रुवाइ एक चर्चा
विषय प्रवेश:
रुवाई मुलतः फारसी मुलको एक लोक लय हो।फारसी भासामा गाइने छोटो नितिलय हो रुवाई।यो अनिवार्य चार हरफ भित्र अनुवन्धित हुन्छ। नेपाली लय झ्याउरे,देउडा ,हाक्पारे,ख्याली ,पालामा सेलो आदि झै यसको पनि आफ्नै संरचना छ।यसको आफ्नाइ नियम पहिचान छ।
उदाहरण स्वरूप -
रुवाई (पद)
फड्के दौडे पो जित हुन्छ हाम्रो
छड्के दौडे पो जित हुन्छ हाम्रो
कनिष्टले के ल्याउॅछ पदक यहाँ
खड्गे दौडे पो जित हुन्छ हाम्रो
त्यस्तै अर्को रुवाई-
एक ठानेको थियौ हावापानी धर्ती खास निजि हुन्छ।
मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ??
घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी
छोप्न सक्छ बादलुले कहाँ प्रकाश निजि हुन्छ??
( भोला सिवाकोटी अमेरिका)
मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ??
घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी
छोप्न सक्छ बादलुले कहाँ प्रकाश निजि हुन्छ??
( भोला सिवाकोटी अमेरिका)
माथिको रुवाईमा फड्के,छड्के ,खड्के काफियाको रूपमा आएका छ्न।त्यसपछि दोहोरीएर आएको बस्तु रदिफको रुपमा छ्न।अर्को रुवाइमा खास बतास प्रकाश काफियाका रूपमा छ्न भने त्यस पछि दोहोरीएर आएको बस्तु रदिफको रूपमा आएको छ।पहिलो दोस्रो र चौथो हरफमा काफियाको अनिवार्यता पर्दछ ।तर रदिफको अनिवार्यता पर्दैन तर भएमा सुगन्धित हुनेछ।पहिलो हरफले विषय बस्तुको उठान गरेको हुन्छ ।दोस्रो हरफले थप ब्याख्या गरेको हुन्छ।तेस्रो हरफमा रदिफ काफियाको जरुरत पर्दैन र यो हरफले कोतुहलता प्रदान गर्द्छ।र चौथो अर्थात अन्तिम हरफले समग्र भावलाइ जोड दिएको हुन्छ।रुवाई एउटै विषय बस्तुमा केन्द्रित हुन्छ।तर गजलकारहरुले काफियामा अलमल भएका कारण पुरा हुन नसकेको गजलहरुका दुई शेरलाई पनि यहाँ रुवाई भन्न थालिएको छ ।तर यसले न गजलकारलाइ हित गर्छ न रुवाईलाइ।साहित्यका हरेक विधा झै रुवाइको आफ्नै पहिचान छ स्वतन्त्रता छ।नियम छ।त्यसको आधारमा सम्मानका साथ रुवाई लेखिनु पर्दछ।
"रुवाईको भाव पक्ष "-: कुनै पनि ब्यतिको आफ्नो बियोग सुखदुःख प्रेम भाव,बिद्रोहमा आत्मबाटै भक्कानियएर निस्केको शब्द नै रुवाई हो।आफन्तको बियोगमा रुनु संगको अर्थ रो बाट रुलाई हुदै रुवाई भएको हो।यो एउटा संयोग मात्र हो।मानवीय संवेद्नाको बदु भाव बदु रंग संगै समाजको प्रतिबिम्ब सिर्जनाहरुमा प्रतिबिम्बित गरिने हुनाले सिर्जनाको प्रारम्भ जसरी भएनी आज हरेकले भाव मानवीय घटनाहरुलाई रुवाई मार्फत सम्बोधन गर्न सकिन्छ ।
"रुवाईको पुर्वावस्था"- रुवाई एक वचन / रुवाइयात बहुबचन फारसी भासाको लोकलय भएता पनि यसलाई मलजल गरेर उच्च सिर्जनात्मकता दिने कार्य उमर खैयामले गरेका हुन।रुवाईको अध्ययन गर्दा उमर खैयामलाई अध्ययन नगरी पूर्णता पाउन सकिदैन । उमर खैयाम(१०३८-११३१) आज भन्दा एक हजार बर्ष पहिले हालैको ईरानको निशापुर भन्ने ठाउमा जन्मिएका हुन ।खैयाम गणितीय बिद,बाताबरण बिद,खनिज बिद,दार्शनिक थिए।खैयाम विविध बिधाका बहुप्रतिभाका धनी थिए।गणितमा विशेषत अलजेब्राको आधुनिकीकरण र आधुनिक क्यालेन्डरको स्थापना गरेका थिए।सोही कारणले उन्लाई संसारको गणितीय दार्शनिक भनेर पनि उल्लेख गरेको पाइन्छ । नेपाली साहित्यमा रुवाई:- भारतीय कवि डा.रायबचनले प्रकाशन गरेको मधुशाला रुवाई संग्रहले रायबचनलाई चर्चित मात्र बनाएन कि नेपाली साहित्यमा रुवाई भित्र्याउनुमा निकट स्रोत पनि बन्यो मधुशाला ।खैयामका रुवाइयात फारसीबाट उर्दु हुँदै हिन्दीमा आएको तथ्य पाइन्छ ।तर प्रसिद्धि चै अंग्रेजी र हिन्दीमा भएको पाइन्छ। नेपाली साहित्यमा कहिले देखि रुवाई लेखन सुरु भयो।त्यो खोजीकै विषय छ तर रुवाई संरचनाका सिर्जना चै पाँच दश्क अघि देखि सिर्जना थालिएको पाइन्छ ।भिमदर्शन रोक्का ,भुपी शेरचन ,हरिभक्त कटुवाल,आदिका रचना पनि रुवाईकै संरचनामा पाइन्छन् ।तर आधिकारिक रुवाइको कृति चै केदार सत्याल( बिराटनगर ) द्वारा २०३२ चैत्रमा प्रकाशित कृति उमर खैयामको रुवाइयातको अनुवाद हो।केदार सत्याल द्वारा अनुवादित रुवाई कृतिका आधारले पहिलो भएता नि नेपाली साहित्यमा रुवाईको संरचनात्मक मर्म र धर्मका आधारमा रुवाईको संरचना अनुसार रुवाई लेख्ने पहिलो ब्याक्ती प्रकाश आंदेम्बे हुन यो खोजिको बिसय छ रुवाईको पहिलो कृति "ग्यांस च्याम्बरमा बुद्ध "(२०६१) नै हो।रुवाइयातमा मिथ्या र शीर्षक सहितको कृति "चासोक तंनाम"(२०६५) पहिलो हो।रुवाईमा सवालजवाफ सवाल जवाफ " दोवाटोको कोशेली"(२०६६) पहिलो हो।नेपाली साहित्यमा रुवाइ हाल यति व्यापक भयो कि तीन दर्जन भन्दा बढी कृति आएका छ्न।भने हजारौं जनाले रुवाई लेखिरहनु भएको अवस्था छ । बिश्वका जुन सुकै देशमा बसोबास गरेका भएनी नेपाली रुवाईको लेखन नेपाल भारत सिक्किम ,भुटान ,म्यानमार,अमेरिका लगायतका देशहरूमा व्यापक रूपमा लेखिदै आएको छ।
निश्कर्शमा-: साहित्य सिर्जना गर्नु भनेको आफैमा सम्मानित र प्रतिष्ठित क्षेत्र हो।संसारका प्रिय बस्तु सुन्दर र रमणीय बनायो त त्यो साहित्य सिर्जनाले बनायो ।बिश्व साहित्यमा हरेक बिधाहरुको आ आफ्नै पहिचान ,स्व अस्तित्व छ।हरेकको रंग,अर्थ छ।अर्थ रंग हुनुको मौलिक तथा भौगोलिक सम्मानित कारणहरु छ्न।रुवाई साहित्यमा पनि त्यस्तै एउटा बिधा हो ।आज रुवाईको आफ्नै ईतिहास छ सिद्धांत छ।प्रमाण छ।जगत जिवन्तता र हार्दिकता छ।त्यसैका आधारमा नेपाली साहित्य फस्टाएको छ। रुवाईलाइ प्रमाण सहित प्रेम सहित गर्व सहित बोध सहित रुवाईलाइ रुवाई भनेर सिर्जना गर्नु राम्रो पक्ष हो।तर यहाँ यताकता नजान्ने नबुझ्नेहरुले रुवाईलाइ मुक्तक भनेर भनिरहेको पनि पाइन्छ । अस्तु!
रुवाई
मन मेरो भन्नु त यति एउटा न हो
तन मेरो भन्नु त यति एउटा न हो
एउटा भएको मुटु पनि टुक्रयाउॅ भन्छौं
झन् मेरो भन्नु त यति एउटा न हो "
************************************
♥ राजकुमार खडका
शनि अर्जुन, झापा।
Post a Comment