भर्खरका पोष्ट

"लघुकथा/ अवसर"

एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्‍यो "कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?"
"मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु"-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो ।
"हँ ! यो नाका बन्द गर्ने योजना मधेसिको हो कि बिदेशिको हो बबुवा ? अनि नाकाबन्दी चैं कसलाइ गरेको नि ?"- छोरालाइ फेरि प्रश्न थप्यो राम रतनले ।
"नेपालीहरुलाइ बापु"- छोराले न हिचकिचाइ उत्तर दियो ।
"नेपालीहरुलाइ ?"- राम रतनले छोराको भनाइ दोहोर्‍यायो र फेरि प्रश्न थप्यो-"बबुवा तिमिहरुको नाकाबन्दीले सिंहदरवारमा बस्ने शासकहरुलाइमात्र अप्ठ्यारोमा पारेको छ कि हामिजस्तालाई याद गरेको छस ? अनि तँ चैं नेपाली हैनस र ! नेपालिलाइ नाकाबन्दी गरेको ठान्दै छस ?"-बाबुले अझै छोडेन ।
"हामिलाइ यो देशले कहिले नेपाली मान्यो र बापु ?"- छोराले पनि प्रश्नै तेर्श्यायो बाबू तिर ।
"तैले चैं कहिले आफुलाइ नेपाली ठानिस नि अनि नेपाली हुन के चैं गरिस र ?"-बाबू उसै गरि दोहोरियो ।
"खस,पहाडियाहरुले के गरेका छन र हामिले पनि गर्नै पर्ने ?"- छोरो उसैगरी जरखरियो ।
"उनिहरुले त आफु अघि लागेर सिंगो नेपाल देश बनाए ? "- बाबुले जस्तालाइ तस्तै उत्तर दियो
"बाबुका उत्तर एकछिनसम्म छोरो तिलमिलायो अनि सोध्यो-"अब हामिले चैं के गर्नु पर्‍यो त ?"
"अहिले त्यही देश जबरजस्ती अंगिकृत नागरिकता दिलाइएकाहरुको षडयन्त्रको सिकार भएर फुटको संघारमा पुगेकोछ । अब तँ अघि लाग र षड्यन्त्रबाट देश जोगा अनि देशलाइ एक ढिक्का राख त, तँलाइ नेपाली हैनस भन्ने कसले हिम्मत गर्दो रहेछ ?"-राम रतनले छोरालाइ सम्झायो र थप्यो-" अझ हिम्मत गरिस भनें त १८१६ अघिको हाम्रो देशको भूभाग समेत पुन: जोडेर राष्ट्रीय बिभुती बन्न पाउँने सिङगै अवसर पनि तैँले पाएको छ्स छोरा ।"
♥ जीवन दहाल
गौरादह-१२,झापा

मुक्तक

कसैको नि ज्यु/हजुरीमा लाग्नु हुन्न अब। 
आफु कम्जोर देखाएर माँग्नु हुन्न अब। 
जस्तोसुकै परिस्थिति आएपनि आओस्,
लाछी मुटु बनाएर कतै भाग्नु हुन्न अब। 

♥ आचार्य प्रभा

प्रगतिशील दृष्टिका रुद्र खरेललाई सम्झदा

     मान्छे छरियो भने त्यसै मेलो पाउदैन, म पनि छरिएको नै छु  लामो जीवनमा सवै टिपोट नभएको हुनाले सवै कुरा फुत्फुती भन्न सक्तिन । सायदै कुनै लेखक हाजिरजवाफमा सिद्ध पुरुष होलान ! “तपाइँको छात्र पनि प्रगतिशील साहित्यकार पनि हुन् रुद्र खरेल, उनका वारे तपाइँको लेख आवश्यक छ, लेख्नुहोस्” भन्दा मलाइ यस्तै अनुभव भएको छ,तसर्थ रुद्र खरेल वारे लेख्दा म छरिए झै भएको छु ।
            गौरादह तिर घर भएका, अर्जुनधारा तिर वस्ने रुद्र खरेल २०२४ साल तिर मेची महाविद्यालय पढ्दाका मेरा धेरै छात्र मध्येका एक हुन् । लीला उदासी, द्रोणाचार्य, राधाकृष्ण मैनाली आदि प्रगतिशील छात्रहरु त्यतिखेरका विद्यार्थी थिए । उनकी श्रीमती निरा पनि त्यही पढ्थिन् कुन वेला हो । “खरा कम्युनिस्ट” उनलाई मैले सम्झदा निस्कने शव्द हुन यी। कक्षामा  म सँग निकै  जना डराउँथे, उनी डराउँदैन थे । लेखनाथ पौडेलका कविता पढाउँदा उनी “लेखनाथलाई प्रतिक्रियावादी विचारको भन” भनुँला झै गर्थे । पछि यी राधाकृष्ण मैनाली, लीला उदासीहरु मिलेर “पन्चामृत” चलाए । पन्चामृत युग नै भयो प्रगतिशील साहित्यिक आन्दोलनमा । थालनी तिर मलाई पनि सल्लाहकारमा राखिएको थियो । उनीहरुको उग्र गतिविधिका कारण  मेरो अनुरोधमा हो वा उनीहरु आफैले हो, त्यो मेरो सल्लाहकार पद पन्चामृतवाट उखेलियो, अरुको पनि उखेलियो होला ।
      सम्झनाका क्रममा एकै चोटि उनी मेरो जुही पत्रिकामा पनि लेखक भएका देखिन्छन् । तिनको विवरण यो प्रकारको छ – कविता
श्रीमान्को नियुक्ति पूर्णाङ्क ४ (२०३९)
भाषिक लेख
फारसेली भाषावाट नेपालीमा आएका शव्दहरु पूर्णाङ्क ३ (२०३८)
शिष्ट प्रचलनमा अशिष्ट शव्दहरु  पूर्णाङ्क १८ (२०४४)
      यी तिन रचना मध्येको कवितामा प्रगतिशील दृष्टिले हास्यव्यङ्ग्य कविताको स्तर माथिल्लो छ र यो कवि भविष्यमा व्यङ्ग्यकार अवश्य वन्छ भन्ने सङ्केत दिने ख्याम्ताको छ । अरु दुईवटा भाषिक लेखले नेपाली भाषाका क्षेत्रमा राम्रै अध्ययन भएको लेखक हो यो , यसले गम्भीर अध्ययन खोज्ने भाषा विज्ञान पढ्न र पढाउन रामरी सक्छ भन्ने साछी वस्छन् ।
            यसै गरी मेरा अगाडि झापाको शान्तिनगरवाट छापिएको, तेराखले सम्पादन गरेको “झटारो” नामको सङ्कलन छ ।त्यसमा प्रकाशित “रोकेर रोकिन्न यो” छन्दोवद्ध कविताका लेखक रुद्र खरेल हुन् । २०२६ सालमा प्रकाशित यो कविताले रुद्र खरेललाई व्यङ्ग्यकार र प्रगतिशील विचारका धनी कवि देखाउँछ तर छन्दका शिल्पी देखाउँदैन । सायद , यही कारणले पछि रुद्र खरेलले धेरै निवन्ध सङ्ग्रह छपाए । छपाए मात्र होइन प्रगतिशील निवन्धका क्षेत्रमा निकै उत्कृष्ट निवन्धकारका रुपमा ख्याति पनि पाए ।
अर्को, झापामा प्रगतिशील छात्र भएर, प्रगतिशील सङ्गठनमा सक्रिय भएर, पन्चामृत जस्तो युगकै नेतृत्व गर्ने खालको पत्रिकामा सहयोगी भएर उच्च शिक्षा ग्रहण गर्न काठमाडौ गए, नीरासँग विहे भयो, छोराछोरी भए  । त्यस पछि चावहिलमा प्रा. राजेन्द्र सुवेदीको छिमेकी भई अलिअलि गर्दै एउटा घर वनाए । मेरो सम्झना अनुसार उनी नेपाल ल क्याम्पसमा नेपाली पढाउँदथे ।
      रुद्र खरेलसँग वेला वेला काठमाडौ वा झापामा भेट हुँर्दा नम्रतापूर्वक वोलेको नमस्कार गरेको पनि मलाई सम्झना छ । समयले गर्दा, सायद घाँटीको रोगले गर्दा त्यति कडा लाग्ने, चर्का, खरा रुद्र खरेल कमला, नरम भएको पनि मैले अनुभव गरे । यस्तो अनुभव गर्दा पनि उनी विचारमा मात्र होइन, भाषणमा मात्र होइन लेखाइमा पनि मलाई जर्रा नै हुन् भन्ने पूर्व अवधारणा रही नै रह्रयो ।  पछि विरामी वढेर होला वोल्दा नाक वजाए झै गरेको पनि सम्झन्छु । 
      अव एउटा नविर्सने घटना सम्झन्छु । नेपाल प्रेस काउन्सिलले हामी पाँच जनालाई साहित्यिक पत्रकारिता पुरस्कार दिदाको कुरो हो त्यो । रचनाका सम्पादक रोचक घिमिरे प्रेस काउन्सिलको सदस्य भएका वेला वहाँले प्रेस काउन्सिलका तर्फवाट हामी पाँच जनालाई दाङमा अभिनन्दन ÷सम्मान÷पुरस्कार एउटा ठूलो कार्यक्रम गरेर दिलाउनु भयो । ती पाँच जनामा अभिनन्दित हुने मेरा अग्रज व्यक्तित्व श्याम प्रसाद(सम्पादक साहित्य) र भवानी घिमिरे(सम्पादक  भानु) थिए । म (सम्पादक जुही )रुद्र खरेलको(सम्पादक वेदना) को गुरु थिएँ भने शेषराज सिवाकोटी( सम्पादक, ज्ञानगुनका कुरा)का गुरु रुद्र खरेल थिए । यस्तो ऐतिहासिक सििहत्यिक पत्रकारिताको तिन पुस्ताले सम्मान पाएको यो क्षणलाई म सधै सम्झन्छु । यो सम्झना भित्र पन्चामृत युगका एउटा सशक्त व्यक्तित्व रुद्र खरेल सदा उभिन्छन् ।
      रुद्र खरेल नेपाली साहित्यका मोलिला रत्न हुन् । यस्ता रत्नको असमयमै निधन हुनु नियति होइन , उनी इमानदार भएकाले, कमाउन नसक्नाले, अवसरवादी नहुनाले, चाकडीमा नलाग्नाले, प्रगतिशील गंगा प्रसाद उप्रेती जस्ता केही व्यक्तिले सघाए पनि धेरै प्रगतिशीलहरुमा आफ्नो विचारको साहित्यकारलाई वचाउने प्रवृत्ति नभएको कारण भएको हो भन्ने मैले सुनेको छु । यो कुरो साँच्चो हो भन्ने नै देखिन्छ । यी कुराहरु तर्फ भन्दा अव रुद्र खरेलका सृजनाको, व्यक्तिगत योगदानको अध्ययन मनन वढाएर प्रगतिशीलहरुले आफुलाई गतिलो प्रगतिशील व्यक्तित्व वनाउनु तिर लाग्नु नै उचित हो भन्ने मलाई लाग्छ ।

♥ चुडामणि रेग्मी

प्रदिप चापागाईंका ११ मुक्तक

तिमी सँग माया लाउने म भाग्यमानी। सँधै तिम्रो साथ पाउने म भाग्यमानी। दुइ दिने जीन्दगिमा तिमिलाइ नै पाउ, तिमिलाइ सधै भेट्न धाउने म भाग्यमानी।


शब्दको भोगी भए अनी गजल कार भए। मायाको रोगी भए अनी गजल कार भए। मन दिए तन दिए सबैथोक दिए उनलाइ, खाली . जोगी भए अनी गजल कार भए।



मैले सोचे भन्दा धेरै दिलवाली हुनुपर्छ। तिम्रो घर अब मेरो . सशुराली हुनुपर्छ। काली होश या गोरी सम्झेर सधै भरी, भेना भनेर बोलाउने एउटी शाली हुनुपर्छ।


चारैतीर फुल फुलेको बसन्तको याम थीयो। रस चुस्न वरिपरी भमराको लाम थीयो। बोलाउदा नसुने झै गरी हासेर गैइन, उनको दिल भित्र पक्कै मेरो नाम थीयो।


जडिया हरुको कुनै भर हुदैन। एक निश्चित सुत्ने घर हुदैन। जहा जहा भेटो ती खाइहालो, न दुख न सुख कुनै कहर हुदैन।


प्रदिप चापागाँई मेरो नाउ। झापा फुलबारीमा छ गाउ। बस्छौ भने आउ है सोल्तिनी, तिम्रो लागी दिलमा छ ठाउ।


किन किन मलाइ तिम्रै हुन मन लाग्छ। दुःख पर्दा तिमी सँगै रुन मन लाग्छ। तिम्रै कोमल अँगालोमा सँधै भरी बाधिएर, शिर देखी पाँउ सम्ब छुन मन लाग्छ।


आजभोली जीबन हाक्न सक्ने भएको छु। दुनीया संग लडेर बाच्न सक्ने भएको छु। झुकेर नी झुक्दिन लुकेर कतै भाग्दीन, देशको माटो संग रगत साट्न सक्ने भएको छु ।


तिमिलाइ धेरै मन पराउछु| र त आफ्नो भन्ऩ डराउछु। केछ कुन्ऩी तिम्रो त्यो रुपमा, मत जैले तिम्रै यादमा हराउछु|


नजीक आउदा वर सर्छौ सर्दिनौ बुझ्नु छ। तिम्रो दिल भित्र खुसी भर्छौ भर्दिनौ बुझ्नु छ। जीन्दगी नै बन्धकी राखेर माया गरेको छु, आज साचो माया गर्छौ गर्दिनौ बुझ्नु छ|


चोट दिदै मुटुमा पलपल रुवाएर गयौ। झुटा माया प्रेमका बाचाहरु खुवाएर गयौ। जुनी जुनी भर सम्म माया गर्छु भन्थेउ, दोबाटोमा छाडी थोरै आँशु चुवाएर गयौ।

मुक्तक

मनमा यादका ज्वारभाटा उठाएर जान्छ ।
धढ्कनको अन्तर भित्र दुखाएर जान्छ ।
बर्षौं देखि गरिएको सर्वेक्षणले यो देखायो ।
चार्ड-पर्वले परदेशीलाई रुवाएर जान्छ ।

♥ शिव सुवेदी, झापा।
अचेल:- मलेसिया

गजल
तिमी र यो कन्चन हिमाल, उस्तै उस्तै लाग्छ 
तिमी र मेरो देश नेपाल, उस्तै उस्तै लाग्छ 

जब लेख्छु गीत गजल, तिमीलाइ संझी
शब्द अनि संगितको ताल, उस्तै उस्तै लाग्छ

कति निश्चल छ हाम्रो प्रेम, समर्पित उस्तै
तिम्रो जवाफ मेरो सबाल, उस्तै उस्तै लाग्छ

टाढा हुन खोज्छौ जब तिमी, मेरो समीपबाट
दिलको धड्कन तिम्रो चाल, उस्तै उस्तै लाग्छ

मर्न पाए तिम्रो नै काख, साच्चै धरोधर्म
संजिबनी बुटी र काल, उस्तै उस्तै लाग्छ

♥ जि पि तिवारी
दमक-१५,झापा नेपाल।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.