कविता - सत्प्रयास (योगीना निरौला)

सत्प्रयास

जन्म देखि मृत्यु सम्म
जीवन प्रयासमा अढेको छ।
यो वृक्ष रुपी स्वरुप लिई
यो धर्तिमा गडेको छ।
प्रयास कै मल-जलले  यो
अटल बनि बढेको छ।
कहिले हार
कहिले जित
कहिले उठ्ने प्रयास त,
कहिले यो लडेको छ।
लडे पछि उठ्ने प्रयास,
उठ्ने हिड्ने प्रयास,
हिंडेर मात्र कहाँ पुग्नु
अब त दौडने प्रयास,
दौडनुको अर्थै छैन।
अझ अब उड्ने प्रयास,
उडिकन झन अब चन्द्रमै छुने प्रयास,
मनको तिर्सना मेटाउन
संघर्ष गर्ने प्रयास,
(तर अन्त्यमा)२
जीवनमा के गरियो
तर;
अब असल बनी मर्ने प्रयास,
यसरी;
प्रयासै प्रयासको त्यान्द्रोमा झुन्डिएको छ जीवन
सफलताको सिखर चुम्न
त्यो वृक्षको हाँगो झै
हुरिमा स्वतन्त्रता पूर्वक झुल्न
हारे पछि पनि जित्ने प्रयासमा छ जीवन
न की सधै जित्नुमा छ यो।
मरि-मरी बाच्ने प्रयासमा छ जीवन
न की अनर्थ मर्नुमा छ यो।
तसर्थ;
हारे पनि जित्ने प्रयास गर
मरि-मरी भए पनि बाँच्ने प्रयास
किनकी यो जीवन त प्रयासै प्रयासको झुण्ड हो
(त्यसैले त जीवन केवल 'सत्प्रयास')२ !

♥ योगीना निरौला, दमक, झापा।
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.