समालोचना - मैले चिनेकी राधिका राया (लता खरेल)

मैले चिनेकी राधिका राया दिदीको समालोचनाको पाटो


नेपाली साहित्यको इतिहासमा समालोचनाको छुट्टै अस्तित्व रहको छ । सैदान्तिक समालोचना र प्रायोगिक समालोचनाको पनि आ आफ्नै वैशिष्ट्य छन् । समालोचनाले उत्कृष्ट क्षमतालाई प्रदर्शन गर्दछ, यसले बस्तुनिष्ठता, प्रमाणिकता र सत्यनिकटता प्दान गर्दछ । यो कुने साहित्यिक कृति, कृतिकार, साहित्यको इतिहास, विभिनन चरणहरु, मान्यताहरु, भाषा, ब्याकरण आदिमा तर्कबद्ध र विधिसंगत रुपमा गरिन्छ । यो कार्यले ओझेलमा परेका ब्यक्ति र कृति, कृतिकार, साहित्यको इतिहास, विभिन्न चरणहरु, मान्यताहरु,भााषा, ब्याकरण आदिमा तर्कबद्ध र विधिसंगत रुपमा गरिन्छ । यो कार्यले ओझेलमा परेका ब्यक्ति र कृतिलाई प्रकाशमा ल्याउँछ । यसै क्रममा राधिका रायाको परिचय झापाली भुमिमा र सिङ्गो नेपाली साहित्यमा दिइरहनु पर्दैन । राधिका दिदीको परिचय वा ब्यक्तित्वतीर नअल्मलीकन सोझै राधिका दिदीको समालोचक ब्यक्तित्वको पाटोतीर प्रवेश गर्छु । राधिका दिदीसँग मेरो परिचय भएको धेरै वर्ष भएको थिएन मैले नाम सुनेको तर भेट नभएको ब्यक्तित्व हुनुहुन्थ्यो दिदी । जब मैले दिदीसँग भेटे, दिदीको शरीर बृद्ध थियो । मैले वहाँका कथा, कविता, नाटक, एकाङ्की, निबन्ध चाहि पढेँ तर मैले सँधै समालोचकका रुपमा दिदीलाई पाएँ । राधिका दिदीसँग ज–जसका विषयमा विशेष गरी साहित्यकार र साहित्यिक कृतिको बारेमा कुराकानी भयो सँधै खोजमुलक र शोधमुलक हुन्थ्यो । साहित्यकारको व्यक्तित्व र कृतित्वमा लामो अनुसन्धान गरेजस्तो वा निक्कै मेहनतसाथ विद्यार्थीले गरेको शोध जस्तो लाग्थ्यो कुरा गराई । म विस्तारै स्नातकोत्तर तहको शोधार्थी भएपछि मात्र मैले शोधखोज परक समालोचना के रहेछ भनेर थाहा पाएँ ।
राधिका दिदीका कृति मध्ये आत्मकथ्यः “विविध मा संगालिएका केही समीक्षा रहेका छन् । यो पुस्तक जुही प्रकाशन माला ५२ मा दोस्रो पटक प्रकाशन भएको हो । यसका अतिरिक्र राधिका रायाका रचना भन्ने जुही प्रकाशनमाला ४० मा केही रचना, ब्यक्तित्व चर्चा र समीक्षाहरु संग्रहित छन् । यी दुई कृति बाहेक अन्य विभिन्न जुही का अंक लगायत विभिनन पुस्तकमा राधिका राया दिदीको समालोचना प्रकाशित नभएका होइनन् । यहाँ माथि उल्लेखित २ वटा पुस्तकमा संग्रहित ब्यक्तित्व र कृतिका समीक्षामा प्रवेश गर्न चाहन्छु ।
क) आत्मकथ्य विविध भन्ने राधिका दिदीको पुस्तकमा निम्न लिििखत ब्यक्ति र ब्यक्तित्वको समीक्षा रहेका छन् ।
१.  टिकाराम शर्माः अतितदेखि वर्तमान सम्मका सम्झना
२.  धर्मशिला खड्का( श्रीमती राई) ः मेरी वाल्य सखी
३.  मेरा पूज्य गुरु धरणीधर शर्मा
४.  कवि अगमसिंह गिरीलाई सम्झँदा (क) र (ख)
५.  पूज्य गुरु स्वामी प्रबुदधानन्दमा अटुट श्रद्धाञ्जली
६.  मान सम्पादक भवानी घिमिरेको सम्झनामा दुई शब्द
७.  केही स्मृति कवि घिमिरेज्यू प्रति
८.  तिम्रा अक्षरहरुको आयामभित्र कलाको मन्दिर त्यो.....
९.  श्याम प्रसाद शर्मा
१०.  भारतीकालिन श्यमकृष्ण श्रेष्ठको सम्झना
११.  दिदी हजुर देवकुमारी थापाः पुरानो र नयाँ पानाभित्र
यसै पुस्तकमा निम्नानुसार कृतिका समीक्षा रहेका छन् ।
१.  वालवालिका प्रिय लेखक श्यामप्रसाद
२.  कथाकार श्यामकृष्ण श्रेष्ठको स्वप्नभङ्ग
३.  कोमल प्रसाद  पोख्रेलको हाउडी पुराणः एक परिचय
४.  सरोज वलीको तम्मर नदीका धुनःएक परिचय
५.  भक्त बहादुर नेपालीको आजको चिन्तनको परिचयात्मक समीक्षा
६.  कथाकार माधव भँडारीज्यूको “एउटा सम्झनाको वेगमा” कथा 
७.  रोहिणी विलास लुइटेलको “अपराजेय कटाक्ष” भित्र हेर्दा
८.  वाल उपन्यासकार कपिल लामिछानेको दुई वाल उपन्यास
९.  डा. हृषीकेश उपाध्याय धनका डायरी कथाभित्र 
१०.  रोहिणी विलास लुइटेलका तीन कथाहरु एक दृष्टि
११.  पूर्वाञ्चलको यात्रा साहित्य
१२.  झापाका साहित्यिक नारी प्रतिभाहरु
१३.  धरावासीको बह्मपुत्रको पानी कथा एक दृष्टि
१४.  “तिब्बतका दशदिन” भित्र
१५.  पचास वर्ष अघिको दार्जिलिङको साहित्यिक परिवेश
यस्तै गरेर “राधिका रायाका रचना” भन्ने जुही माला ४० मा राधिका रायाका निबन्ध, ब्यक्तित्व चर्चा, समीक्षा, कविता, कथा, एकांकी र केही मन्तब्य र अन्तरवार्ताहरु समावेश भएका छन् ।
यस पुस्तकमा संग्रह गरिएका ब्यक्तित्व चर्चा र समीक्षाको नामाङ्कन यसरी गरिएको छ ।
ब्यक्तित्व चर्चा
१.  मेरो आाखामा राम्रो रचना रहने कृष्ण प्रसाद पराजुली
२.  मैले चिनेका कवि उपेन्द्र पागल
३.  मेरा पूज्य गुरु पारसमणी प्रधानको सम्झना
४.  मेरा परिचित दाजु एस. एल. शर्मा
५.  जयकला आचार्यको सम्झनामा
समीक्षा
१.  डा. नरेन्द्र चापागाँइका रचनामा एक दृष्टि
२.  डा. नरेन्द्र चापागाँइका दुई यात्रा सस्मरणात्मक निबन्ध
३.  “युगका पदचापहरु” भित्र डुबुल्की मार्दा
४.  कथाकार हरिहर खनालको देशभित्र देश खोज्दै कथाबारे एक दृष्टि
५.  प्रगतिशील साहितयकार के.पी. ढकाल
६.  सत्य अन्वेषक एक सफल साधकको रुपमा विश्व शाक्य
७.  निबन्धकार उपेन्द्र पागलज्यूका दुई घुमिल छायामा एक अध्ययन
८.  मैले चिनेको रामलाल अधिकारी
९.  मेरा विचारमा “आँखा र मनका पाइलाहरु”
१०.  झर्रा सुसेली र झटाराहरुबारे एक बिचार
११.  उजेली उजेलीहरु कथा संग्रहभित्र
यसरी विभिन्न पत्र पत्रिका प्रकाशन साहित्यिक विशेष अंकहरुमा राधिका दिदीका प्रकाशित भएका समीक्षा र समालोचनालाई संग्रहित गरेका दुई पुस्तकबाट मैले यति शीर्षकहरु छानेको हुँ । यहाँ प्रस्तुत सबै शीर्षकहरु साहित्यकार ब्यक्तित्व र साहित्यिक कृति वा विधासँग सम्बन्धित रहेका छन् । ब्यक्ति चर्चा गर्दा राधिका दिदलिे नेपालका केन्द्रिय प्रतिभा समालोचक वा वरिष्ठ साहितयकार हरुको देखि लिएर भारतका र स्थानीय प्रतिभाहरुलाई समेत स्थान दिनुभएको छ । डा. नरेन्द्र चापागाँई, कृष्ण प्रसाद पराजुली, पारसमणी प्रधान, चुडामणी रेग्मी लगायतका केन्द्रिय प्रतिभाको चर्चा गर्न राधिका दिदी पछि पर्नु भएको छैन् ।
कृति चर्चा गर्दा कविता, कथा, सिङ्गो कृति, नाटक, समालोचना आदिलाई आधार बनाएर गरेको देखिन्छ ।
यसरी दिद िराधिका रायासँग मैले लामो समय सम्म साथ र सँगत गर्न त पाइन । उमेरले पनि म धेरै सानो भएर होला साहित्य, रचना, कृति र समालोचना बुझ्न खोज्दा खोज्दै दिदी थला पर्नु भयो । राधिका दिदीको एउटा प्रसँग यहाँ उल्लेख गर्न चाहन्छु । एक दिन कुनै भद्रपुरका स्थानीय ब्यक्तिको देवहासनको कुरा सुनी सम्बन्धित घरमा म पुग्दा त्यहाँ धेरै मानिसहरुको जमघट थियो । बाठमाण्डौवाट शव ल्याइदे थियो । घरका श्रीमती, छोराछोरी र आफन्तको शोकले हामी शुभचिन्तक सबै स्तब्ध भएका थियौ । राधिका दिदी र कृष्ण क्षेत्री दिदी रक्सिामा त्यहाँ आइपुग्नु भयो । एकछिनमा शव ल्याइयो । शव को छेउमा राधिका दिदी उभिनु भएको थियो । स्तब्ध भएकी दिदीलाई मानिसको भीडभाडले लडाउला भनी मैले बृद्ध राधिका दिदीलाई हातमा समाते अनि “अलि पर जाऔं दिदी, हजुरलाई लडाउलान की” भनेँ तर दिदीले “तिमी जस्तो म त्यस्तै” भन्ने जवाफ दिनु भयो । म अचम्ममा परेँ । यस्तो बृद्ध शरीर काँपीरहेका हातपाउँ, सम्वेदनशील स्थान । कस्तो साहस ! कस्तो हिम्मत !

♥ लता खरेल, झापा। 

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.