गफाडीले सबैलाई कुराले जित्छ।
बलवानले दुनिया पाखुराले जित्छ॥
बलवानले दुनिया पाखुराले जित्छ॥
घरभित्रै बुहारी बलात्कृत हुन्छे,
अदालतमा मुद्दा ससुराले जित्छ॥
अदालतमा मुद्दा ससुराले जित्छ॥
अर्बुदले हार खान्छ राजधानीसँग,
कर्णालीलाई भने दादुराले जित्छ॥
कर्णालीलाई भने दादुराले जित्छ॥
संगीतले नजितेको प्रेमीको मन,
प्रेमीकाले बजाउँने चुराले जित्छ॥
प्रेमीकाले बजाउँने चुराले जित्छ॥
रहस्यले लड्ने हरेक लडाईँमा,
बिधुवाले जित्छिन् टुहुराले जित्छ॥
बिधुवाले जित्छिन् टुहुराले जित्छ॥
♥ रहस्य बिक्रम चिमरिया
बिर्तामोड न.पा. झापा।
बिर्तामोड न.पा. झापा।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।