कविता - मुर्दा (निशा 'प्रतीक्षित')

कविता

आजभोलि अक्सर म
आर्यघाटमा हुने गर्दछु
टोलाइरहेको अवस्थामा,
मुर्दा जलिरहेको आगोबाट निस्की रहेको
धुवाँमा
तरङ्गित भैरहेको देख्छु म
तिम्रै त्यागका प्रतिबिम्बहरु
साच्चै तिमी मुर्दा भन्दा
केही कम भएका छैनौ आजकल।
मेरो खुशीका निमित्त
तिमीले आफैलाई मार्न
कुनै कसर बाकी राखेनौ
तिमी ,मेरो सामु सिंगै खडा छौ
तर,
निशब्द, मौन,प्रतिक्रिया बिहिन।
किन आवाज निस्किदैन हँ
त्यो तिम्रो ओठबाट ??
हिजो मसँग घन्टौँ बोलेर
नथाक्ने ती ओठहरु
आज हिच्किचाउँदै छन मेरो अगाडि
अनि चुपचाप छन मेरो निकटतामा पनि
बस मौन,निशब्द, चुपचाप
ती तिम्रा ओठ सम्झन्छु
र सोच्छु
सायद आभास भयो होला
त्यो मनलाई
यो अरु कसैकी हो भनेर।
त्यसैले त
हालिदियौ तिमीले मलाई
मेरो बिगतको पोल्टामा
टाढा बनाउन चाह्यौ मलाई आफुबाट
जानेबेला,
'म जाउँ' भनेर सोध्दा नजा भन्न सकेनौ
मलाई अरु कसैको जिन्दगीमा पठाइदिएर
आफुलाई मुर्दा बनायौ
त्यस्तो मुर्दा जो सास मात्र फेर्छ
तर कुनै प्रतिक्रिया दिदैन
मैले बारबार बोलाउँदा नि बोल्दैन
कि मैले नै मलाई स्नेह गर्ने
त्यो तिम्रो मन मारिदिएर
तिम्लाई मुर्दा बनाए हँ???
मलाई थाहा छ
तिमी मलाई अगाध प्रेम गर्छौ
त्यसैले त यति ठुलो त्याग गरेका छौ
मलाई नै त्यागी दिएर
म पनि अझै तिमीलाई अगाध प्रेम गर्छु
पहिले जस्तै
त्यसैले
मलाई आर्यघाट पृय लाग्न थालेको हो
तिमी मुर्दा बनेदेखी ।।।।

♥ निशा 'प्रतीक्षित', झापा, नेपाल। 
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.