गजल

इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,
बाग्मती छाती माथि सन्तान बाली रुन्छे।

भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,
पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।

भू-गर्भमा लुक्दै हिड्छे पोखराकी सेती,
दुखेसो छ उस्को पनि फोहोर पखाली रुन्छे।

खुशी  हुँन्थी सप्तकोशी हेर्दै नेताजीलाई,
यिनैबाट बेचिए पछि  नालीनाली रुन्छे।

प्रभातमै अस्तायो घाम मेरो यो जिल्लामा,
भन्दै  भोकरोगग्रस्त  त्यो  कर्णाली रुन्छे।

वातावरण  दूषीत भयो, उजाडिदा वन,
वनकै चिन्ता गर्दै डाँफे  डालीडाली रुन्छे।
Labels:
This is the most recent post.
Older Post

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.