्राप्त गरे र मुलुक शहादतको बहसमा उत्रियो । त्यसरी बहस र छलफलका माझबाट झापा आन्दोलनले राजनीतिक मान्यता प्राप्तगर्न थाल्यो । कुनै अभियोगसम्म लाउन नसकी आफूले थुनेका मानिसहरूलाई जेल सार्ने बहानामा हतकडी लगेर डोर्याथउँदै लगेर सुखानीको जङ्गलमा हत्या गर्ने सरकारको कायरता राम्रैसँग प्रदर्शित भयो र शासकहरू राम्रैसँग नाङ्गिए । ती सपूतहरूको बगेको रगतले मुलुक ब्युँझियो र झापा आन्दोलनलाई जोसुकैले च्याउन थाले । यसका नायकहरूले पनि यस्तै ज्वार भाटा बीचबाट गम्भीर हुन सिके । सङ्कोचनबाट मुक्त हुन खोजे । अलिक परसम्म हेर्ने चेष्टा गरे । त्यसैको परिणाम हो मुलुकमा रामनाथहरूले हिँडेको बाटो निकै फराकिलो, सहज र सफा बन्यो । अँध्यारोका भक्तहरू पनि सूर्यलाई हेर्न र पूजा गर्न थाले । हो, घमाइलो दिन त त्यसको परिणाम हो जसको कारण रामनाथहरूको रगत हो यद्यपि अहिले त्यो घामको सतहमा कालो बादल लागेर घामलाई छोपेको किन नहोस् ।
झापा आन्दोलनमा कुन शहीदको कस्तो भूमिका र योगदान रह्यो ? त्यहाँ रामनाथको भूमिका के थियो ? यस्तो प्रश्नको उत्तर खोज्नु भनेको शायद ती शहीदहरूलाई अनादर गर्नु पनि हो । जो मान्छेले त्यो आन्दोलनका लगि आफुलाई बलिदान गर्योो, त्यो भन्दा �� ूलो र महत्वपूर्ण भूमिका अरू खोज्नु मूर्खता हुनेछ । वास्तवमा, दुस्मनसँग नझुकी सिद्धान्तका लागि, स्वन्त्रताका लागि, भोलिका सन्ततिका लागि, समानताका लागि, न्यायका लागि हाँसी हाँसी मृत्यु वरणगर्ने जोसुकै हुँदैनन्, थोरै हुन्छन् । अनि ती शहीद हुन्छन् । ती जनमानसका श्रीपेच हुन्छन् । त्यस्तै श्रीपेच मध्येका हुन् – रामनाथ । अरूलाई अनादर नगरी रामनाथको अतीत खोतल्दा अलिक बेग्लै हुन सक्छ । त्यो अलग पहिचान विशिष्ट पनि हुन सक्छ ।
त्यसो त, रामनाथ दाहाल केवल राजनीतिक चेत भएसम्मको मान्छेसम्म मात्र गणना गर्दा रामनाथलाई चिन्ने र बुझ्नेले समर्थन गर्दैनन् । उनले तुरुन्तै प्रतिवाद गर्छन् र भन्छन् – रामनाथमा पर्याप्त राजनीतिक चेत थियो, तर त्योभन्दा अरूकुरा पनि धेरै थियो । हो, वास्तवमा रामनाथको समाजसेवा, साहित्यिक र सांस्कृतिक चिन्तन, दूरदर्शी र उदार दृष्टिकोण, यस्ता स्वभाव र प्रवृत्तिले राजनीतिक चेत पो कहिले कहिले ओझेल जस्तो भान हुन्थ्यो, तर त्यस्तै पनि हैन । निष्कर्ष त यस्तो हो – रामनाथका अनेक क्षमताहरू उछिन पाछिन हुन्थे । तसर्थ झापा आन्दोलनका क्रममा शाहदत प्राप्तगर्नेहरूको योगदान कुनै तौलमा हेरेर घटी या बढी छ भन्न सकिँदैन नै । बलिदानभन्दा �� ूलो योगदान के खोज्ने र ? तर रामनाथको अतीत खोतलेर झापा आन्दोलनलाई नियाल्दा त फेरि पनि हिचकिचाउनु हुदैन होला ।
रमनाथसँग यस लेखकको पहिलो औपचारिक परिचय कहिले भयो ? निश्चित रूपमा मिति सम्झना भएन । त्यसको खास कारण त यस्तो थियो– अनौपचारिक रूपमा हामी दुवै परिचित थियौ । माध्यम साहित्य थियो । दुवैले एक – अर्कोका रचना पढिसकेका थियौ । अझ केही समय त यस्तो पनि रहयो, रामनाथ चिनेको पनि, तर औपचारिकतामा अलमलिएर बोलचाल नफुकाएको । यस मामलामा आफ्नै स्वभाव प्रतिकूल बनेर पनि यस लेखकले पीडा भोग्नुपरेको छ । हो, औपचारिक खोजीको समय अलिक लामै रह्यो । शायद, भद्रपुरतिर नै होला– २०२५ सालका आसपास एक दिन रामनाथ दाहाल र मैले कसिला हातहरू मिलाएर अनौपचारिकता नष्ट गरेथ्यौ ।
एस. एल. सी परीक्षा दिएर तराई झरेको अल्लारे �� िटो यस लेखकलाई शनिश्चरे बजारले आनन्द दिएको थियो । त्यस दिन शनिवार परेछ । मध्यान्नमा शनिश्चरे उत्रिदा शनिश्चरे बजार यौवनले ढकमक्क फुलेको रहेछ । शुक्रबार दिउँसोबाट शुरू भएको बजार आइतबार दिउसोसम्म लाग्दो रहेछ । सबै नयाँ मान्छे, नयाँ घर, नयाँ वातावरण, एउटा पहाडे �� िटाका लागि शनिश्चरे बजार �� ूलो शहर लागेको थियो । त्यसो त शनिश्चरे अहिले जस्तो हैन, थुप्रै मिल थिए । सिनेमा हल थियो । त्यसको माइकले बजार थर्काउँथ्यो । जिपहरू इलाम गइ रहन्थे । जिपहरू इलामबाट आइ रहन्थे । बिर्तामोड जन्मेकै थिएन । भद्रपुर – शनिश्चरे पनि जिप सेवा चल्थ्यो । पछि मात्र थाहा भयो, त्यसै दिन देखेको रहेछु रामनाथ दाहाललाई शिवप्रसाद शिवाकोटीसँग । उहाँहरू दुवैलाई देख्दा पछिसम्म सम्झना हुन्थ्यो – शनिश्चरेको कुनै चिया पसलमा ओल्लो – पल्लो बेन्चमा बसेर चिया खाने आकर्षक व्यक्तित्व भएका दुई जना नै रहेछन् रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी ।
´पञ्चामृत´को सहयात्रामा रामनाथ दाहालसँग निकट हुने मौका मिल्यो । साहित्य, संस्कृति र लेखनका बारेमा हाम्रा बीचमा धेरै छलफल चल्थे । अध्ययनका लागि किताबहरू खोजी र जोहो हाम्रा सामूहिक चिन्ता हुन्थे । नयाँ प्रकाशनहरूको तत्काल प्राप्ति र उपयुक्त प्रकाशनको चयन पनि हाम्रा छलफलका प्राथमिकतामा पर्थे । यस्तै चिन्ताबाट हामीले अनुरोध गर्‍यौ र राधाकृष्ण मैनालीले जन–ज्योति कुइनेटो नामक पसल खोल्नुभयो । त्यो पुस्तक पसलले झापामा तत्काल �� ूलो सेवा प्रदान गर्‍यो । भारतीय कम्युनिस्ट पार्टी मालेका मान्छेहरूले यहाँबाट चिनियाँ प्रकाशनका पुस्तकहरू लैजान्थे । रामनाथ दाहाल मन परेको नयाँ पुस्तक खरिद गर्नुहुन्थ्यो । पढि सकेपछि अरूलाई पढ्न दिनुहुन्थ्यो । पढेका पुस्तकका बारेमा हाम्रो विभिन्न कोणबाट छलफल र बहस चल्थ्यो । थोरै भेटघाटको समयलाई हामी यसरी प्रयोग गर्थ्यौ ।
तत्काल हतियार बन्द आन्दोलनका बारेमा त्यस्ताका युवा विद्यार्थी समूहमा निकै बहस चल्थ्यो । निश्चित हो त्यो बहसलाई चारू मजुम्दार र कानु सन्यालहरूको पार्टीले प्रभाव पार्‍यो । त्यो पार्टीमा पश्चिम बङ्गाल र आन्ध्र प्रदेशतिरका धेरै बौद्धिक जमात र युवा विद्यार्थीको भिड लागेको थियो । लाग्थ्यो, कम्युनिस्ट शासनलाई भारतमा छिर्न नदिनेहरू अब धेरै टिक्दैनन् । मेचीपारिको यस्तो बिगबिगीले यता पनि धेरै सोच्ने समय दिएन र झापा आन्दोलनको दौड चल्यो । त्यसो त यस क्षेत्रको वातावरण पनि उत्तेजक थियो । �� ूला – �� ूला विद्यार्थी आन्दोलनहरू चल्थे । सुस्ता महेशपुर अतिक्रमण विरोधी आन्दोलन चल्थ्यो । पूर्व कोशीको नेतृत्व आफै अन्तर्द्वन्दमा फसेको भएपनि हतियारबन्द संघर्षको चेत प्रवाह गर्थ्यो । मनमोहन अधिकारी सम्पादक भएको नव युग हेरे पुग्छ । यता झापामा युवा विद्यार्थीहरू पुराना कम्युनिस्ट नेता गोपालकृष्ण प्रसाईका विरुद्धमा आन्दोलित र केन्द्रित थिए । मदन खपाङ्गी जस्ता इमानदार र सरल नेताहरू किम् कर्तव्यको अवस्थामा थिए । झापा आन्दोलनका बारेमा हतार – हतार बहसहरू चलिरहे ।
चिन्तनशील, विचारक तथा दुरदर्शी प्रवृत्तिका रामनाथ दाहाल झापा आन्दोलन जसरी चल्यो, त्यसरी चलाउने पक्षमा हुनुहुन्थेन । हतारो बाटपर्ने प्रतिकूल प्रभावका बारेमा उहाँको स्पष्ट दृष्टिकोण थियो । यस्तो थालनीबाटहुने क्षतिबाट यसलाई बचाउन तत्काल धैर्य गर्नुपर्ने सोच पो रामनाथसंग पर्याप्त थियो । तापनि, उहाँ पक्राउ पर्नुभयो । द्रोणाचार्य क्षत्री लगायत हामी धेरै छटपटीमा पर्यौंय । हाम्रो पहुँच थिएन । प्रयत्न बालुवाको पनि । पूर्व कोशीको नेतृत्वले चाहेको भए, अवस्थामा सुधार आउने थियो, त्यसो भएन । बरू प्रतिकूल रह्यो । जसरी झापाली युवा विद्यार्थीहरूलाई झापा आन्दोलनगर्न हतार थियो, त्यस्तै हतार प्रशासनलाई दमनगर्न थियो । त्यही दमनमा रामनाथहरू शहीद भएर जन्मे । कायरहरूले सुखानीमा वीरहरूको रगत बगाए । त्यो आन्दोलन निषेध त भएन, निषेध गर्न हिडेकाहरू निषेध भए ।
रामनाथलाई शहीद मान्नु हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि क्षितिजको कुनै कुनामा सुनियो । धन्य हो ! यस्तो प्रश्न ! बिचार र सिद्धान्तका लागि आफ्ना कुनै आन्तरिक सहमति र असहमतिबारे आँ पनि नगरी, शत्रुका सामु शिर नझुकाई मृत्यु वरण गर्दापनि यस्तो प्रश्न ? बुझ्नै पर्ने कुरा त के छ भने अलिकति निहुरी मात्र दिएको भए रामनाथले मन्त्री पाउथे, तर पञ्चायतको तुच्छ मन्त्रीभन्दा स्वाभिमानी मृत्यु प्रिय मानेर त रामनाथ जनताको श्रीपेच बने । हो, रामनाथ जनताका शिरका ताज हुन् जो युग –युगसम्म जनताका शिरमा चम्कन्छन् । रामनाथहरू कहिल्यै मर्दैनन् । जनताको मनमा अमर भएका छन् ।


♥ लिला उदासी, झापा। 

घर फिर्ती

नदीको स्वाँ ... शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । विस्तारो ढोकाको आग्लो उघारेर आँगनमा आई– पर्खालमा वसी । रात अस्तव्यस्त थियो र खोलाको स्वाँआँ.... आवाज आइरहेको थियो । मृगनयनीले ठहर गरेझैं गरी– “मर्ने दिन आअ‍े !” कोठामा ढ्वाक्क आवाज आयो । ऊ हस्याङ–फस्याङ गर्दै कोठामा गई । अँध्यारो थियो र वच्चा–वच्चीको ठाउँ सरेको आवाजको साथै दुर्गन्धले कोठा भरिएको थियो । “एउटी सुकुमार छोरी पो त– वावुकी, प्यारी साहिँली “छोरी ! यस घरमा परी दुर्घटनामा विचरा मर्ने भई ।”
उसका दिमागमा पुराना कुरा आअ‍े । ऊ सानी पुतली जस्ती यस घरमा आई । उसको लोग्ने पनि सिङाने थियो । उसले कति घरमा भुक्तमान खपी । लोग्नेको हातवाट गोदाइ पनि खाई र वडो जुक्तिले प्रेम पाई अनि एउटा लामो समयमा सासू–ससुराको मृत्युपछि घर–मालिकनी भई । यी पाँच भाइ छोरा र दुई वहिनी छोरीलाई उसले जिउ–ज्यान दिएर हुर्काउँछे ! परन्तु ... ...
गोपीनाथ जुरुक्क उठ्दा झसङ्ग भयो र ‘नयनी’ भन्यो ‘हजुर उसले भनी’ –‘पेट सफा गरेर आअ‍ेँ, निद्रा लागेन– के भयो, के भयो !’
“के मासु पचेन कि ?”
“पेट त्यति दुख्या छैन !”
“चिसो लाग्यो कि ?”
“होइन !” मृगनयनी लोग्नेको सोधाइको उत्तर दिँदै केही भक्कानिई । गोपीनाथ वाहिर गअ‍ेर आयो र ओछ्यानमा  पल्टियो– “आऊ आऊ सुतौं !”
दुवै चुपचाप सुते । एक छिनपछि गोपीनाथले वोलायो– “नयनी !” ‘हजूर !’ उत्तर आयो ।
“तिमीले थाहा पायौ होली होइन ? ...” गोपीनाथले भन्यो– “तिमी माइत नजाऊ अव !” मृगनयनी छक्क पर्छे । ऊ कुरा के सुनिरहेकी छ । हे मान्छे, तँलाई आफ्नै समस्या छन् र यसैमा तैंले रुमल्लिनु परेको छ ।
“तिमी वोल्यौन !” प्रश्न दोहोरियो ।
“भन्नुहोस् न म के भन्छु र !” गोपीनाथ भन्न थाल्यो– “अस्ति नै क्या तिमी माइत गएको दशै दिनका दिन सिग्देल्नी फुपू आइन् । भान्से वाजे त्यस दिन घर गअ‍ेको थियो – भोलिपल्ट आउँछु भनेर गअ‍ेको । भोलिपल्ट वाजे आअ‍ेन र फुपू पनि वसिन् । पर्सिपल्ट पनि वाजे आअ‍ेन । सुन्तली फुपूसँगै सुतेकी राती भुँडी दुखेर निकै रुन थाली । फुपू कराउन थालिन् र म उठेर गअ‍ेँ र सुन्तलीलाई फुल्याउँदा–फुल्याउँदा त दुर्घटना ...”
“हे राम !” मृगनयनीले आँखावाट आँसु झार्दै भनी– “४० वर्षे वुढीसित ! त्यो पनि नाता लाग्ने ...” मृगनयनीले आँसुका भलै वगाई । ऊ वोलिन र उसको लोग्ने पनि चुपचाप आँखा चिम्ली सुत्यो । मृगनयनी सम्झिन थाली– यो लोग्नेमान्छे हरहमेसा छुट चाहन्छ । एउटा लोग्नेमान्छे हरहमेसा स्वास्नीमान्छेवाट श्रद्धा चाहन्छ, हरहमेसा वलिदान चाहन्छ । रिठ्ठीसित जाँदा माफी माग्यो, गोरीलाई तान्दा रोएर जित्यो र मङ्गलीलाई भुँडी वोकाउँदा मलाई समेत छोड्ने धम्की दिएर चोखो भयो । अनि त ... ए अप्रेसन गरेको हुनाले अहिले त ...” टुङ्गामा कुरा सम्झिनासाथ मृगनयनीलाई एउटा ठुलो आशङ्काले वाँध्यो– आहो ! आज उसको जीवन मर्नु र वाँच्नुमा पुगिसकेको छ ।”
“नयनी, के गर्नु लोग्नेमान्छेको जात वडो अविवेकी हुन्छ ! परन्तु यो सत्य नभनी पनि त सक्तिन फेरि !” गोपीनाथ भन्न थाल्यो– “नयनी ! हेर तिमी आमा हौ र म वावु, यत्रा सन्तान हामी दुईले हुर्काउनु छु, मेरा वावुआमा मरि गए त तव अरु कसले यस घरलाई हेरिदेला र ! दाजुभाइ तिनै हुन् । स्कुलमा फिस तिर्नुपर्छ – मैले नकमाए कसरी ? तिमीले पनि घर नगरिदिए घर कसरी चल्ला ?” आँसु झारेर गोपीनाथले भन्दा मृगनयनी केही आस्वस्त भई । “हे वावु–आमा, म वित्तलमा परेँ । यो कस्तो घर ? यहाँ रातोदिन मिठा कुरा खुवाऊ र रचाऊ, छोराछोरीको चाकरी गर र लोग्नेको चर्तिकला सुन ! लोग्नेको खेलौना वन र सहू सम्पूर्ण– हे वावुआमा !” मृगनयनीको आत्मा चिच्यायो । परन्तु उसको हात जव आफ्नो भुँडीमा पर्यो– ऊ पुन विचलित भई । “आखिर हुने त भईगयो– दुर्घटना ! खोलामा फाल हाल्नु नै हो भने– विस्तारमा !” ऊ एक किसिमले दृढ भई र लोग्नेको कपाल कन्याएर भन्न थाली– “हेर्नुहोस् ! तपाईँलाई थाहा छैन– अप्रेसन त असफल भअ‍ेछ !”
गोपीनाथको जिउमा भयानक भयको भावना भरियो । उसका दाँत कटकटाए । ऊ थोरै डुगडुग काम्यो पनि । उसलाई अचानक होस आयो “कतै मृगनयनी नै ! ...” मृगनयनी प्रत्युत्तरको प्रवल रूपले प्रतीक्षा गरिरहेकी थिई ।
“होइन, तिमीले पेट वोक्यौ ?”
“अनि के सुन्नुभयो त ?”
अनि त एउटा शून्य वातावरणले त्यहाँ ग्रस्त गर्यो । लोग्ने–स्वास्नीमा यस्तो देखियो– मानौं उनीहरू हालका दुवै घटनावारे परस्पर केही  सोचिरहेका छैनन् ।
यस रातपछि दुवै पति–पत्नीमा साधारण वोलचाल वन्द भयो । गोपीनाथ मुख्य ओछ्यानमा सुत्दथ्यो भने मृगनयनी छोराछोरीको ठुलो खाटमा सुत्दथी । एउटा ठुलो खटपटीमा दुवै जना रात विताइरहेछन् भन्ने दुवैलाई थाहा छ । मृगनयनी सम्झन्छे– वितेका दिन र उसले आफ्नो पति भनेर यस घरमा आअ‍ेर के गरिन– यो पति निर्धो छ, खोकिरहन्छ, यसलाई कपाल पनि दुखिरहन्छ, यो वर्ष दिनभरि प्रायः दुखिरहन्छ र दिनरात ऊ सेवा गर्दछे । यतिका छोराछोरी पाउँदा उसले भुक्तमान खपी । त्यो गोपीनाथले हेरिरहन्छ र कहिलेकाहीँ उसले गुनासो प्रकट गरिहाली भने लाचारी प्रकट गरेर मृगनयनीलाई नै फकाउँछ । मृगनयनीले यति मात्र तकलिफ गरेकी होइन– गोपीनाथ आइएसम्म पढेको मान्छे भअ‍े पनि जुवा खेल्नको दैव छ, उसले असाध्य चुल्हो कुर्नुपर्छ । मृगनयनीका यो घर पसेपछिका १५ वर्ष एउटा यस्तै क्रमको चाकाचुलीमा वितेका छन् । उसलाई यतिमै यो क्रम चलिरहन मन परेको छ– गोपीनाथ पनि उसको कदर गर्दछ । भअ‍ेको सम्पत्तिकी ऊ मालिक्नी छे र माइततिर चर्चा हुँदा उसको भाग्यको राम्रै तारिफ गरिन्छ– “लाउन–खान राम्ररी पाउनु पनि एक जीवन !” भनी ।
गोपीनाथ खुइय ! गर्दै सोच्तछ– ऊ ठुला नामी वावुको होनहार छोरो । वावुको ऊ निकै प्यारो थियो । आमाको वेइमानीमा नपरेको भअ‍े भाइको साटो उसैले नै जिउनी पाउँथ्यो, रपनि उससित लाखौंको हैसियत छ । सय मुरी धान पहाडमा र मधेसमा तिस विगाहा जग्गा उससित छ । उसले चाहँदा तिनटी स्वास्नी हेलै ल्याउन सक्दछ तर मृगनयनीलाई उसले अति माया गरेकाले आफूले जुवा खेलेर आउँदा ऊ रिसाउँदा पनि उसले सह्यो । चुल्हो कुराउँदा ऊ झर्किन्थी र पनि सह्यो । कतिसम्म उसले गर्यो भने उसका मृगका जस्ता आँखा र सिनेमाका तारिकाका जस्ता सलक्क परेका मुहारमा मक्ख परेर आफ्नै अप्रेसन गर्यो र अशिक्षित नभनी एक पत्नीमा अडिने प्रत्यक्ष प्रमाण उसले देखाइदियो । यस्तो अशिक्षित गाउँमा अरुले गर्नै नसक्ने उदाहरण दिने लोग्नेलाई यस्तो धोका ! ...”
अव गोपीनाथ दिनहुँ देख्तछ– छोरा–छोरीको मुख निन्याउरो हुन थालेको छ र उसलाई सायद ! वावु हुन नसुहाइरहेछ । ऊ प्रायः घरवाट वाहिर हिडिरहन्छ । डाँडाघरे माहिली आमाकोमा एक दिन ऊ देख्तछ– उसलाई देख्नेवित्तिकै स्वास्नीमान्छेहरू हाँस्छन् । निकै वेर गफ चल्छन् । गफको थालनीतिर उसलाई अनुभव हुन्छ– उसको जीवन त सडन्ता भइसकेछ, कुरा गर्दासम्म ऊ तगडा छैन र उसको भित्रभित्रै कमजोरीले खाइसकेको छ । “अँ, फुपूले कहीँ ? ...” उसलाई भित्रभित्रै खसखस भयो । माहिली आमाले आँटेर भनिन्– “नानी, फेरि सुरसार छ कि के हो ?”
गोपीनाथले संयमित भअ‍ेर उत्तर दियो– “डाक्टरले पैसा मात्र खायो– ख्वाप्प २०० ।” उसलाई यति भन्न सकेकामा निकै सन्तोषको भावना उत्पन्न भयो ।
“प्रकृति कहाँ मान्छ र भगवानले दिने नदिई छाड्दैन !”
“त्यसै भन्नुपर्यो !”
गोपीनाथ घरतिर लाग्दा वाटामा सोच्छ– वीरगन्जमा एक जना शिक्षक भन्थे– ‘वर्थकन्ट्रोल’ गर्नु पाप हो– शारीरिक र मानसिक दुवै दृष्टिकोणले ! “मलाई हाँसो उठेथ्यो । यस महँगीमा ख्वाउने र लगाउने मात्र होइन, पढाउने पनि समस्या वड्छन् । यसैले आत्म–वलिदान गरेर डाक्टरको कोठामा लम्पसार नाङ्गिअ‍ेँ– परन्तु यो धोका ! ....”
घर पुग्नुभन्दा अगाडि उसले आफ्नो च्यादरको घर हेर्यो– “यो ठुला ठालु गुरुभक्तको घर हो र हो ठुलाठालु रामप्रसादको ज्वाइँको घर ! हे राम, मेरो इज्जत आज मेरा हातमा छ– म वगाउँछु खानदानको इज्जतको साथै ससुराको पनि इज्जत । मेरा मोहीयाले मेरो खिस्सा उडाएर धान वताउनेछन् र मेरा गाउँघरका शत्रु थपडी मारेर भन्नेछन्– “गाउँका एक भालेपोथीको कुरा यस्तो !” अव राती पनि सवैका आँखा मेरा घरमा पर्नेछन् ! म लाखे झैं रमिता हुनेछु ।”
घरमा झिँगा भन्किरहेका थिअ‍े– पर्खालवाट उसले हेर्यो – तल गहिरामा अ‍ेकनास नदी वगिरहेछ, के उसलाई वोलाअ‍ेको त होइन ? तर ऊ किन मर्छ ? यति जावो अपरेसन असफल हुँदा ऊ किन सिद्धिन्छ ? गोपीनाथले छोरालाई सोध्यो– “आमा खोइ हँ ?”
“पँधेरा जानुभअ‍ेको छ ।”
“कति वेर भयो ?”
“अघि ... नै ...?”
गोपीनाथलाई झस्का पर्यो मृगनयनी त एउटी स्वाभिमानी आइमाई हो– ऊ कसैसित आफ्नो हकमा हक्की वोल्छे र ऊ आफ्नो जीवनमा कहिल्यै वाङ्गोटिङ्गो मन पराउँदिन । कतै ...” झस्किएर ऊ सरासर पँधेरातिर गयो । साँच्चै नै डोको, नाम्लो, लुगा र गाग्रो त्यसै लडिरहेका रहेछन् । ऊ हडवडिएर पाखातिर गयो । तलमाथि वरपर वन चाहार्यो । नभन्दै अलिक पर कुइनेटोनेरि मृगनयनी झोक्राएर वसेकी रहिछ ।
हराएको वस्तु पाएको अनुभव गोपीनाथमा भयो ऊ सुरुसुरु मृगनयनी भअ‍ेठाउँ गयो । झसङ्ग झस्किएर मृगनयनीले आँसुले भरिएको अनुहार देखाई ।
“किन यहाँ आअ‍ेकी ?”
मृगनयनी वोलिन ।
“हिँड घर जाऔं !”
मृगनयनी नवोली अघि लागी ।
गोपीनाथ आफ्नी प्यारी पत्नी मृगनयनीको हिडाइ विचार गर्छ– “कति कामिरहेकी छ विचरा !”
“मर्ने विचार कसरी गर्यौ ? यी छोराछोरी कसरी हुर्केलान्– पटक्कै विचार गरिनौ ?” गोपीनाथ भन्दै गयो । मृगनयनी सोच्छे– के उसले विग्रिएकी आफ्नी स्वास्नीलाई गाउँघरका मान्छेका अगाडि सकार्ने ह्याउ राख्छ ? कुन कुराले कसरी आज यो मान्छे ऊप्रति सहानुभूति गरिरहेछ ?
“हे कठोर, तिमीलाई मैले केही भनेको थिअ‍ेँ – यतिका छोराछोरी छाडेर मर्न हिड्यौ ? के म तिमीविना वाँच्न सक्छु ?” गोपीनाथले फेरि भन्यो । यसको वाटो मोडिँदा मृगनयनीले देखी – भक्कानिएर गोपीनाथका आँखावाट अविरल आँसु झरिरहेछन् । पातलो जिउको निर्धो गोपीनाथ अचम्मैसित सिठ्ठा र लुते भइसकेछ !”

♥ चुडामणि रेग्मी, झापा। 

मुक्तक

गैरी खेतमा धानको बाला झुलेको बेला आगनीमा सयपत्री फुल फुलेको बेला . म आज एउटा यस्तो संसारमा रमाउदैछु तिम्रो र मेरो पिरतीको ढोका खुलेको बेला

प्रदिप चापागाईं

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.