December 2015

"लघुकथा / जाग मिथिला जाग"

"४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला"-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए कहाँ जाने त्यो पनि भरखर-भर्खर सितलहरले गोडा पसार्न थालेको समय , शहरको पश्चिम उत्तर कुनाको अन्त्य जसो भागमा रहेको सगरमाथा स्कूल र घुम्ने बरालिने ठाऊँनै नभएको नामकोमात्र शहर बिराटनगरमा ।
खटपटिकै बिचमा म बसेकै बेन्चमा अर्का मधेसी मूलकाजस्ता देखिने अबिभावक पनि आएर थ्याच्च बसे हात मुठ्ठी पारेर काखीभित्र घुसार्दै ।
अरु केही नभए पनि बोल्ने साथी त पाइयो भनेर मन अलि हलुङ्गो भयो अनि मैले पट्यार मेटाउन कुराकानीको सिलसिला शुरू गरिहाले -"तपाईं पनि बच्चा भेट्नै आउनु भएको ?"
"हो त"-उसले स्वीकार गर्‍यो र आफैले थप्यो-"मेरो छोरा रीवाज मण्डल पनि यहि स्कूल्को कक्षा १० मा पढ्छ ।"
"तपाइँको घर चै कता नि मण्डलजी ?"-मैले अर्को प्रश्न थपें ।
"पहिले त धनुषामा थियो, अहिले चाहिँ यहिं बिराटनगरमा, के गर्नु धनुषामा मधिसे नाम गरेका जङ्गली पशुले बस्नै दिएनन त्यसैले पहाडे बढी भएको १ नं. प्रदेशमै बस्न सजिलो होला भनेर प्रहरी सेवाबाट रिटायर्ड भएपछी पेन्सनको पैसाले भिटा किने र धनुषाको जग्गा बेचेका पैसाले घर बन्ने भएपछी यतै बसाई पनि सरि हालें पशु प्रदेश पशुहरुलाइ नै छोडेर । यहाँ भए कमसे कम बच्चा पढाउँन र व्यापार व्याव्साय गरेर खान त पाइन्छ ।" उसले पहाडे लवजमा सोधेभन्दा बढिनै मनको तितो पोख्यो र मलाइ आश्चर्य चकित पनि नबनाइ छोडेन त्यो पनि मधेसीयालाइनै गाली गरेर ।
"अनि पेसा चैं के अगाल्नु भएको छ नि, जागिरबाट त रिटायर्ड भै सक्नु भएछ"-मलाइ मण्डलजी अलि रमाइलो मान्छे लागेकाले एउटा अन्तरङ्ग प्रश्न पनि घुसाइ हालें बातचीतका बीचमा ।
"के हुनु र ! आफ्नै घरमा एउटा सानो-सानो किराना पसल खोलेको छु । बिहान बेलुका फुर्सद मिलाएर म हेर्छु अनि दिउँसो चैं बुढियालाइ छोडेर हाम्रो १ नं. प्रदेश कुनै हालतमा पशुहरुको प्रदेशमा मिसाउँन दिनु हुँदैन भनेर जागरण अभियान चलाउँदै हिड्छु"-उसले रहस्यले भरिएको कुरा गर्‍यो र थप्यो-"पशुहरुका लागि बेग्लै र मानिसहरुका लागि बेग्लै प्रदेश हुनुपर्छ भन्ने मेरो अभियान ठिक छैन त ?"
"हैन हौ, तपाईंले त माता जानकीले जन्म लिएर पवित्र पारेको; राजा जनक, याज्ञबल्क्य,गार्गीजस्ता विद्वान विदुषीका विद्वताले सु-शिक्षित तथा सु-संस्कृत बनाएको स्थान मिथिलालाइ साह्रै नराम्रोसँग असभ्य र पशु प्रदेश भनेर गाली पो गर्नु भो त किन हँ ? त्यतिबेलै देखि संसारलाइ संस्कृती र सभ्यता सिकाउँने मैथिलहरुलाइ असभ्य पशु भनेर अपहेलना गर्न मिल्छ र ?"-मैले मिथिला र मैथिलको पक्ष लिएर सभ्य बिरोध जनाएँ ।
मेरा कुरा सुनेर उसले खिस्स गरेर उपेक्षाको हाँसो र भन्यो सर पनि खाली किस्सा कहानीको कुरा गर्नु हुन्छ र फेरि उल्टै मलाइ प्रश्न गर्‍यो -"एकपटक सभ्य भै सकेको मान्छे फेरि फेरि आफ्नो विरानो पनि चिन्न नसक्ने गरि असभ्य र बर्बर हुन्छ र ! अनि, अहिलेको यिनिहरुको कृयाकलापलाइ हेरेर कुनै जमनामा यिनिहरु सभ्य थिए भनेर के आधारले मान्ने ?"
"त्यसो त हुँदैन"-मैले उत्तर दिनलाइ उचित शब्द तत्काल सम्झिन न सकेर अकमकिदै उत्तर दिएँ ।
"अनि, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि अझै ढुङ्गे युगमै जीवन ब्यतित गरिरहेका, आमा तथा दिदी-बहिनीलाइ अलच्छिन,राँडीफुडी र बोक्सीमात्र देख्ने तथा सबैलाइ आफैं बराबर ठानेर अभद्र र पशुवत व्यवहार गर्ने अधमपशुहरुलाइ पनि अझै सभ्य र मान्छे ठान्नुहुन्छ तपाईं ?"-उसले तमतम्याइलो अनुहार बनाएर भन्यो।

♥ जीवन दहाल, गौरादह-१२, झापा।


खुशी र सुखका लागि सोच बदलौं 

हामी हाम्रो जीवनमा के चाहन्छौं, कस्तो जीवन चाहन्छौं ? सवाल सामान्य छ । यसको जवाफ पनि हामीसाग सजिलो छ– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द आदि । यी सबै कुराले परिपूर्ण भएको बन्ने हाम्रो चाहना हो । जीवन रहेसम्म यिनकैपछि दौडन्छौं हामी । तर आज न हामीले चाहेको बन्न सकिरहेका छौं, न त खोजेकै कुरा पाएका छौं । अर्को सवाल उठ्छ– यी चीज कहाा पाइन्छ त ? । हामी सबै भन्छौं– यी चीज त आफैभित्र छ, आफ्नै मनमा छ । मनमै छ, आफैभित्र छ तर हामी खोजिरहेका छौं, पाइरहेका छैनौं– यो आजको यथार्थ हो । हामीले खोजेको सुख हो, पाउाछौं– दु:ख । खोजेको शान्ति हो, हुन्छ अशान्ति, खोजेको खुशी हो भेटिन्छ चिन्ता, तनाव । खोजेको स्वस्थ हो भइन्छ रोगी । प्रेम, आनन्द चाहिएको छ मिल्छ घृणा र तनाव अनि अशान्ति । चाहिएको समृद्धि हो तर जहिले अभावको जीवन । किन यसो भइरहेको छ भने– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द मनभित्र छ भने दु:ख, अशान्ति, चिन्ता, तनाव, रोगका कारण, घृणा, अभावको चिन्तन पनि मनभित्रै छ । हामी खुशी, सुख अरुबाट प्राप्त होस् भन्ने चाहन्छौं । त्यो सत्य होइन । आफ्नै मनभित्रको, आफूले चाहेको चीज हामीले प्राप्त गर्न सकेका छैनौं । आफैलाई चिन्न सकेका छैनौं । स्वयमले आफैंभित्रबाट यी चीज प्राप्त गर्न सक्नु आजको आवश्यकता हो । हरेक क्षणमा, प्रसंगमा, स्थानमा हामीले आनन्द लिन सक्नुपर्छ । 
भइरहेको आनन्द नलिएर त्यसलाई पछि सार्दै बर्तमानलाई चिन्ता, तनाव अनि दु:ख झेल्ने हाम्रो प्रवृत्ति छ । मानिस आज भौतिक सम्पत्ति जोड्न व्यस्त छ । एउटा सामान्य मानिसले राम्रो ठाउामा एउटा घडेरी होस् भन्ने चाहन्छ, त्यो भएपछि एक तले घर बनोस् भन्छ । घर पनि भएपछि तला थप्ने, मोटरसाइकल, कार गाडी, सामान्य मोवाइलबाट आइफोन... यस्तै–यस्तै भौतिक सम्पत्तिको लक्ष्य राखेर बर्तमानमा प्राप्त भएको खुशीलाई उपभोग नगरी ‘अब यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो’ भनेर अन्तत: भौतिक जीवन नै सकिन्छ । आफूभन्दा धनी, अब्बल अर्कोलाई देखेपछि मानिसमा डाह, दु:ख पैदा हुन्छ । मेरो पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने चाहना राख्छ । त्यो प्राप्त भएपछि फेरि त्योभन्दा माथिको .... यस्तै यस्तै । एक तोला गहना लगाएकी महिलाले अर्काको तीन तोलाको देख्दा त्यति नै चाहिन्छ, घरमा कचकचक शुरु हुन्छ । ३०००को साडी लगाएकीलाई अर्कोको १५००० को देख्दा त्यस्तै लगाउन पाए हुन्थ्यो भन्ने सोच मनमा आउाछ । आफ्नो हैसियत अनुसार जे छ त्यसैले सुहाएको छ तर त्यो उसलाई थाह हुादैन, महशुस गर्दैन र आफैलाई अरुका सामू कमजोर, घृणित, असक्षम सावित गरिरहेको हुन्छ । पैदल हिंड्नेलाई साइकल, त्यो भन्दापछि साथीले बाइक कुदाउन थाले अब म पनि किन्छु, त्यो पनि भएपछि साथी कारमा देख्छ र ऊ पनि एउटा कार किन्न पाए हुन्थ्यो भन्छ । किन्छ– देखाउादा राम्रो होला तर किस्ता तिर्ने बेलाको तनाव र अशान्तले कारबाट पाउने सुख, आनन्द कहाा अनुभूति गर्न सक्छ र उसले ?
यसरी आफूसाग नभएको र नराम्रो कुराको कल्पना, सम्झनाले हामीलाई दु:खी बनाएको छ । यो सबै सोचको कारण हो । हाम्रो सोचले हामीलाई खुशी, सुख दिन सक्दैन । लिन जान्दैनौं हामी, खोज्छौं मात्र । आफूमा भएको कुरा लिइरहेका छैनौं । भएको चिजमा रमाउन जानेनौं, नभएको खोजेर दु:ख पाइरहेका छौं ।
संसारमा आज लाखौंको आाखा छैन, कतिको हात खुट्टा छैन, कति मृत्यु शैयामा छटपटाइ रहेका छन् । हामीसाग आाखा, हात खुट्टा, स्वस्थ जीवन छ । तर पनि नहुनेहरु कति रमाइरहेका छन् हामी दु:खी बनिरहेका छौं । फरक यति हो उनीहरुले जीवन बुझेका छन्, जे छ त्यसमै रमाएका छन्, तर नभएको कुरा खोज्ने हाम्रो सोचका कारण हामी रमाउन सकेका छैनौं । अब रमाउन, आनन्द लिन सिकौं । आफैंभित्र, परिवारभित्र, समाजभित्र खुशी र शान्ति खोजौं । 
२०००को सामान्य मोवाइल सेट होस् या त एक लाखको आईफोन । दुबैको काम सम्पर्क, कुराकानी गर्ने हो । तर राम्रो मोवाइल भएन, किन्न पाए हुन्थ्यो, कसैले दिए हुन्थ्यो भनेर हामी मनलाई दु:खी बनाइरहेका हुन्छौं । होला–लाखको मोवाइलमा फङ्सन, अप्सन धेरै होला । तर तिनको आवश्यकता आफूमा कति छ, त्यसमा भरपर्छ । 
एक सयको घडी र एक लाखको डायमण्ड जडित घडीले पनि दिने समय नै हो । घुम्ने २४ घण्टा मात्र हो । महंगो घडीले १ घण्टा तन्काएर २५ घण्टा समय बनाउन सक्दैन । दुबैले दिने एउटै समय हो । घडीले केवल समय दिन्छ तर तोकिएको समय र ठाउामा पुग्नुपर्ने हामी आफै हो । घडी पुग्दैन, पुगेर पनि हाम्रो काम बन्दैन । 
विश्वका धनी विल गेट्स हुन् या त शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपति बाराक ओबामा दुबैले पाएको समय एक दिनमा २४ घण्टा मात्र हो, त्यति नै समय हामीले पनि पाएका छौं । कल्पना गरौं उनीहरु कति व्यस्त होलान्, तर त्यो भन्दा व्यस्त त हामी छौं । किनभने हाम्रो जीवन अस्तव्यस्त छ । जसको जीवन अस्तव्यस्त छ उसको जीवन व्यस्त हुन्छ । गेट्स र ओबामाले समयको सही व्यवस्थापन गरेका छन्, हामीले सकेका छैनौं । हामीलाई आए जति मोवाइल उठाउनैपर्छ, जस्तै महत्वपूर्ण बैठक कार्यक्रममा सहभागी भइरहेको किन नहोस्, अनि बोलाए जति ठाउा पुग्नैपर्छ । अनावश्यक व्यस्तता देखाउाछौं– यहाा जानु छ, उहाा जानु छ, यसो गर्नु छ, उसो गर्नु छ भनेर । यसले स्वयम्को जीवन त अस्तव्यस्त, तनाव, चिन्ता र दु:खदायी छ नै त्यसको कारण परिवारमै अशान्ति, तनाव छाएको हुन्छ । हामी आत्तिन्छौं मात्र । म त्यहाा नपुग्दा के हुन्छ ? के त्यो कार्यक्रम नै असफल हुन्छ ? म के गरिरहेको छु, किन गर्दैछ, कसका लागि हो मेरो यो समय र काम ? यसबाट के उपलब्धि हुन्छ ? मूल्यांकन गरौं । जानै छ भने ठीक छ जाऔं । समयको सही व्यवस्थापन गरौं । सम्झिसक्दा दौडने होइन योजनाबद्ध २४ घण्टा बिताऔं । तसर्थ एकै दिन १० ठाउा भ्याउने होइन, मैले समय कहाा दिने भन्ने कुरा महत्वपूर्ण हो । 
हुन त हामी मध्ये कतिपय यो अमूल्य समय टीभी हेरेर, घुमेर, खाएर, नाचेर, खेलेर, गफ गरेर, अर्काको कुरा काटेर बिताइरहेका छौं । समयको महत्व बुझिएन र समयमै कुनैपनि काम पूरा गरिएन भने त्यो समय फर्केर आउादैन, आउाछ त केवल पश्चताप, हुन्छ केवल दु:ख । तसर्थ समयको महत्व बुझेर आफूलाई उपयोगी काममा समर्पित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । 
आफै भित्र हेरौं– मनभित्र के चलिरहेको छ ? भित्र म आनन्दित, शान्त छु/छैन ? हेरौं । बाहिर नहेरौं– बाहिर अशान्ति छ, चोरी, डकैती, बलात्कार, कालोबजारी जस्ता विकृति छ । भित्रको कुरा विर्सिएर बाहिरको मात्र सोच्यौं भने यसले हामीलाई दु:खी बनाउाछ । 
हामी हरेक कुरा, घटना, पक्ष, व्यक्तिको नकारात्मक पक्ष केलाउन थाल्छौं, त्यस मै गहिरिन्छौं, विभिन्न अनुमान लगाउाछौं । अनि त्यही अनुसार अभिव्यक्ति र कर्म गछौं । अरुलाई दोषारोपण गर्छौ, आफू सर्वज्ञान सम्पन्न ठान्छौं । हैसियतभन्दा माथिको कुरा, अहंकार, आडम्बरमा रमाइरहेका छौं । झिंगा जसरी घाउमा मात्र बस्छ, हाम्रो बुद्धि त्यस्तै खराब र नकारात्मक सोचमा मात्र केन्द्रित भइरहेको छ । यस्तो सोचबाट हामी आफ्नै जीवनमा नराम्रो पक्ष आमन्त्रण गरिरहेका छौं अनि जीवन नराम्रो भइरहेको छ । यसको उपाय या उपचार भनेको आफूसाग नभएको, नदेखेको कुराको चिन्तन नगर्नु नै हो । भएकैमा रमाऔं । जस्तो सोच छ जीवन त्यस्तै बन्छ । राम्रो सोचौं, राम्रो बनौं । 
हामीले आफैभित्र भएको चीज, क्षमता, खुशी, आनन्द देखाउन सकेका छैनौं । यो कुरा गरिरहादा फेरि पनि हामी विग्रेका होइनौं, विग्रेको हाम्रो स्वभाव र संस्कार हो । सोच्ने तरिका र बोल्ने शैली विग्रेको छ । जरुरी छ– सोच, विचारमा सुधारको । स्वभाव र संस्कारमा परिवर्तनको । 
आज गाडी र त्यसको पार्टस् फेरे झैं हामी न आफ्नो शरीरको अंग फेर्न सक्छौं, न त श्रीमती, श्रीमान, छोराछोरी, बुबाआमा, दाजुभाइ, दिदीबहिनी नै । फेर्न सक्छौं त केवल सोच, स्वभाव, संस्कार । यति फेर्‍यौं भने सकारात्मक सोच, असल स्वभाव र संस्कारले सुख, शान्ति, आनन्द, स्वस्थ सबै दिन्छ । हामीसाग आर्थिक क्षमता छ भन्दैमा पसलमा गएर १ किलो खुशी, २ किलो आनन्द, ५ किलो शान्ति दिनुहोस् न साउजी भनेर किन्न पाइादैन । र, यो किन्न पनि पर्दैन । सोच बदल्ने हो भने तौलनै नसक्ने गरी आफैबाट प्राप्त गर्न सक्छौं । सोच परिवर्तनबाट आफू मात्र होइन परिवार, समाज, राष्ट्र र विश्व परिवर्तन गर्न सकिन्छ । यथास्थितिमा यो सम्भव छैन । हरेक कामको समय व्यवस्थापनसागै सकारात्मक सोच, स्वभाव र संस्कार परिवर्तन गर्ने हो भने हरेक मानिसले सुख, शान्ति, समृद्धि, आनन्द, प्रेम, खुशी प्राप्त गर्न सक्छन् । हामीले आफूभित्रका यी चिजलाई स्वअनुभूति गर्न सक्नुपर्छ । जसबाट विस्तारै सकारात्मक सोच शक्तिको विकास भई हाम्रो जीवनमा खुशीको वहार आउाछ र सफल र खुशी बनाउाछ । यो सबै प्राप्त हुने मुख्य स्रोत भनेको राजयोग मेडिटेशन हो । तसर्थ यसको थालनी आजैबाट, आफैंबाट गर्ने कि !

♥ एकराज गिरी, (सम्पादक) पुर्वान्चल दैनिक, झापा।

देश हराएको मान्छे
आफ्नै देशमा परिचय हरायर केही दिन देखि म मान्छे वेचिने हुलमा लाइन लागेको छु कस्तो अचम्म... यो कस्तो खोजाइ? इ तमाम मानिसहरु डोका भरी भबिस्य ल्याउने आश मा सबै कुरा छोड्दै सबै कुरा भुल्दै आकाश का सिमाना सम्म तछाड मछाड गर्दै कुदिरहेछ्न उफ; मन पिरोलिन्छ आक्रान्त हिमाल झै बैँस हरायको देश झै नाकावन्दी ले कुपोषण भएको मन झै... के खोजो यहाँ सब हरायको छ तर म खोजिरहेको छु सपना बोक्ने जन्ती हरु निरन्तर निरन्तर हार्न नजान्ने म खोजिरहेको छु आफ्नै माटोमा आफ्नै सिमाना मा मेरो देश अनि मेरो भबिस्य।
♥ प्रतिक थपलिया, घेराबारी, झापा।

मुक्तक

मलाँइ जुन मन पर्छ मलाँइ फुल मन पर्छ। बगैचामा डुल्ने भमराको त्यो हुल मन पर्छ।
तिम्रो अभाबमा पलपल तड्पेको यो मुटुमा, प्यास मेट्ने चिसो कुवाको मुल मन पर्छ।

♥ प्रदिप चापागाईं, झापा।

झापाली कवि लीला अनमोल र उहाँको कविता
झापाली कवि लीला अनमोल।उहाँ सबैलाई  चिन्नुहुन्न, तर उहाँलाई नचिन्ने कमै मात्र छ्न झापामा। जुन बेला लीला अनमोललाई मैले चिने त्यति खेरै उहाँकै सुन्दर गजल कविताहरुबाट आफुलाई स्थापित गरिसक्नु भएको अवस्था थियो। हो उहाँले,त्यतिबेलै कवितामा छुट्टै आफ्नो पहिचान बनाई सक्नु भएको थियो।गजलमा पनि स्वतन्त्र शीर्षक राखेर " दुख्छ "गजल संग्रह सहित एक ससक्त झापाली गजलकारको रूपमा आफुलाई स्थापित गरिसक्नु भएको छ।अहिले लीला अनमोल अरुलाई हेर्नुहुन्छ। अर्थात् सबैलाई हातेमालो गर्दै एउटै छहारिमा मिलाएर राख्नुहुन्छ ।
मूलतः उहाँ कवि व्यक्तित्व हुनुहुन्छ । यसका साथै उहाँ एउटा सशक्त झापाली साहित्यिक कार्यकताको रूपमा पनि आफुलाई उभ्याइ सक्नु भएको छ। राम्रो सिर्जना गरिरहने मिडियाको पहुँचमा नरहेका साहित्यकार र देशबिदेशमा रहेका साहित्यकारहरुको एउटा भेटघाट चौतारीको  रूपमा पनि आफुलाई चिनाउनु हुनुहुन्छ आफुलाई ।
कहिले उहाँ कुनै अवसर, चाडपर्व वा संयोग जुर्नासाथ झापा र झापा बाहिरका साहित्यकारहरुको भेटघाट कार्यक्रम राखिहाल्नु हुन्छ। साहित्यकार कृष्ण धरावासिको शिष्य भएको बताउनु हुने लीला अनमोलको हातमा / काधमा छ आजको झापाली साहित्य।उहाँकै अगुवाइमा अघि बढीरहेको छ झापालि साहित्य ।उहाँकै नेतृत्वमा " सर्जक मञ्च झापा" नाउँको सस्था पनि केही बर्षयता क्रियाशिल रहेको छ र ।
सामाजिक कार्यको अतिरिक्त उहाँ राम्रो गृहसंचालक पनि हुनुहुन्छ । लीला अनमोल  एक अध्येता, लेखक, पत्रकार एवम् सञ्चारकर्मी पनि हुनुहुन्छ । हाल उहाँ रेडियो भिजन एफएम बिर्तामोडमा "हाम्रो साहित्य" कार्यक्रम प्रस्तोताको रुपमा पनि कार्यरत हुनुहुन्छ यसअघि नै कन्चनजंघा एफएममा कुसल कार्यक्रम प्रस्तोताको रुपमा आफुलाई स्थापित गरिसक्नु भएको थियो। त्यस्तै एटिभ मिडिया ग्रुप झापाको संचालक समेत हुनुहुन्छ।यहाँबाट धेरै उद्घोषक तथा रेडियो कार्यक्रम प्रस्तोताहरुको उत्पादन समेत गरिरहनु भएको छ।यो उहाँको जिविकोपार्जनको माध्यम पनि हो ।
उहाँको यो छोटो परिचयपछि विषयवस्तुमा आउँ । उहाँको “दुर्घटित बिश्वास” भन्ने कविता राष्ट्रिय कविता  प्रतियोगितामा प्रथम ठहरिएको हो।जीवनकाल,भोगाइ र जगतलाई शब्दमा कलात्मक ढंगले लेख्नुभएको यो मनछुने  कविता यहाँ प्रस्तुत गर्दछु ।
     "दुर्घटित बिश्वास"
       ---------------
बिश्वास दुर्घटित भएर आखाबाट
यत्तिबेला मेरो देश
भूगोल रोइरहेछ
सुनामी चलेर शान्तिको सागरबाट
अखण्डित युद्द बगिरहेछ नदिहरुमा
देशको हाँसोमा संगीन तेर्सि एर
छिर्का हानेको छ रगत सिमास्तम्भहरुमा
सालिक रोएर इतिहास
मुर्छा परेकोछ
चोक, गल्ली र गल्छेडाहरु
सहिद भत्किएर मुटु
शिरा र धमनी संक्रमण भएकोछ
बन्दकी राखेर क्रुरता
हिटलरको जिजिबिषा बाँचिरहेछ याहाँ
दाईं चलिरहेछ स्वत्रन्त्रताको
जहाँ निसंकोच
बलात्कार भोगीरहेछ देश
लाग्छ - समय नांगिएर
उत्तानो परे कोछ बिच सडकमा
जसलाई सबैले भोग्न छुट छ।
याहाँ- प्रतिश्पर्धाको होड चलेको बेला
प्रत्येकले बहिरो बिजयको घोषणा गरिरहेछन।
स्वनिर्णयको अल्कोहल पिएर
बिश्वास मातिरहेछ यतिबेला
स्वतन्त्रताको बगैंचामा उम्रिएका
पारिजात चाहानाहरु मा
संक्रमणकालिन् धमिरा लागेको छ अहंमता ब्यूझाएर
ज्वालामूखी दन्किएको बेला
संबेदना मरेर दुर्घन्दित भएको छ
मोतिबिन्दु भएको छ
सार्बभौमिकताको ऑखामा।
यो अन्धकारको साम्राज्य फैलिएको बेला
ओ मेरो प्रिय मान्छे !
मलाई एउटा यस्तो छुट्टै अवसर देउ
म आगोमा निर्भिक हिड्न सक्ने
एउटा कुशल सन्तान जन्माईदिन्छु।।
( उक्त कविता २०६७को राष्ट्रिय
कविता प्रतियोगितामा प्रथम कविता हो।)

♥ राजकुमार खड्का,
शनिअर्जुन, झापा। 

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.