October 2015

लघुकथा
 मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर्छ । यस्तैमा एक दिन उसको बाबु सिकिस्तै बिरामी हुन्छ अनि नजिकैको क्लिनिकमा लगेर देखाउँछ । केहि बेरको चेक जाँच पछि छाती र नाडी छाम्दै डक्टरले मुन्टो दायाँ बायाँ हल्लाउँछ र गएर आफ्नै काममा ब्यस्त रहन्छ । केहि घण्टाको आराम पछि डक्टर मानेको छेउमा आएर भन्छ-- "मैले त पहिले नै इशाराले भनि सकेकै हो नि केहि भाको छैन चाढै जाति हुन्छ भनेर" । बढदो रिण र आवश्यक्ता पुरा गर्न ऊ पनि बुढा बुबा-आमा छोडेर खाडि पस्छ, भाको झुप्रो घर पनि बन्दक राखेर । थोर बहुत कमाएर रिण तिर्छ । रिण तिरी नसक्दै माने गाउँमा मनुमा परिणत भइसकेको हुन्छ । यस्तैमा दशैंको छेउमा बुबा बिरामीको खबर पाइ केहि पैसा जम्मा गरी घर फर्कन्छ । पहिलेको सानो क्लिनिक भब्य भइ सकेको अनि डाक्टर पनि नामी । सबैको सल्लाह बमोजिम त्यँहि लैजान्छन् । एसो चेक जाँच गरे पछि पहिले झै छाती, नाडी छामी मुन्टो दायाँ बायाँ हल्लाउँछ । मनुको खुसीको सिमा रहदैन किनकी डाक्टर उहि इशारा उहि । बुबा जाती हुनु हुने भयो भनेर राम्ररी कल्पनामा डुब्न नपाउँदै बुबाको प्राण पखेरु  उडी सकेको हुन्छ । उ रुन मात्र के लागेको थियो तुरुन्त डाक्टर आएर नाडी छाम्दै-- "मैले त पहिले हेर्ने बित्तिकै इशाराले भनिसकेको थिएँ नि काम लाग्दैन भनेर" । बिचरा मनु एकै इशाराको यति फरक दुइ अर्थ सम्झेर छक्क परिरहन्छ।

(पहिलो लघुकथा)

♥ फणिन्द्र गिरी "शान्त"
चम्पापुर, झापा। 

कथा

म सुनौला सुन्तला र धान फल्ने तर रुन्चे वेहुली वोक्ने डाली जस्तो यस गाउँमा के सुनिरहेँछु ? विचित्रवाणी गाउँमा नभअ‍ेका कुरा । म के देखिरहेछु ? उसको ढङ्ग नभअ‍ेको वाङ्मुखे लोग्नेले वनाएको वाङ्गो घरको छाना उदाङ्ग भअ‍ेको छ र अकाससित मितेरी लाइरहेको छ । म देख्छु– टाट्नो शून्य छ र दाउराका हार छैनन् । कस्तो शून्य ! पहेँलो चोलो लगाउने विचित्रवाणीको त्यो घर फुस्रो, निन्याउरो, फुङ्ग ! के म सम्झिन्न ? यहाँ लुकी–लुकी आउने ठिटाको धुइरो लाग्दथ्यो, यहाँ गफमण्डली मजाले जम्दथ्यो । ओहो ! यो कसैले अ‍ेक दशक खेलेको थलो पो हो ! उजाड थलो ।
अहिले मेरा आँखा रसाअ‍े–रसाअ‍ेनन् म भन्न सक्तिनँ । यस्ता विरक्तलाग्दा दुई–चार अरू पनि त कुरा छन् नि ! ढुङ्गाना साहूको मृत्यु भयो, अनिकालले चिम्से कमिनीको दुरावस्था भअ‍ेको छ र भारतीय रुपियाँको अवमूल्यनले गाउँलेको घर–घरको मेसो र चालामा फेरफार छ । मलाई लाग्छ– पक्का पनि यो विचित्रवाणीको अभाव आर्थिक कारणले नै होला । यसैले अ‍ेकदम भर्खरको (आफ्नो निम्ति) तन्देरी मेरा आँखामा राती निन्द्र आउँदैन । मलाई उसका अभावले आफ्नो ठाउँको मुख्य माल हराअ‍े झैं भअ‍ेको छ, फोकैफोकाले मानौं आकास भरिअ‍ेको छ– तिरिमिरि !
गाउँमा उसका कुरा हुन्छन्, ‘मान्छे विचित्र–विचित्र नै थिई जस्तो नाम उस्तै काम ! (अ‍ेउटा गरिवका घरमा आई, अँध्यारो पारेर गई !)’
खास गरी ग्रामीण धनी–महाजनका स्वास्नी, मुखिनी र पण्डितिनी वज्यैका कुराहरूले मलाई वेचैनी र उत्तेजित गराअ‍ेको छ । के कुनै नारीलाई राम्री भअ‍ेर वाहुनको कोखमा जन्मिने हक छैन ? के प्रत्येक रमाइलो पदार्थ ‘दृश्य’ होइन र दृश्यले आफ्नो प्रदर्शन नगरेर हुन्छ र ?
मलाई विचित्रवाणीको अनुहार झल्झल्ती संझना छ । ससुराका पालादेखि कमाइ आअ‍ेको खेत उसले पनि कमाअ‍ेको थियो । ऊ अ‍ेक दिउँसो आँगनको तगारावाट अप्सरा जस्तै छिरी र दलानमा वसी । मैले उदेकिँदै सोधेँ, ‘चिनिनँ मैले त ? को ?’
“तपाईले चिन्नुभअ‍ेन होला, म गैराघरकी हुँ– कालुपाध्येकी नातिनी वुहारी !”
म अकासवाट पाताल झरेँ । मलाई पत्यार लागेन– नेपालमा यस्तो सुन्दरता हुन्छ भनेर र मलाई महान् उदेक लाग्यो– यो गाउँमा यस्ती परी भअ‍ेको देखेर ! तत्कालै मेरो मनमा पाप उव्जियो– के वाङमुखेकी स्वास्नी हो यो ? छि ! अन्याय र अधर्म भनेको यही हो !”
मैले उसलाई वडो आदरसाथ भनेँ– “भाउजू, यस गाउँको जन्म मात्र मेरो भने हुन्छ, हुर्केँ अरूतिरै । तपाईँलाई चिनिनँ । खेत रोपेको छ होइन त मेरो ?”
“हो, त्यसैले त कुत घटाइ मागुँ भनेर पो आअ‍ेकी म त !” उसले यति भन्दा हुने घाटाले मेरो चेहरामा अँध्यारो फाल्यो । म अँध्यारिअ‍ेँ र त्यो उसको चेहरामा पनि मैले छरि दिअ‍ेँ ।
ऊ गअ‍ेपछि मलाई राति खटपटी भयो । “मेरो जेथा मेरो शत्रु हो । जे–जति छ, म यसको फन्दामा अ‍ेकदमै उँभो उठ्तिनँ ।” भावुकताले जितवाजी गरेको थिअ‍ेन । आखिर मङ्सिरमा उसको कुत घटाअ‍ेर वुझाउने नै निधो निकाली । खेतमा झगडा भयो । उसले थै–थै पारेको नचाअ‍ेको र सुर्याअ‍ेको वाङ्मुखे उफ्रियो र मलाई भन्न लाग्यो– “वनारस गअ‍ेर पढेका जान्ने–वुझ्ने अरे । फेरि पत्रिकामा भने ‘सामन्तीले ठगे’ भन्ने ! कता छ किताप पल्टाऊ !”
म चाहिँ ‘अरे’ कुरा वुझ पचाइ गरेको कागज मोहीपत्रको मात्र कुरो गर्न थालेँ । विचित्रवाणीले मुद्दा यसरी छिनी, तपाईँ खेतमालिक हामी खेती रखवाला– वरावर हक छ, वरावर वाँडौं !” उसले मेरी श्रीमती र छोराछोरीको चर्चा गर्दै उसको अ‍ेउटा छोरो देखाई र भनी– “हेर्नोस् त यो कस्तो छ ?”
मान्छे विचित्र नै थिई ऊ । यो साह्रै पछाडि परेको गाउँभित्र पनि कुरा जान्ने उज्यालो थिई ऊ । मलाई हारले र घाटाले रिस त उठ्यो, तर उसका तर्क र प्रमाणले तत्कालीन आफैंले चलाअ‍ेको हावाले समेत मन मान्यो र अर्को वर्षदेखिलाई पनि अधियाँको तय भयो । मैले आफ्ना अरू खेतमा पनि यही प्रथा चलाउन वाध्य हुनुपर्यो र किसानको अँधिया मागको समर्थक र प्रचारक पनि भअ‍ेँ ।
यो त उसको र मेरो अ‍ेक किसिमको सामाजिक नाता थियो । ममा उसलाई जान्ने कुत्कुती वढी नै रह्यो र उस विषयको सम्पूर्ण जानकारी श्रीमतीवाट भयो । उसको माइत भोजपुर दलगाउँ र उसको मामल सिस्नेरी । उसका मामा जागिरे भअ‍ेकोले ऊ धेरै दिन भोजपुरमा वसी । उसको उमेर साह्रै धेर नभअ‍े पनि दुर्भाग्यले गर्दा उसले पेट वोकी । हल्ला त धेरै ! भन्न नहुने, जे भअ‍े पनि मामाका साथी दुर्गाप्रसाद वाजे भअ‍ेकाले म मद्दत गर्छु भनी आफ्नो वाङ्मुखेको लागि भाग्य !– श्रीकृष्ण जस्तो छोरो पायो । वाङ्मुखेका भोजपुरमा नै वुढामामली भअ‍ेकाले चैनपुरे उसका निम्ति यो कुरा सरक्क संभव भयो ।
मैले संझेँ– वाङ्मुखे एकपल्ट दुर्भाग्यवश खोलापारि वनमा घाँस काट्न जाँदा भिरवाट खँदारिएको थियो र मुखवाङ्गो भअ‍ेको थियो । ऊ काम त गर्ने, तर साधारण वुद्धि र ढङ्गको गरिव मान्छे थियो । –आश्चर्य ! व्यवहार कसरी चल्ला !”)
श्रीमतीले वताइन्– यो एकदमै अनौठो कुरो छ यहाँ ! रूप उसको विचित्र छ र वोली यति मिठो छ– गाउँमा ऊ जस्तो कोही छैन ।
विचित्रवाणी ! विचित्रवाणी ! विचित्रवाणी ! मेरो दिमागमा टाइप भयो, शिलालेख भयो । मेरो अन्तस्तलमा एक विउ रोपियो, घाम लाग्यो, हावा लाग्यो, पानी पर्यो, उज्यालो र अँध्यारो सव मिसियो र आँकुरा पलायोः विचित्रवाणी गाउँमा अप्सराको औतार ! विचित्रवाणी एक परी ! विचित्रवाणी मिठा वोलीहरूकी खानी !
खुल्दुलीले मलाई अगाडि वढायो । गाउँ डुल्न जाँदा म उसका घरतिर जान थालेँ (पैतालाहरू यसरी कतै लाग्दारहेछन् !) ऊ आउने मान्छेलाई पिँढीमा वस्न पिरा दिन्थी । ऊ कहिले रुमालमा वुट्टा हान्थी र ओठ वङ्ग्याउँदै नाकमा स्याँकको आवाज दिँदै कुरा सुन्ने गर्थी र आवश्यक कुरा गर्थी । उसका छाती चेस्टरका अभावमा उति नकसिए तापनि पहेँला चोलामा आकर्षक देखिन्थे । आँखामा सायद थोरै गाजल पनि हुन्थ्यो र तीर छुट्न तयार धनुष्वाण लाग्थे । (ति ! काव्यकी नायिका !) आवश्यक शारीरिक अग्लाइ कपाल थोरै लामो र गोपुच्छाकार लाग्थ्यो । प्राय रातो सारी लगाएको हुन्थ्यो (विचित्र छवि !) सिम्रिक गोलाकार लगाएको हुन्थ्यो र गोधूलिको आकाशको भान पर्थ्यो । सवैभन्दा वढी सव तारिफ गर्थे उसका मोटा जिउको र मोटो नाकमा चट्ट परेको टम्म मिल्न खोजेको वुलाकी सुहाअ‍ेको कुरा । ऊ तन्देरी केटाहरूसित धनीहरूको निन्दामा भन्थी– “मलाई धनीहरूको कुरा सुन्न मन लाग्दैन । वडा ठग, धूर्त, चपरचन्ड र वेइमानी हुन्छन् । यसैले मैले वावुलाई भनेँ– “गरिवकै घरमा गुजारा गर्छु ।” (उसका सम्मुख कसैले पनि वाङ्मुखेका निन्दा वा स्तुतिमा कुरा गर्दैनथियो !) रूपवतीको गाउँमा चर्चा हुन्छ र आइमाइरू निन्दा गर्छन् । त्यस्ताको जवाफमा तगडासँग ऊ भन्थी– “अहो ! यहाँका कुवाका व्याङ आइमाई जस्तो संसारमा कोही छैनन् होला ! कसैको इज्जतको ख्याल नराखी जे पायो उही भन्दछन् । म यस गाउँका घर–घरका भेद वताउन सक्छु । को साँच्चो पतिव्रता छ, को कति धर्मकर्म गर्दछ, को कति जाँगरिलो छ !– रातभरि धामी नचाउने धामीका स्वास्नीहरू !
ऊ तन्देरीहरूको साह्रै राम्ररी कदर गर्थी । म उमाथि लट्टू भइसकेको थिअ‍ेँ, तर अ‍ेउटा यस्तो ढोका विचमा थियो– अ‍ेक दिन उघ्रियो । म मङ्सिरको वेला, एक दिनको टाढाका खेतवाट ज्यालामा धान वोकी ल्याउने खेताला खोज्न गाउँमा राती घुम्दै जाँदा विचित्रवाणीका घरतिर पनि पुगेँ । मेरो सानाको वलियो शत्रु भीमप्रसाद भित्र वसिरहेको रहेछ । ऊ मुखियाको छोरो, जमिन्दारको छोरो । अ‍ेक दिन उसले वनमा गाई हेर्न जाँदा पाखामा मलाई वेस्मारी कुटेको थियो । कारण थियो उसकी घरकी तरुनी नोकर्नी (जो ऊभन्दा वढी उमेरकी थिई) लाई वलजवर्जस्ती प्रेममा फँसाउने उसको सुरमा म त्यहाँ पुगेँ । मलाई तत्काल सम्झना भयो– म उससित साटो फेर्न चाहन्थेँ र पढेँ पनि ।
मलाई मानवको वेहोस्ताअन्सार तिनीहरूको चरित्र हेर्न मन भयो । विचित्रवाणीप्रति हुनसम्म रिस उठिरहेको थियो । मलाई वाङ्मुखेको औधी मायाँ लाग्यो । रूपका लोभमा यो अँध्यारा जीवनमा गुज्रिरहेछ– वत्तीमा होम्मिअ‍ेको छ पुतली झैं । भार्या रूपवती शत्रु, यसलाई पटक्कै सुझ्दैन ! (कस्तो हुन्छ त जीवन विना सुरक्षा र पत्यारको !) उसदिन कसरी स्वास्नीको माइक भअ‍ेर मसित उर्लेको थियो । वाङ्मुखे कुनै गाउँमा घुम्न गअ‍ेको हुनाले उसलाई थाहा छैन उसको पिठ्यूँपट्टि उसलाई कतिओटा तरि फ्याँकिदैछ – चेतनाविहीन ! म ? ढुक्क लुकेर वसेँ । मासु पकाएको वास्ना आयो र रोटी पनि पाक्यो (लाग्यो रोटी सुनौला हुनुपर्छ !) मेरो पुम्स्त्व उत्तेजित भयो, डुगडुग काम पनि छुट्यो र मैले आफूलाई आफैँमा आहूति दिअ‍ेँ अनि आधारात घर फर्किअ‍ेँ ।
जे होस्, हृदय सज्जन जस्तो चिज हो, जसले त्यस दिनको कुरा विर्सियो । आखिर गाउँमा वसुन्जेल, वेकारमा दिन विताउन्जेल भनेर विचित्रवाणीका पिँढीलाई मैले सजाअ‍ेँ ।
गाउँका केटाको आशय थियो– विचित्रवाणी अ‍ेउटा ठुलो प्राप्ति हो, जसलाई प्रत्येक तन्देरी सदुपयोग गर्न चाहन्छ ।
निस्स्यै नै उसवारेका संझना धेरै छन् । ऊ दाउराका हार लगाइरहेकी हुन्थी । (पटक्कै काम नगर्ने ऊ कहाँ थी र ?) उसको दाउरा विछ्याउने काममा अ‍ेउटा राम्रो कला थियो, फेरि उसको लोग्नेको घर थियो नि ! ऊ राम्री थिई र उसको लोग्ने वाङ्मुखे थियो ।
कहिलेकाहीँ ऊ काखीमा वाख्रालाई तितेपातीको घाँस च्यापेर आअ‍ेकी हुन्थी । ऊ दोस्थी आफ्नो कर्मलाई र वाङ्मुखेका अकर्मण्यतालाई धिक्कार्थी । ऊ माइतका कहिले गुणगान र कहिले साधारण निन्दामा पनि मसित हुने समय कटाउँथी । उसमा र ममा अ‍ेउटा महान् साँध थियो । मैले त्यही वुझेँ, जो म थिअ‍ेँ । म उसको तरुनीपनको साथै नारीपनको नमुना भेट्टाउन झैंमा मुग्ध थिअ‍ेँ । म भावावेशमा भअ‍े पनि दविन्थेँ । उससितका वासनात्मक उत्सुकता त्यसै दव्थे । म त्यति समय उससित गुजार्न असमर्थ हुन्थेँ, जति मलाई फुर्सत हुन्थ्यो । दुस्चरित्रको अ‍ेउटा ‘भयाक्रमण’ ममा व्याप्त थियो र ‘कर्तव्यनिष्ठता’को पगरी सायद स्वयंले गुतेको थिअ‍ेँ । म पनि उसवाट पाउँथेँ– नारीवाट पुरुषमा खोज्ने गुण जाँच्ने उसको शक्ति । अ‍ेउटा रेखाङ्कन भयो । कुरो कति गजवको थियो– ऊ आफ्ना वालक कालका कुरा सुनाउँथी, गाउँका तिता अनुभव भन्थी । प्रायः म देशको वर्णन र युगीन प्रवृत्ति उसलाई सुनाउँथेँ । मलाई नलागेको होइन– म यसलाई वाङ्मुखेवाट निवृत्त पार्न खोजिरहेको त छैनँ ? (आखिर यहाँ के भयो र ?)
समय वित्दा देशमा अ‍ेउटा ठुलो परिवर्तन आयो र म जागिरदार भई हिडेँ ।
आफ्नो गाउँको हालचाल मलाई थाहा भइरहन्थ्यो । (अ‍ेउटा लामो धागो म, जसको फेद गाउँसित छ र जसले चुँडिनुहुन्न !) म १÷२ पल्ट गाउँ गअ‍ेँ पनि । यस समयमा मलाई थाहा हुन्थ्यो, वाङ्मुखे गाउँलेसित आछाम पनि जान्छ र वर्ष दिनमा नगण्य रुपियाँ कमाअ‍ेर ल्याउँछ । गाउँमा वस्दा खेती गर्छ । त्यस घरमा अ‍ेउटा साविक क्रम चलिरहन्छ ।
मैले विचित्रवाणीलाई विहिवारे हाटमा भेटेँ । उसका ३ सन्तान भअ‍ेछन्, जसमा पहिलो मात्र जीवित हुन सक्यो र पनि उसको वोलचाल र आत्मविश्वासमा मैले कमी देखिनँ । गाउँमा गुनासो यस्तै – ऊ वसी–वसी खान्छे, लोग्नेलाई दुःख दिन्छे । मेला–पर्म जान्न ‘रूपले पालिअ‍ेकी’ यस्तै नै थियो र मैले वाटो हिँड्दा देखेँ– वाङ्मुखे टाँकीको घाँस झारिरहेछ र विचित्रवाणी वटुलि रहिछ । मलाई थाहा भयो ऊ लोग्नेसँग खुप कचकच गर्छे ।
मैले आश्चर्यको अनुभव गरेँ र म सहरिया वुद्धिजीवीको ‘नैराश्य’को सत्ता स्वीकार गरिरहेको थिअ‍ेँ । कति अचम्मको कुरा हो– मैले निर्णय नै गरेँ– जीवन उकुसमुकुस हो, जीवन भिडभित्रको खेल हो, जीवन प्रदर्शनी हो । विचित्रवाणीको समय कसरी गुज्रिरहेछ र वाङ्मुखे मरेको पौरुषतामा कसरी निर्वाह गरिरहेछ ! (परन्तु यस विषयको मेरो चिन्तनाले नै यहाँ के हुन्छ र !)
कुरो यो साँचो हो– दुर्भाग्यवश यस गाउँमा लगातार ४÷५ वर्षदेखि नै अनिकाल चम्किरहेछ र वजार अपार महँगो छ । हुन्डरीले वन–वगैँचा केही राख्तैन र पातपतिङ्गर फुल सव उडाउँछ ।
‘सौगात’

♥ चुडामणि रेग्मी, झापा।
मेची क्याम्पस (प्राध्यापक)

गजल
 
हेरेर तिम्रो तस्बीर मुस्कुराउन खोजिएछ।
बोकेर मनमा पिर मुस्कुराउन खोजिएछ।
:
भक्कानिन्छ मन त्यसै अनेक बाहनामा यहाँ 
तोडेर पनि त जन्जिर मुस्कुराउन खोजिएछ।
:
हास्ने हरु मात्रै खुशी देखिदैनन् अचले कतै
रोएर भएनी आखिर मुस्कुराउन खोजिएछ।
:
सिन्दुर पोते र चुरालाई सौभाग्य ठान्दा ठान्दै
देखेर त्यो रातो अविर मुस्कुराउन खोजिएछ ।
:
हिमाल देखेर खुब टोलाइ रहन्छु अचेल म पनि
बनेर सधैं सधैं स्थिर मुस्कुराउन खोजिएछ।


♥ भिजन गुरागाई
शिवसताक्षी 1 झापा

गीत

धेरै थोरै सुख दुख पोख्न मन लाग्छ।
कुनै बेला कति कुरा सोध्नै मन लाग्छ।
थाहा छैन कहाँ होला तिम्रो त्यो ठेगाना।
कति प्रश्न कति उत्तर सोध्ने दिने गर्थ्यौँ।
थाहै बिना छोडी गयौ लिला सँगै अल्प्यौ।
मिल्ने भए लिनै आउँथे तिम्रै ठेगानामा।
छाल सँगै टोलाएर जून अस्ताई दिन्छ।
शून्यताले सँधै मलाई यसै झस्काई दिन्छ।
मिलन् कुर्दै पर्खि रहेछु तिम्रो त्यो ठेगाना।

♥ हेमकुमार लावती, झापा। 

मैले चिनेकी राधिका राया दिदीको समालोचनाको पाटो


नेपाली साहित्यको इतिहासमा समालोचनाको छुट्टै अस्तित्व रहको छ । सैदान्तिक समालोचना र प्रायोगिक समालोचनाको पनि आ आफ्नै वैशिष्ट्य छन् । समालोचनाले उत्कृष्ट क्षमतालाई प्रदर्शन गर्दछ, यसले बस्तुनिष्ठता, प्रमाणिकता र सत्यनिकटता प्दान गर्दछ । यो कुने साहित्यिक कृति, कृतिकार, साहित्यको इतिहास, विभिनन चरणहरु, मान्यताहरु, भाषा, ब्याकरण आदिमा तर्कबद्ध र विधिसंगत रुपमा गरिन्छ । यो कार्यले ओझेलमा परेका ब्यक्ति र कृति, कृतिकार, साहित्यको इतिहास, विभिन्न चरणहरु, मान्यताहरु,भााषा, ब्याकरण आदिमा तर्कबद्ध र विधिसंगत रुपमा गरिन्छ । यो कार्यले ओझेलमा परेका ब्यक्ति र कृतिलाई प्रकाशमा ल्याउँछ । यसै क्रममा राधिका रायाको परिचय झापाली भुमिमा र सिङ्गो नेपाली साहित्यमा दिइरहनु पर्दैन । राधिका दिदीको परिचय वा ब्यक्तित्वतीर नअल्मलीकन सोझै राधिका दिदीको समालोचक ब्यक्तित्वको पाटोतीर प्रवेश गर्छु । राधिका दिदीसँग मेरो परिचय भएको धेरै वर्ष भएको थिएन मैले नाम सुनेको तर भेट नभएको ब्यक्तित्व हुनुहुन्थ्यो दिदी । जब मैले दिदीसँग भेटे, दिदीको शरीर बृद्ध थियो । मैले वहाँका कथा, कविता, नाटक, एकाङ्की, निबन्ध चाहि पढेँ तर मैले सँधै समालोचकका रुपमा दिदीलाई पाएँ । राधिका दिदीसँग ज–जसका विषयमा विशेष गरी साहित्यकार र साहित्यिक कृतिको बारेमा कुराकानी भयो सँधै खोजमुलक र शोधमुलक हुन्थ्यो । साहित्यकारको व्यक्तित्व र कृतित्वमा लामो अनुसन्धान गरेजस्तो वा निक्कै मेहनतसाथ विद्यार्थीले गरेको शोध जस्तो लाग्थ्यो कुरा गराई । म विस्तारै स्नातकोत्तर तहको शोधार्थी भएपछि मात्र मैले शोधखोज परक समालोचना के रहेछ भनेर थाहा पाएँ ।
राधिका दिदीका कृति मध्ये आत्मकथ्यः “विविध मा संगालिएका केही समीक्षा रहेका छन् । यो पुस्तक जुही प्रकाशन माला ५२ मा दोस्रो पटक प्रकाशन भएको हो । यसका अतिरिक्र राधिका रायाका रचना भन्ने जुही प्रकाशनमाला ४० मा केही रचना, ब्यक्तित्व चर्चा र समीक्षाहरु संग्रहित छन् । यी दुई कृति बाहेक अन्य विभिन्न जुही का अंक लगायत विभिनन पुस्तकमा राधिका राया दिदीको समालोचना प्रकाशित नभएका होइनन् । यहाँ माथि उल्लेखित २ वटा पुस्तकमा संग्रहित ब्यक्तित्व र कृतिका समीक्षामा प्रवेश गर्न चाहन्छु ।
क) आत्मकथ्य विविध भन्ने राधिका दिदीको पुस्तकमा निम्न लिििखत ब्यक्ति र ब्यक्तित्वको समीक्षा रहेका छन् ।
१.  टिकाराम शर्माः अतितदेखि वर्तमान सम्मका सम्झना
२.  धर्मशिला खड्का( श्रीमती राई) ः मेरी वाल्य सखी
३.  मेरा पूज्य गुरु धरणीधर शर्मा
४.  कवि अगमसिंह गिरीलाई सम्झँदा (क) र (ख)
५.  पूज्य गुरु स्वामी प्रबुदधानन्दमा अटुट श्रद्धाञ्जली
६.  मान सम्पादक भवानी घिमिरेको सम्झनामा दुई शब्द
७.  केही स्मृति कवि घिमिरेज्यू प्रति
८.  तिम्रा अक्षरहरुको आयामभित्र कलाको मन्दिर त्यो.....
९.  श्याम प्रसाद शर्मा
१०.  भारतीकालिन श्यमकृष्ण श्रेष्ठको सम्झना
११.  दिदी हजुर देवकुमारी थापाः पुरानो र नयाँ पानाभित्र
यसै पुस्तकमा निम्नानुसार कृतिका समीक्षा रहेका छन् ।
१.  वालवालिका प्रिय लेखक श्यामप्रसाद
२.  कथाकार श्यामकृष्ण श्रेष्ठको स्वप्नभङ्ग
३.  कोमल प्रसाद  पोख्रेलको हाउडी पुराणः एक परिचय
४.  सरोज वलीको तम्मर नदीका धुनःएक परिचय
५.  भक्त बहादुर नेपालीको आजको चिन्तनको परिचयात्मक समीक्षा
६.  कथाकार माधव भँडारीज्यूको “एउटा सम्झनाको वेगमा” कथा 
७.  रोहिणी विलास लुइटेलको “अपराजेय कटाक्ष” भित्र हेर्दा
८.  वाल उपन्यासकार कपिल लामिछानेको दुई वाल उपन्यास
९.  डा. हृषीकेश उपाध्याय धनका डायरी कथाभित्र 
१०.  रोहिणी विलास लुइटेलका तीन कथाहरु एक दृष्टि
११.  पूर्वाञ्चलको यात्रा साहित्य
१२.  झापाका साहित्यिक नारी प्रतिभाहरु
१३.  धरावासीको बह्मपुत्रको पानी कथा एक दृष्टि
१४.  “तिब्बतका दशदिन” भित्र
१५.  पचास वर्ष अघिको दार्जिलिङको साहित्यिक परिवेश
यस्तै गरेर “राधिका रायाका रचना” भन्ने जुही माला ४० मा राधिका रायाका निबन्ध, ब्यक्तित्व चर्चा, समीक्षा, कविता, कथा, एकांकी र केही मन्तब्य र अन्तरवार्ताहरु समावेश भएका छन् ।
यस पुस्तकमा संग्रह गरिएका ब्यक्तित्व चर्चा र समीक्षाको नामाङ्कन यसरी गरिएको छ ।
ब्यक्तित्व चर्चा
१.  मेरो आाखामा राम्रो रचना रहने कृष्ण प्रसाद पराजुली
२.  मैले चिनेका कवि उपेन्द्र पागल
३.  मेरा पूज्य गुरु पारसमणी प्रधानको सम्झना
४.  मेरा परिचित दाजु एस. एल. शर्मा
५.  जयकला आचार्यको सम्झनामा
समीक्षा
१.  डा. नरेन्द्र चापागाँइका रचनामा एक दृष्टि
२.  डा. नरेन्द्र चापागाँइका दुई यात्रा सस्मरणात्मक निबन्ध
३.  “युगका पदचापहरु” भित्र डुबुल्की मार्दा
४.  कथाकार हरिहर खनालको देशभित्र देश खोज्दै कथाबारे एक दृष्टि
५.  प्रगतिशील साहितयकार के.पी. ढकाल
६.  सत्य अन्वेषक एक सफल साधकको रुपमा विश्व शाक्य
७.  निबन्धकार उपेन्द्र पागलज्यूका दुई घुमिल छायामा एक अध्ययन
८.  मैले चिनेको रामलाल अधिकारी
९.  मेरा विचारमा “आँखा र मनका पाइलाहरु”
१०.  झर्रा सुसेली र झटाराहरुबारे एक बिचार
११.  उजेली उजेलीहरु कथा संग्रहभित्र
यसरी विभिन्न पत्र पत्रिका प्रकाशन साहित्यिक विशेष अंकहरुमा राधिका दिदीका प्रकाशित भएका समीक्षा र समालोचनालाई संग्रहित गरेका दुई पुस्तकबाट मैले यति शीर्षकहरु छानेको हुँ । यहाँ प्रस्तुत सबै शीर्षकहरु साहित्यकार ब्यक्तित्व र साहित्यिक कृति वा विधासँग सम्बन्धित रहेका छन् । ब्यक्ति चर्चा गर्दा राधिका दिदलिे नेपालका केन्द्रिय प्रतिभा समालोचक वा वरिष्ठ साहितयकार हरुको देखि लिएर भारतका र स्थानीय प्रतिभाहरुलाई समेत स्थान दिनुभएको छ । डा. नरेन्द्र चापागाँई, कृष्ण प्रसाद पराजुली, पारसमणी प्रधान, चुडामणी रेग्मी लगायतका केन्द्रिय प्रतिभाको चर्चा गर्न राधिका दिदी पछि पर्नु भएको छैन् ।
कृति चर्चा गर्दा कविता, कथा, सिङ्गो कृति, नाटक, समालोचना आदिलाई आधार बनाएर गरेको देखिन्छ ।
यसरी दिद िराधिका रायासँग मैले लामो समय सम्म साथ र सँगत गर्न त पाइन । उमेरले पनि म धेरै सानो भएर होला साहित्य, रचना, कृति र समालोचना बुझ्न खोज्दा खोज्दै दिदी थला पर्नु भयो । राधिका दिदीको एउटा प्रसँग यहाँ उल्लेख गर्न चाहन्छु । एक दिन कुनै भद्रपुरका स्थानीय ब्यक्तिको देवहासनको कुरा सुनी सम्बन्धित घरमा म पुग्दा त्यहाँ धेरै मानिसहरुको जमघट थियो । बाठमाण्डौवाट शव ल्याइदे थियो । घरका श्रीमती, छोराछोरी र आफन्तको शोकले हामी शुभचिन्तक सबै स्तब्ध भएका थियौ । राधिका दिदी र कृष्ण क्षेत्री दिदी रक्सिामा त्यहाँ आइपुग्नु भयो । एकछिनमा शव ल्याइयो । शव को छेउमा राधिका दिदी उभिनु भएको थियो । स्तब्ध भएकी दिदीलाई मानिसको भीडभाडले लडाउला भनी मैले बृद्ध राधिका दिदीलाई हातमा समाते अनि “अलि पर जाऔं दिदी, हजुरलाई लडाउलान की” भनेँ तर दिदीले “तिमी जस्तो म त्यस्तै” भन्ने जवाफ दिनु भयो । म अचम्ममा परेँ । यस्तो बृद्ध शरीर काँपीरहेका हातपाउँ, सम्वेदनशील स्थान । कस्तो साहस ! कस्तो हिम्मत !

♥ लता खरेल, झापा। 

गजल


रोम नगरी बनाउने दलितलाई तालिदेऊ। छुवाछुत र अन्धविश्वास अब तिमी फालिदेऊ । लङ्कालाई सुनै सुनले तुल्याउने तिनै दलित, फाटेको छ मन उनको अब तिमी टालिदेऊ ।। उपाध्याय नै आजभोलि अन्धकारमा रुमल्याछन्, चेतनाको विगूल फुक्दै ज्ञानको ज्योति वालिदेऊ।। दलितहरु अझैपनि हिड्दा खेरी लरखराउछन्, दर्विलाछन् तिम्रा पाईला अघिपछि चालिदेऊ ।। नयाँ नेपाल निर्माणसंगै अब बन्ने संविधानमा, छुवाछुदको अन्धविश्वास संविधानले ढालिदेऊ ।।

♥ सुरेन्द्र भण्डारी, राजगढ़, झापा।
हाल - पुर्वान्चल दैनिक (सहसम्पादक)

विचार (लेख)

अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थे । अक्टोबरको सुरुवातमा अझै घामले आफ्नो प्रभुत्व देखाउन छोडेकै थिएन,फेरि यार्ड मरुभूमिको बीचमा हुदा धुलोले वातावरण कुइरीमण्डल थियो । भक्खर सम्पन्न प्रधानमन्त्री निर्वाचनले नेपाली राजनीति तातेको थियो भने यो विषय देखि बेखबर ड्राइभर दाइ कन्टेनर उतारेर पून दोहा बन्दरगाह जान हतार गर्दै थिए ।” दाइ के पि देशको प्रधानमन्त्री भएनी ।” मैले कुरो अगाडी बढाएँ । मेरो कुरोले सायद दाइलाइ छोएन क्यारे मुख लोपारे,अफिसमा फोन गरेर कन्टेनर झार्न पो अनुरोध गरे । “होइन हजुर कांग्रेस हो क्याँ हो ? के पी प्र म हुदा खुशी हुनुभएन नि ? ” मैले अझै प्रसंग छोडिन । दाइले भेस्टको बाउला उभो सुर्किदै भने ” यो निशान देख्यौ भाइ? यो जनआन्दोलन को चिनो हो । म एक ताका देशको लागि लडेको योद्धा ,आज यो लामो गाडी चलाएर परिवार पाल्दैछु । हिजो आज देश,अझ भनौ बहुला राजनीति देखि घृणा लाग्छ । ” आवेगमा थुक्क भनेर थुक्न सम्म भ्याए । खल्तिबाट लाइसन निकाल्दै भने- “म यो पार्टीको मान्छे हु । यसले मलाई खान दिन्छ । दस साल भयो मरुभूमि भाँसिएको अझै कति बस्न लेखेकोछ ललाटमा मरुभूमिमा । पहिले सुद्दी पुगेन अहिले दुख पाइयो । ” मनै अमिलो पार्दै भने, सक्दो अनुहार बिगारे दाइले । कता कता दुख लाग्यो , अलि अलि ग्लानी भयो बेकार गरेछु यो कुरा भनेर ।
त्यतिकै अर्को कन्टेनर लिएर यादब दाइ आए, उमेरले मेरो दाइ तर मलाई दाजु भनेर संवोधन गर्छन् । लवज या बानी भनेर स्विकार गर्दिन्छु दाजुको सम्बोधन । ” नमस्कार दाजु के छ ? के हुदैछ ? के पि भएछ है प्रधानमुन्तरी ? ” एउटा सवाल गरे जवाफ समेत । पून त्यो कुरा गर्न निको लागेन मलाई हो भनेर टाउको हल्लाए मात्र । ” स्याला मधेशका कुत्ताहरु फेरि दरबार पसेको समाचार अधि फेसबुकमा देखे मेरो त पारो चढी गो । ” आक्रोशले होला मुहार रातो देखियो यादव दाइको ।
“यो राजनीतिको कुरा नगर है ।” पहिले म सँग कुरा गर्ने दाइ कड्किए । ” होइन किन नगर्ने ? ” ती मधेशको नेता भन्नेहरु कुत्ता हो भारतको , सबैलाई थाहा छ भारतले हड्डी दिदा पुच्छर हल्लाउदै पारी जान्छ , आच्चे भनेर ठूलो श्वरले करायो भने चाक मुनि पुच्छर लुकाएर आउँछ । ती नेता हुन? हुँदै होइनन् । ” यादव दाइको कुरा गराइबाट मलाई निक्कै चासो लाग्यो अब कुरा गर्न । ” दाइ कुत्ता नि भन्ने अनि आन्दोलन गर्न सहयोग नि गर्ने ? ” कुरा बुझ्न प्रश्न गरे । “अरे दाजु (हामी दुई जना दुई जनालाईनै दाइ र दाजु संवोधन गर्छौ) कसले भन्यो मधेसको जन्ता आन्दोलन गर्दैछन् ? जतिले गर्दैछन् उनिहरुलाइ उल्टो पढाइएको छ । कतिले संविधान पढेको छैन, मैले अस्ति तपाइँको मोबाइलबाट सारेको संविधान पढेकोछु,जोअसली मधेसी हो उसलाई धेरै अधिकार दिएको छ , केही अपुग छन् तर जन्मिएको संविधानले केही आश बनाएकोछ । थाहा छ  कति बाध्यताले कति रहरले अनि कति प्रलोभनमा आन्दोलन गर्दैछन् ,कति मान्छे आन्दोलनमा यस्तो पनि आएको छन् रे जसलाई गाउँमा अझै सम्म हाम्ले देखेकै छैन (थिएन) । अब तपाईं भनिहाल्नुस के हो सच के छ झुठ ? ” हाउभाउले लाग्थ्यो उनी प्रत्यक्षदर्शी हुन “होइन दाइ तपाई यहाँ हुनुहुन्छ कसरी दावा गर्नु हुन्छ यी सब ? सत्य अझै बुझ्न मन लाग्यो
” हैट दाजु पनि म यहाँ छु यो देख्नु हुन्न ( मोबाइल देखाउदै) यसले मलाई दुनियाँ चक्कर लगाइ हाल्छ, यहाँ छु त म कुरा बुझ्न सक्दिन? सत्य अर्कै छ दाजु,तपाईं हामीको समझमा घुस्दैन यो बात । ” यादव दाइको कुरा सुन्न म लालयित हुँदै गए तर सुरुमा कुरा गर्ने  अर्का दाइ मर तिमीहरु भन्दै अलिक पर्तिर गएर फोनमा सायद घरमा कुरा गर्न थाले ,सोचे रुचि ,सोच आफ्नो आफ्नो । अरुको रुचि,अनि ईच्छा भित्रको कुरामा नजरअन्दाज गर्नै उचित लागेर, म यादव दाइ सँगै कुरा गर्न थाले,कुरा गर्न पनि के भन्नू,दाइको कुरा सुन्न थाले ।

हेर्नुस् दाजु यो दुनियाँमा हामी नेपालीको जस्तो आत्मीयता कहि देख्नु भएको छ ? उ त्यो मेरो कम्पनीको केरला ड्राइभर तपाईं को कम्पनीको केरला सँग किन बात गर्दैन थाहा छ ? किन कि उनिहरुमा आफ्नोपन छैन,आत्मीयता छैन । म यहाँ आए भने तपाईं सँग बात गरेर मात्र जान्छु,यिनुहरु गर्छ यसो ? मरेनी गर्दैन । हामीलाइ मुलुक कहाँ भनेर सोध्दा छाती फुलाएर नेपाल भन्छौ , यी डाकाहरु भारत भन्छ? यी डाकाहरु आज मेरो देश बाँड्न खोज्ने ?नेता भनाउदा उनिहरुकै साथ दिने? यी डाका प्रान्त प्रान्तको नाम लिन्छ हामी एक देश नेपाल भन्छौ । हामी यो दुनियाँ को रंगीन फुलबारीको फूल हौ,आँखा बलेकोछ भारतको । मैले दशै खर्च भनेर पठाएको पैसा अझै घरकाले पाएको छैन,सबै बजार बन्द छन् , छोरा छोरी स्कुल जान पाएको छैन । घरबाट निस्किन पनि कठिन हुदैछ । मधेशकै जनता आजित छन् बन्दले । हजुरहरु उनिहरुलाई दोष दिएर जलेको घाउमा नमक छर्कने? सबैलाई अब दशै कसरी मनाउने हो त्रास छ।  संभावित महङ्गीको भार के मधेसमा नपर्ला ? अनि तपाई भन्ने मधेसले आन्दोलन गर्यो? मधेसले बाहुन मार्यो भन्ने? के मधेसी हत्यारा जस्ता छन् ?के म दुख्दा दाजु दुख्नु हुन्न ? त्यो महन्त मेरो जातभाइ के नाप्यो मेरो लागि ? म यो खाडी नहुदा मेरो परिवार भोकै पर्छ । अनि हजुरहरु मधेसीलाई गाली गर्ने ? म हिन्दुके मलाई दशै मान्न रहर नहोला? एक नेपाली हुन मधेसीपनि आखिर कहिले सोच्नु हुन्छ तपाईहरु ? ” यादव दाइले यस्तो प्रश्न गरेकी म कायल भए । म सँग जवाफ थिएन , ” मैले कहिले त्यस्तो व्यहार गरेको छ र दाइ हजुरलाइ? ” उल्टै प्रश्न गरेर उम्किन चाँहे । ” होइन दाजु हजुरले गर्नु भएन , तर अझै धेरैले गर्छन् । मेरै कम्पनीम अरु जातको नेपालीले मेरो पछाडी धोती भन्छ । त्यो बेला मेरो रगत तात्नु कि नतात्नु ? म नेपाली हुँ कति कराएर भन्नू ? ” उनको आँखा सजल भए , अघिको आक्रोश पीडामा बद्लियो । मेरो मन कुडियो । म अवाक भएँ । मेरो पनि आँखा रसाए । सुटुक्क हातले आँखा पुसे ।
” दाजु, हामीलाइ आफ्नो मान्नुस ज्यान दिन तयार छौँ ।जे भन्नुस धोती नभन्नुस । ” उनले दुई हात जोडेर भने । एक्कासि मलाई के भयो , आत्मियताले जीउ फुलेर आयो,दाइलाइ घ्याप्प अंगालो हाल्न पुगेछु । अंगालोबाट छुटेपछि हामी दुईको आँखा जुघे दुबैको आँखामा आत्मियता,भाईचारा थिए । यस्तै भाइचारा हुने हो भने सायद नेपाल स्वर्ग हुने थियो ।
यादव दाइ कन्टेनर उतारेर गए  म काममा लागे , उनको भनाइ आज सम्म जातो र्याइ र्याइ गरे जस्तो कानमा जुञ्जिरहन्छ ।

♥ निराजन प्रभात, झापा। 

कविता अस्ताएर ढलेको डाँडापारिको त्यो बुढो घामले आज सबेरै पुर्बेली क्षितिजबाट मुस्कुराउँदै छोयो मलाइ ! इतिहास निफनेर हेरें हिजै जस्तो लाग्यो क्रुरताको च्याम्बर भित्र निसास्सिन बाध्य बनाएथ्यो मलाई हिटलर बनेर कहिले र कहिले इदीअमीन बनेर काँचै खाउला गरी झम्टिन्थ्यो तर आज अचम्मको शीतलता छरेर गयो मेरा झ्यालका पर्दाहरुमा । उस्को अजीब हर्कत बाट अड्क्यौल काटीरा’थे साच्चै युग बद्लिएछ अब ! मैले माओलाई सम्झें, फेरि ग्वेभारा, लेनिन र माक्सलाई सम्झें महसुस गर्दैछु अहिले, कि युग बदल्न रगतको क्रान्ति गर्नु नपर्ने रहेछ । होइन भने पत्थरको जवाफ फूलले कसरी देला ??
♥ दिनेश मण्डु लखनपुर, झापा।

१ गजल
कति हो कति प्यार पाएँ हजुरमा। भुली यो जगत नै विलाएँ हजुरमा।
कहाँ के छु ऐले कुनै थाह छैन, म निस्की म वाटै हराएँ हजुरमा।
कतै खोट देख्ने लुकाएर आँखा, गरी जोड नै मन पराएँ हजुरमा।
यही पूर्ण मान्छे म पाउँ सधैँ नै, भनी यी नयनलाई चराएँ हजुरमा।
दिएँ पुण्य वेली उखेलेर मनको, विना मलजलै नै सराएँ हजुरमा।
म मनको घडामा कलश जोर थापी, पुजी लाख थोपा झराएँ हजुरमा।
उघारेर घुम्टो नजर भो मलाई, लजाएर आँखा तराएँ हजुरमा।
२ गजल
तनको सुख माग्दिन भो कहिल्यै। धन दौलत माग्दिन भो कहिल्यै।
मन मन्दिरमा रहनेस्थल देउ्, गहना सुन माग्दिन भो कहिल्यै।
जीवनै भरि प्यार दिए मनको, अरु क्यै गुण माग्दिन भो कहिल्यै।
अव एक पटक जननी हुन पाउँ, पुन त्यो भु्रण माग्दिन भो कहिल्यै।
३ गजल
नलेखौँ कथा यो इतिहास हुन्न। र लेखौ इजाजत पनि खास हुन्न।
भरीएर पोख्ने छ श्वेता यि पाना, नच्यातेर राख्ने कुनै आश हुन्न।
हुँदा दूरमा टाँसिने प्रेम गर्छन, अहो छेउमै छौँ मनै पास हुन्न।
छ भानू गगन्को सवै राप मेरो, मनैमा छ ज्वाला तनै लास हुन्न।
४ गजल
वहर लेख्न थालेँ कहर भो नलेख्ने। बने शव्द मेरा जहर भो नलेख्ने।
यि पाखा पखेरा अंधेरा पँधेरा, पछि हुन्छ गाउँ शहर भो नलेख्ने।
सुखानी र चेप्टी छ दाउरा र मेसो, कयौ वाध्यता छन् रहर भो नलेख्ने।
विझेका अभावले बगेको छ पाऊ, महलका सुकोमल पयर भो नलेख्ने।
न खाली भए ती डँडेल्नो र थाप्लो, अझै ती अशिक्षा ठहर भो नलेख्न।
५. गजल
कस्तो उत्सुक हुन्छ यो मन मधू तिम्रा गजल सुन्नलाई। कैले भेट्न म आउँ लौ भन मधू तिम्रा गजल सुन्नलाई।
जान्छौ घुम्न कता कता र कसरी नाता कसी फिर्दछौ, जानौँ मै पनि आफनोपन मधू तिम्रा गजल सुन्नलाई।
भाका, सूर, कला मिठो छ रचना उस्तै मिठो गायन, भन्छे रे मसुरी सुसाइ्कन मधू तिम्रा गजल सुन्नलाई।
वाहाना सजिलो छ जागिर भनी आयो लग्यो यो मन, डाक्दैथ्यो पुनः धन्कुटा सुन मधू तिम्रा गजल सुन्नलाई।
खोजी शव्द फकाउँछौ गजलमै ठुस्किएकी प्रेयसी, हाँस्दै ती अनी आउँदी हुन मधू तिम्रा गजल सुन्नलाई।
♥ खगिन्द्रा खुशी, झापा।

सत्प्रयास

जन्म देखि मृत्यु सम्म
जीवन प्रयासमा अढेको छ।
यो वृक्ष रुपी स्वरुप लिई
यो धर्तिमा गडेको छ।
प्रयास कै मल-जलले  यो
अटल बनि बढेको छ।
कहिले हार
कहिले जित
कहिले उठ्ने प्रयास त,
कहिले यो लडेको छ।
लडे पछि उठ्ने प्रयास,
उठ्ने हिड्ने प्रयास,
हिंडेर मात्र कहाँ पुग्नु
अब त दौडने प्रयास,
दौडनुको अर्थै छैन।
अझ अब उड्ने प्रयास,
उडिकन झन अब चन्द्रमै छुने प्रयास,
मनको तिर्सना मेटाउन
संघर्ष गर्ने प्रयास,
(तर अन्त्यमा)२
जीवनमा के गरियो
तर;
अब असल बनी मर्ने प्रयास,
यसरी;
प्रयासै प्रयासको त्यान्द्रोमा झुन्डिएको छ जीवन
सफलताको सिखर चुम्न
त्यो वृक्षको हाँगो झै
हुरिमा स्वतन्त्रता पूर्वक झुल्न
हारे पछि पनि जित्ने प्रयासमा छ जीवन
न की सधै जित्नुमा छ यो।
मरि-मरी बाच्ने प्रयासमा छ जीवन
न की अनर्थ मर्नुमा छ यो।
तसर्थ;
हारे पनि जित्ने प्रयास गर
मरि-मरी भए पनि बाँच्ने प्रयास
किनकी यो जीवन त प्रयासै प्रयासको झुण्ड हो
(त्यसैले त जीवन केवल 'सत्प्रयास')२ !

♥ योगीना निरौला, दमक, झापा।

गजल

हमेशा बिरोध मात्र गर्ने बानीमा असहमती छ। 
भर अभरमा  पछि सर्ने बानीमा असहमती छ। 

यो देश आज रोएको छ भाइ भाइको लडाइले,
 हेक्का नराखी मार्ने मर्ने बानीमा असहमती छ। 

कोहि नाङ्गो हुदैन अरुले नङ्ग्याएर कहिल्यै,
तथाकथित आँखा तर्ने बानीमा असहमती छ। 

माथी को छन्  कहाँ छन् बहाना धेरै नै गर्छन्,
औसत पारीको भर पर्ने बानीमा असहमति छ। 

घरमा छिन्  लक्ष्छिनकी जहान कुरा बुझे पो!,
प्राय लोग्ने जातको चर्ने बानीमा असहमति छ ।

♥ विवेक दुलाल क्षेत्री "दमक"
 दमक,झापा
हाल ; अबुधाबी ,यू ए इ .

विश्लेषण - रामनाथहरू मर्दैनन् (मनका नायकहरुबाट)



झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, उहाँहरूले अहिले पनि कसैलाई सगरमाथा बनाउनुपर्दो हो । त्यसैले उहाँहरूको कलम सत्यको निकट जान रुचाउँदैन । त्यसो त, एउटा मान्छे जब धेरै लेख्छ या त उ अरू थोकभन्दा लेखक धेरै हुन्छ, उसको व्यक्तित्व र प्रवृत्तिलाई लेखकीय स्वभावले थिच्छ । निश्चित हुन्छ, त्यो लेखक इमानदार हुन्छ । यस्तो अवस्थामा कि त उसले लेख्दैन, लेख्छ भने इमानदारीको रेखा नाघ्दै – नाघ्दैन । झापा आन्दोलनका बारेमा जतिले कलम चलाए, उनले यसैलाई उचाल्न पछार्न, यसको कुनै पाटोमा झुन्डिएको डोरीमा समातेर पिङ खेल्न चाहे । अनि कसरी सत्य र पूर्ण लेखनको परिकल्पना गर्नू र ?
झापा आन्दोलनका बारेमा विस्तृत लेखन भइदिएको भए त्यो आन्दोलन विस्तृत रूपमा उधिनिने त थियो नै, साथै झापा आन्दोलनको भाव, भूमि र जरासमेत प्रदर्शन हुन्थ्यो । झापा आन्दोलनको औचित्यमा उ�� ेका प्रश्नहरूको उत्तर पनि त त्यस्तो लेखनबाट सम्भव हुने हो । वास्तवमा, झापा आन्दोलन भनेको वीरता, अनुभव, आकाङ्क्षा, उत्तेजना, भावुकता र अरू पनि अनेक प्रसङ्गहरूको प्रवाह हो । त्यस प्रवाहमा सम्मिलित सबै तत्त्व र यथार्थहरूको तस्वीर फगत त्यस्तो लेखनले मात्र प्रदर्शन गर्न सक्छ र प्रवाहका अनेक तत्त्वहरूको गुण, गरिमा स्वभाव र प्रवृत्ति त्यस्तो लेखनले नै स्थापित गर्दछ तर झापा आन्दोलनले कुनै मेरी टाइलर पाएन । अनिल वर्वे जन्माएन । तिनका कृतिगत प्रवृतिको प्रतिनिधित्त्व र परिपूर्ति बन्दी रहर र फुटकर रचनाहरूले गर्न सकेनन् । अझै पनि समय छ, जाँगर र सीप भएको कोही लेखक भए झापा आन्दोलन यस्तो वञ्जर धर्ती हो, जो मलिलो छ, लहलहाउँदो बाली लाग्न सक्छ र उब्जाउयोग्य पट्टेर धर्ती जाँगरिलो शिल्पीको प्रतीक्षामा छ ।
वास्तवमा त्यस्तो लेखनले हिजो अन्यायमा परेकाहरूलाई न्याय दिन सक्ने थियो भने तत्काल अन्याय गर्ने साँढेहरूका टाउकोमा अहिले पनि भुङ्रो खनिन्थ्यो । तत्काल छोपिएका अनेक चित्रहरू अनगिन्ती आँखाहरू सामुन्ने हुने थिए । धुरीमात्र देखेकाहरूले जग पनि देख्ने थिए, चर पनि देख्ने थिए, जहाँबाट त्यो रहर उम्रिएको थियो सारा बगर देख्ने थिए – सबैले । जेहोस् अनौपचारिक तर मार्मिक अनगिन्ती अभरहरू कहरहरू जनसमक्ष आउने थिए । त्यस्तोमा झापा आन्दोलन जनमानसबाट केस्राकेस्रा भएर बुझिने थियो । आगामी सन्ततिलाई त्यो गतिलो उपहार पनि हुने थियो तर त्यस्तो गर्न खोइ ! कसैको जाँगर चलेन ।
प्रसङ्ग रामनाथ दाहालको हो । रामनाथ दाहाल २०२९ साल फागुन २१ गते शहादत प्राप्त गर्ने पाँच झापाली सपुतमध्धे एकको नाम हो । ती सपुतहरूको शहादतले नै झापा आन्दोलनलाई मुलुकको राजनीतिमा यति उ�� ाएको हो । वास्तवमा व्यक्ति हत्याको प्रसङ्गले झापा आन्दोलन चौतर्फी प्रश्नको घेरामा परिरहेको बेलामा ती सपूतहरूले शहादत प्राप्त गरे र मुलुक शहादतको बहसमा उत्रियो । त्यसरी बहस र छलफलका माझबाट झापा आन्दोलनले राजनीतिक मान्यता प्राप्तगर्न थाल्यो । कुनै अभियोगसम्म लाउन नसकी आफूले थुनेका मानिसहरूलाई जेल सार्ने बहानामा हतकडी लगेर डोर्याथउँदै लगेर सुखानीको जङ्गलमा हत्या गर्ने सरकारको कायरता राम्रैसँग प्रदर्शित भयो र शासकहरू राम्रैसँग नाङ्गिए । ती सपूतहरूको बगेको रगतले मुलुक ब्युँझियो र झापा आन्दोलनलाई जोसुकैले च्याउन थाले । यसका नायकहरूले पनि यस्तै ज्वार भाटा बीचबाट गम्भीर हुन सिके । सङ्कोचनबाट मुक्त हुन खोजे । अलिक परसम्म हेर्ने चेष्टा गरे । त्यसैको परिणाम हो मुलुकमा रामनाथहरूले हिँडेको बाटो निकै फराकिलो, सहज र सफा बन्यो । अँध्यारोका भक्तहरू पनि सूर्यलाई हेर्न र पूजा गर्न थाले । हो, घमाइलो दिन त त्यसको परिणाम हो जसको कारण रामनाथहरूको रगत हो यद्यपि अहिले त्यो घामको सतहमा कालो बादल लागेर घामलाई छोपेको किन नहोस् ।
झापा आन्दोलनमा कुन शहीदको कस्तो भूमिका र योगदान रह्यो ? त्यहाँ रामनाथको भूमिका के थियो ? यस्तो प्रश्नको उत्तर खोज्नु भनेको शायद ती शहीदहरूलाई अनादर गर्नु पनि हो । जो मान्छेले त्यो आन्दोलनका लगि आफुलाई बलिदान गर्योो, त्यो भन्दा �� ूलो र महत्वपूर्ण भूमिका अरू खोज्नु मूर्खता हुनेछ । वास्तवमा, दुस्मनसँग नझुकी सिद्धान्तका लागि, स्वन्त्रताका लागि, भोलिका सन्ततिका लागि, समानताका लागि, न्यायका लागि हाँसी हाँसी मृत्यु वरणगर्ने जोसुकै हुँदैनन्, थोरै हुन्छन् । अनि ती शहीद हुन्छन् । ती जनमानसका श्रीपेच हुन्छन् । त्यस्तै श्रीपेच मध्येका हुन् – रामनाथ । अरूलाई अनादर नगरी रामनाथको अतीत खोतल्दा अलिक बेग्लै हुन सक्छ । त्यो अलग पहिचान विशिष्ट पनि हुन सक्छ ।
त्यसो त, रामनाथ दाहाल केवल राजनीतिक चेत भएसम्मको मान्छेसम्म मात्र गणना गर्दा रामनाथलाई चिन्ने र बुझ्नेले समर्थन गर्दैनन् । उनले तुरुन्तै प्रतिवाद गर्छन् र भन्छन् – रामनाथमा पर्याप्त राजनीतिक चेत थियो, तर त्योभन्दा अरूकुरा पनि धेरै थियो । हो, वास्तवमा रामनाथको समाजसेवा, साहित्यिक र सांस्कृतिक चिन्तन, दूरदर्शी र उदार दृष्टिकोण, यस्ता स्वभाव र प्रवृत्तिले राजनीतिक चेत पो कहिले कहिले ओझेल जस्तो भान हुन्थ्यो, तर त्यस्तै पनि हैन । निष्कर्ष त यस्तो हो – रामनाथका अनेक क्षमताहरू उछिन पाछिन हुन्थे । तसर्थ झापा आन्दोलनका क्रममा शाहदत प्राप्तगर्नेहरूको योगदान कुनै तौलमा हेरेर घटी या बढी छ भन्न सकिँदैन नै । बलिदानभन्दा �� ूलो योगदान के खोज्ने र ? तर रामनाथको अतीत खोतलेर झापा आन्दोलनलाई नियाल्दा त फेरि पनि हिचकिचाउनु हुदैन होला ।
रमनाथसँग यस लेखकको पहिलो औपचारिक परिचय कहिले भयो ? निश्चित रूपमा मिति सम्झना भएन । त्यसको खास कारण त यस्तो थियो– अनौपचारिक रूपमा हामी दुवै परिचित थियौ । माध्यम साहित्य थियो । दुवैले एक – अर्कोका रचना पढिसकेका थियौ । अझ केही समय त यस्तो पनि रहयो, रामनाथ चिनेको पनि, तर औपचारिकतामा अलमलिएर बोलचाल नफुकाएको । यस मामलामा आफ्नै स्वभाव प्रतिकूल बनेर पनि यस लेखकले पीडा भोग्नुपरेको छ । हो, औपचारिक खोजीको समय अलिक लामै रह्यो । शायद, भद्रपुरतिर नै होला– २०२५ सालका आसपास एक दिन रामनाथ दाहाल र मैले कसिला हातहरू मिलाएर अनौपचारिकता नष्ट गरेथ्यौ ।
एस. एल. सी परीक्षा दिएर तराई झरेको अल्लारे �� िटो यस लेखकलाई शनिश्चरे बजारले आनन्द दिएको थियो । त्यस दिन शनिवार परेछ । मध्यान्नमा शनिश्चरे उत्रिदा शनिश्चरे बजार यौवनले ढकमक्क फुलेको रहेछ । शुक्रबार दिउँसोबाट शुरू भएको बजार आइतबार दिउसोसम्म लाग्दो रहेछ । सबै नयाँ मान्छे, नयाँ घर, नयाँ वातावरण, एउटा पहाडे �� िटाका लागि शनिश्चरे बजार �� ूलो शहर लागेको थियो । त्यसो त शनिश्चरे अहिले जस्तो हैन, थुप्रै मिल थिए । सिनेमा हल थियो । त्यसको माइकले बजार थर्काउँथ्यो । जिपहरू इलाम गइ रहन्थे । जिपहरू इलामबाट आइ रहन्थे । बिर्तामोड जन्मेकै थिएन । भद्रपुर – शनिश्चरे पनि जिप सेवा चल्थ्यो । पछि मात्र थाहा भयो, त्यसै दिन देखेको रहेछु रामनाथ दाहाललाई शिवप्रसाद शिवाकोटीसँग । उहाँहरू दुवैलाई देख्दा पछिसम्म सम्झना हुन्थ्यो – शनिश्चरेको कुनै चिया पसलमा ओल्लो – पल्लो बेन्चमा बसेर चिया खाने आकर्षक व्यक्तित्व भएका दुई जना नै रहेछन् रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी ।
´पञ्चामृत´को सहयात्रामा रामनाथ दाहालसँग निकट हुने मौका मिल्यो । साहित्य, संस्कृति र लेखनका बारेमा हाम्रा बीचमा धेरै छलफल चल्थे । अध्ययनका लागि किताबहरू खोजी र जोहो हाम्रा सामूहिक चिन्ता हुन्थे । नयाँ प्रकाशनहरूको तत्काल प्राप्ति र उपयुक्त प्रकाशनको चयन पनि हाम्रा छलफलका प्राथमिकतामा पर्थे । यस्तै चिन्ताबाट हामीले अनुरोध गर्‍यौ र राधाकृष्ण मैनालीले जन–ज्योति कुइनेटो नामक पसल खोल्नुभयो । त्यो पुस्तक पसलले झापामा तत्काल �� ूलो सेवा प्रदान गर्‍यो । भारतीय कम्युनिस्ट पार्टी मालेका मान्छेहरूले यहाँबाट चिनियाँ प्रकाशनका पुस्तकहरू लैजान्थे । रामनाथ दाहाल मन परेको नयाँ पुस्तक खरिद गर्नुहुन्थ्यो । पढि सकेपछि अरूलाई पढ्न दिनुहुन्थ्यो । पढेका पुस्तकका बारेमा हाम्रो विभिन्न कोणबाट छलफल र बहस चल्थ्यो । थोरै भेटघाटको समयलाई हामी यसरी प्रयोग गर्थ्यौ ।
तत्काल हतियार बन्द आन्दोलनका बारेमा त्यस्ताका युवा विद्यार्थी समूहमा निकै बहस चल्थ्यो । निश्चित हो त्यो बहसलाई चारू मजुम्दार र कानु सन्यालहरूको पार्टीले प्रभाव पार्‍यो । त्यो पार्टीमा पश्चिम बङ्गाल र आन्ध्र प्रदेशतिरका धेरै बौद्धिक जमात र युवा विद्यार्थीको भिड लागेको थियो । लाग्थ्यो, कम्युनिस्ट शासनलाई भारतमा छिर्न नदिनेहरू अब धेरै टिक्दैनन् । मेचीपारिको यस्तो बिगबिगीले यता पनि धेरै सोच्ने समय दिएन र झापा आन्दोलनको दौड चल्यो । त्यसो त यस क्षेत्रको वातावरण पनि उत्तेजक थियो । �� ूला – �� ूला विद्यार्थी आन्दोलनहरू चल्थे । सुस्ता महेशपुर अतिक्रमण विरोधी आन्दोलन चल्थ्यो । पूर्व कोशीको नेतृत्व आफै अन्तर्द्वन्दमा फसेको भएपनि हतियारबन्द संघर्षको चेत प्रवाह गर्थ्यो । मनमोहन अधिकारी सम्पादक भएको नव युग हेरे पुग्छ । यता झापामा युवा विद्यार्थीहरू पुराना कम्युनिस्ट नेता गोपालकृष्ण प्रसाईका विरुद्धमा आन्दोलित र केन्द्रित थिए । मदन खपाङ्गी जस्ता इमानदार र सरल नेताहरू किम् कर्तव्यको अवस्थामा थिए । झापा आन्दोलनका बारेमा हतार – हतार बहसहरू चलिरहे ।
चिन्तनशील, विचारक तथा दुरदर्शी प्रवृत्तिका रामनाथ दाहाल झापा आन्दोलन जसरी चल्यो, त्यसरी चलाउने पक्षमा हुनुहुन्थेन । हतारो बाटपर्ने प्रतिकूल प्रभावका बारेमा उहाँको स्पष्ट दृष्टिकोण थियो । यस्तो थालनीबाटहुने क्षतिबाट यसलाई बचाउन तत्काल धैर्य गर्नुपर्ने सोच पो रामनाथसंग पर्याप्त थियो । तापनि, उहाँ पक्राउ पर्नुभयो । द्रोणाचार्य क्षत्री लगायत हामी धेरै छटपटीमा पर्यौंय । हाम्रो पहुँच थिएन । प्रयत्न बालुवाको पनि । पूर्व कोशीको नेतृत्वले चाहेको भए, अवस्थामा सुधार आउने थियो, त्यसो भएन । बरू प्रतिकूल रह्यो । जसरी झापाली युवा विद्यार्थीहरूलाई झापा आन्दोलनगर्न हतार थियो, त्यस्तै हतार प्रशासनलाई दमनगर्न थियो । त्यही दमनमा रामनाथहरू शहीद भएर जन्मे । कायरहरूले सुखानीमा वीरहरूको रगत बगाए । त्यो आन्दोलन निषेध त भएन, निषेध गर्न हिडेकाहरू निषेध भए ।
रामनाथलाई शहीद मान्नु हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि क्षितिजको कुनै कुनामा सुनियो । धन्य हो ! यस्तो प्रश्न ! बिचार र सिद्धान्तका लागि आफ्ना कुनै आन्तरिक सहमति र असहमतिबारे आँ पनि नगरी, शत्रुका सामु शिर नझुकाई मृत्यु वरण गर्दापनि यस्तो प्रश्न ? बुझ्नै पर्ने कुरा त के छ भने अलिकति निहुरी मात्र दिएको भए रामनाथले मन्त्री पाउथे, तर पञ्चायतको तुच्छ मन्त्रीभन्दा स्वाभिमानी मृत्यु प्रिय मानेर त रामनाथ जनताको श्रीपेच बने । हो, रामनाथ जनताका शिरका ताज हुन् जो युग –युगसम्म जनताका शिरमा चम्कन्छन् । रामनाथहरू कहिल्यै मर्दैनन् । जनताको मनमा अमर भएका छन् ।


♥ लिला उदासी, झापा। 

घर फिर्ती

नदीको स्वाँ ... शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । विस्तारो ढोकाको आग्लो उघारेर आँगनमा आई– पर्खालमा वसी । रात अस्तव्यस्त थियो र खोलाको स्वाँआँ.... आवाज आइरहेको थियो । मृगनयनीले ठहर गरेझैं गरी– “मर्ने दिन आअ‍े !” कोठामा ढ्वाक्क आवाज आयो । ऊ हस्याङ–फस्याङ गर्दै कोठामा गई । अँध्यारो थियो र वच्चा–वच्चीको ठाउँ सरेको आवाजको साथै दुर्गन्धले कोठा भरिएको थियो । “एउटी सुकुमार छोरी पो त– वावुकी, प्यारी साहिँली “छोरी ! यस घरमा परी दुर्घटनामा विचरा मर्ने भई ।”
उसका दिमागमा पुराना कुरा आअ‍े । ऊ सानी पुतली जस्ती यस घरमा आई । उसको लोग्ने पनि सिङाने थियो । उसले कति घरमा भुक्तमान खपी । लोग्नेको हातवाट गोदाइ पनि खाई र वडो जुक्तिले प्रेम पाई अनि एउटा लामो समयमा सासू–ससुराको मृत्युपछि घर–मालिकनी भई । यी पाँच भाइ छोरा र दुई वहिनी छोरीलाई उसले जिउ–ज्यान दिएर हुर्काउँछे ! परन्तु ... ...
गोपीनाथ जुरुक्क उठ्दा झसङ्ग भयो र ‘नयनी’ भन्यो ‘हजुर उसले भनी’ –‘पेट सफा गरेर आअ‍ेँ, निद्रा लागेन– के भयो, के भयो !’
“के मासु पचेन कि ?”
“पेट त्यति दुख्या छैन !”
“चिसो लाग्यो कि ?”
“होइन !” मृगनयनी लोग्नेको सोधाइको उत्तर दिँदै केही भक्कानिई । गोपीनाथ वाहिर गअ‍ेर आयो र ओछ्यानमा  पल्टियो– “आऊ आऊ सुतौं !”
दुवै चुपचाप सुते । एक छिनपछि गोपीनाथले वोलायो– “नयनी !” ‘हजूर !’ उत्तर आयो ।
“तिमीले थाहा पायौ होली होइन ? ...” गोपीनाथले भन्यो– “तिमी माइत नजाऊ अव !” मृगनयनी छक्क पर्छे । ऊ कुरा के सुनिरहेकी छ । हे मान्छे, तँलाई आफ्नै समस्या छन् र यसैमा तैंले रुमल्लिनु परेको छ ।
“तिमी वोल्यौन !” प्रश्न दोहोरियो ।
“भन्नुहोस् न म के भन्छु र !” गोपीनाथ भन्न थाल्यो– “अस्ति नै क्या तिमी माइत गएको दशै दिनका दिन सिग्देल्नी फुपू आइन् । भान्से वाजे त्यस दिन घर गअ‍ेको थियो – भोलिपल्ट आउँछु भनेर गअ‍ेको । भोलिपल्ट वाजे आअ‍ेन र फुपू पनि वसिन् । पर्सिपल्ट पनि वाजे आअ‍ेन । सुन्तली फुपूसँगै सुतेकी राती भुँडी दुखेर निकै रुन थाली । फुपू कराउन थालिन् र म उठेर गअ‍ेँ र सुन्तलीलाई फुल्याउँदा–फुल्याउँदा त दुर्घटना ...”
“हे राम !” मृगनयनीले आँखावाट आँसु झार्दै भनी– “४० वर्षे वुढीसित ! त्यो पनि नाता लाग्ने ...” मृगनयनीले आँसुका भलै वगाई । ऊ वोलिन र उसको लोग्ने पनि चुपचाप आँखा चिम्ली सुत्यो । मृगनयनी सम्झिन थाली– यो लोग्नेमान्छे हरहमेसा छुट चाहन्छ । एउटा लोग्नेमान्छे हरहमेसा स्वास्नीमान्छेवाट श्रद्धा चाहन्छ, हरहमेसा वलिदान चाहन्छ । रिठ्ठीसित जाँदा माफी माग्यो, गोरीलाई तान्दा रोएर जित्यो र मङ्गलीलाई भुँडी वोकाउँदा मलाई समेत छोड्ने धम्की दिएर चोखो भयो । अनि त ... ए अप्रेसन गरेको हुनाले अहिले त ...” टुङ्गामा कुरा सम्झिनासाथ मृगनयनीलाई एउटा ठुलो आशङ्काले वाँध्यो– आहो ! आज उसको जीवन मर्नु र वाँच्नुमा पुगिसकेको छ ।”
“नयनी, के गर्नु लोग्नेमान्छेको जात वडो अविवेकी हुन्छ ! परन्तु यो सत्य नभनी पनि त सक्तिन फेरि !” गोपीनाथ भन्न थाल्यो– “नयनी ! हेर तिमी आमा हौ र म वावु, यत्रा सन्तान हामी दुईले हुर्काउनु छु, मेरा वावुआमा मरि गए त तव अरु कसले यस घरलाई हेरिदेला र ! दाजुभाइ तिनै हुन् । स्कुलमा फिस तिर्नुपर्छ – मैले नकमाए कसरी ? तिमीले पनि घर नगरिदिए घर कसरी चल्ला ?” आँसु झारेर गोपीनाथले भन्दा मृगनयनी केही आस्वस्त भई । “हे वावु–आमा, म वित्तलमा परेँ । यो कस्तो घर ? यहाँ रातोदिन मिठा कुरा खुवाऊ र रचाऊ, छोराछोरीको चाकरी गर र लोग्नेको चर्तिकला सुन ! लोग्नेको खेलौना वन र सहू सम्पूर्ण– हे वावुआमा !” मृगनयनीको आत्मा चिच्यायो । परन्तु उसको हात जव आफ्नो भुँडीमा पर्यो– ऊ पुन विचलित भई । “आखिर हुने त भईगयो– दुर्घटना ! खोलामा फाल हाल्नु नै हो भने– विस्तारमा !” ऊ एक किसिमले दृढ भई र लोग्नेको कपाल कन्याएर भन्न थाली– “हेर्नुहोस् ! तपाईँलाई थाहा छैन– अप्रेसन त असफल भअ‍ेछ !”
गोपीनाथको जिउमा भयानक भयको भावना भरियो । उसका दाँत कटकटाए । ऊ थोरै डुगडुग काम्यो पनि । उसलाई अचानक होस आयो “कतै मृगनयनी नै ! ...” मृगनयनी प्रत्युत्तरको प्रवल रूपले प्रतीक्षा गरिरहेकी थिई ।
“होइन, तिमीले पेट वोक्यौ ?”
“अनि के सुन्नुभयो त ?”
अनि त एउटा शून्य वातावरणले त्यहाँ ग्रस्त गर्यो । लोग्ने–स्वास्नीमा यस्तो देखियो– मानौं उनीहरू हालका दुवै घटनावारे परस्पर केही  सोचिरहेका छैनन् ।
यस रातपछि दुवै पति–पत्नीमा साधारण वोलचाल वन्द भयो । गोपीनाथ मुख्य ओछ्यानमा सुत्दथ्यो भने मृगनयनी छोराछोरीको ठुलो खाटमा सुत्दथी । एउटा ठुलो खटपटीमा दुवै जना रात विताइरहेछन् भन्ने दुवैलाई थाहा छ । मृगनयनी सम्झन्छे– वितेका दिन र उसले आफ्नो पति भनेर यस घरमा आअ‍ेर के गरिन– यो पति निर्धो छ, खोकिरहन्छ, यसलाई कपाल पनि दुखिरहन्छ, यो वर्ष दिनभरि प्रायः दुखिरहन्छ र दिनरात ऊ सेवा गर्दछे । यतिका छोराछोरी पाउँदा उसले भुक्तमान खपी । त्यो गोपीनाथले हेरिरहन्छ र कहिलेकाहीँ उसले गुनासो प्रकट गरिहाली भने लाचारी प्रकट गरेर मृगनयनीलाई नै फकाउँछ । मृगनयनीले यति मात्र तकलिफ गरेकी होइन– गोपीनाथ आइएसम्म पढेको मान्छे भअ‍े पनि जुवा खेल्नको दैव छ, उसले असाध्य चुल्हो कुर्नुपर्छ । मृगनयनीका यो घर पसेपछिका १५ वर्ष एउटा यस्तै क्रमको चाकाचुलीमा वितेका छन् । उसलाई यतिमै यो क्रम चलिरहन मन परेको छ– गोपीनाथ पनि उसको कदर गर्दछ । भअ‍ेको सम्पत्तिकी ऊ मालिक्नी छे र माइततिर चर्चा हुँदा उसको भाग्यको राम्रै तारिफ गरिन्छ– “लाउन–खान राम्ररी पाउनु पनि एक जीवन !” भनी ।
गोपीनाथ खुइय ! गर्दै सोच्तछ– ऊ ठुला नामी वावुको होनहार छोरो । वावुको ऊ निकै प्यारो थियो । आमाको वेइमानीमा नपरेको भअ‍े भाइको साटो उसैले नै जिउनी पाउँथ्यो, रपनि उससित लाखौंको हैसियत छ । सय मुरी धान पहाडमा र मधेसमा तिस विगाहा जग्गा उससित छ । उसले चाहँदा तिनटी स्वास्नी हेलै ल्याउन सक्दछ तर मृगनयनीलाई उसले अति माया गरेकाले आफूले जुवा खेलेर आउँदा ऊ रिसाउँदा पनि उसले सह्यो । चुल्हो कुराउँदा ऊ झर्किन्थी र पनि सह्यो । कतिसम्म उसले गर्यो भने उसका मृगका जस्ता आँखा र सिनेमाका तारिकाका जस्ता सलक्क परेका मुहारमा मक्ख परेर आफ्नै अप्रेसन गर्यो र अशिक्षित नभनी एक पत्नीमा अडिने प्रत्यक्ष प्रमाण उसले देखाइदियो । यस्तो अशिक्षित गाउँमा अरुले गर्नै नसक्ने उदाहरण दिने लोग्नेलाई यस्तो धोका ! ...”
अव गोपीनाथ दिनहुँ देख्तछ– छोरा–छोरीको मुख निन्याउरो हुन थालेको छ र उसलाई सायद ! वावु हुन नसुहाइरहेछ । ऊ प्रायः घरवाट वाहिर हिडिरहन्छ । डाँडाघरे माहिली आमाकोमा एक दिन ऊ देख्तछ– उसलाई देख्नेवित्तिकै स्वास्नीमान्छेहरू हाँस्छन् । निकै वेर गफ चल्छन् । गफको थालनीतिर उसलाई अनुभव हुन्छ– उसको जीवन त सडन्ता भइसकेछ, कुरा गर्दासम्म ऊ तगडा छैन र उसको भित्रभित्रै कमजोरीले खाइसकेको छ । “अँ, फुपूले कहीँ ? ...” उसलाई भित्रभित्रै खसखस भयो । माहिली आमाले आँटेर भनिन्– “नानी, फेरि सुरसार छ कि के हो ?”
गोपीनाथले संयमित भअ‍ेर उत्तर दियो– “डाक्टरले पैसा मात्र खायो– ख्वाप्प २०० ।” उसलाई यति भन्न सकेकामा निकै सन्तोषको भावना उत्पन्न भयो ।
“प्रकृति कहाँ मान्छ र भगवानले दिने नदिई छाड्दैन !”
“त्यसै भन्नुपर्यो !”
गोपीनाथ घरतिर लाग्दा वाटामा सोच्छ– वीरगन्जमा एक जना शिक्षक भन्थे– ‘वर्थकन्ट्रोल’ गर्नु पाप हो– शारीरिक र मानसिक दुवै दृष्टिकोणले ! “मलाई हाँसो उठेथ्यो । यस महँगीमा ख्वाउने र लगाउने मात्र होइन, पढाउने पनि समस्या वड्छन् । यसैले आत्म–वलिदान गरेर डाक्टरको कोठामा लम्पसार नाङ्गिअ‍ेँ– परन्तु यो धोका ! ....”
घर पुग्नुभन्दा अगाडि उसले आफ्नो च्यादरको घर हेर्यो– “यो ठुला ठालु गुरुभक्तको घर हो र हो ठुलाठालु रामप्रसादको ज्वाइँको घर ! हे राम, मेरो इज्जत आज मेरा हातमा छ– म वगाउँछु खानदानको इज्जतको साथै ससुराको पनि इज्जत । मेरा मोहीयाले मेरो खिस्सा उडाएर धान वताउनेछन् र मेरा गाउँघरका शत्रु थपडी मारेर भन्नेछन्– “गाउँका एक भालेपोथीको कुरा यस्तो !” अव राती पनि सवैका आँखा मेरा घरमा पर्नेछन् ! म लाखे झैं रमिता हुनेछु ।”
घरमा झिँगा भन्किरहेका थिअ‍े– पर्खालवाट उसले हेर्यो – तल गहिरामा अ‍ेकनास नदी वगिरहेछ, के उसलाई वोलाअ‍ेको त होइन ? तर ऊ किन मर्छ ? यति जावो अपरेसन असफल हुँदा ऊ किन सिद्धिन्छ ? गोपीनाथले छोरालाई सोध्यो– “आमा खोइ हँ ?”
“पँधेरा जानुभअ‍ेको छ ।”
“कति वेर भयो ?”
“अघि ... नै ...?”
गोपीनाथलाई झस्का पर्यो मृगनयनी त एउटी स्वाभिमानी आइमाई हो– ऊ कसैसित आफ्नो हकमा हक्की वोल्छे र ऊ आफ्नो जीवनमा कहिल्यै वाङ्गोटिङ्गो मन पराउँदिन । कतै ...” झस्किएर ऊ सरासर पँधेरातिर गयो । साँच्चै नै डोको, नाम्लो, लुगा र गाग्रो त्यसै लडिरहेका रहेछन् । ऊ हडवडिएर पाखातिर गयो । तलमाथि वरपर वन चाहार्यो । नभन्दै अलिक पर कुइनेटोनेरि मृगनयनी झोक्राएर वसेकी रहिछ ।
हराएको वस्तु पाएको अनुभव गोपीनाथमा भयो ऊ सुरुसुरु मृगनयनी भअ‍ेठाउँ गयो । झसङ्ग झस्किएर मृगनयनीले आँसुले भरिएको अनुहार देखाई ।
“किन यहाँ आअ‍ेकी ?”
मृगनयनी वोलिन ।
“हिँड घर जाऔं !”
मृगनयनी नवोली अघि लागी ।
गोपीनाथ आफ्नी प्यारी पत्नी मृगनयनीको हिडाइ विचार गर्छ– “कति कामिरहेकी छ विचरा !”
“मर्ने विचार कसरी गर्यौ ? यी छोराछोरी कसरी हुर्केलान्– पटक्कै विचार गरिनौ ?” गोपीनाथ भन्दै गयो । मृगनयनी सोच्छे– के उसले विग्रिएकी आफ्नी स्वास्नीलाई गाउँघरका मान्छेका अगाडि सकार्ने ह्याउ राख्छ ? कुन कुराले कसरी आज यो मान्छे ऊप्रति सहानुभूति गरिरहेछ ?
“हे कठोर, तिमीलाई मैले केही भनेको थिअ‍ेँ – यतिका छोराछोरी छाडेर मर्न हिड्यौ ? के म तिमीविना वाँच्न सक्छु ?” गोपीनाथले फेरि भन्यो । यसको वाटो मोडिँदा मृगनयनीले देखी – भक्कानिएर गोपीनाथका आँखावाट अविरल आँसु झरिरहेछन् । पातलो जिउको निर्धो गोपीनाथ अचम्मैसित सिठ्ठा र लुते भइसकेछ !”

♥ चुडामणि रेग्मी, झापा। 

मुक्तक

गैरी खेतमा धानको बाला झुलेको बेला आगनीमा सयपत्री फुल फुलेको बेला . म आज एउटा यस्तो संसारमा रमाउदैछु तिम्रो र मेरो पिरतीको ढोका खुलेको बेला

प्रदिप चापागाईं

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.