गजल - कल्पना आचार्य ओली

गजल

विज्ञानलाई लाचार भगवानलाई चकित बनाईदिन्छ।
सच्चा प्यारले कुनै दिन सुनामी फर्काइदिन्छ।

यहाँ सन्तानका लागि बा आमा ज्यान दिन्छन,
सन्तान चाहिँ पैसाको लागि बा आमा सिध्याइदिन्छ।

जून तारा पनि फिक्का फिक्का लाग्छन् मलाई,
जब प्याराले हर्षका आशु काखमा खसाइदिन्छ।

श्रीमती छोराछोरी मिलनका दिन पर्खेर बस्छन,
उफ् उता खाडीबाट बाकसमा लास पठाइदिन्छ ।

मलाई हाम्रो सरकार र हिटलर उस्तै उस्तै लाग्छ,
गरीब बस्ती भत्काइदिन्छ आगो लगाइदिन्छ।

♥ कल्पना आचार्य ओली, दमक, झापा।
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.