कविता - सपनाको प्रेम कहानी (ईनोसेण्ट राजन)

सपनाको  प्रेम कहानी

सोच्दैछु,
तिम्रा निम्ति एक अन्जुली मुस्कान फुलाउन
कुन ऋतु संग सम्झौता गरौ..?
हुनत,
हाम्रा प्रेमिल योजनाभित्र परेका
हरेक क्यानडल लाईट डिनरहरुमा
एउटा सुन्दर साँझ चोरेर
तिम्रा दुईचुल्ठी
सिघार्नु त पक्का छ!!
प्रेमको उपहार स्वरुप,
खगोल मण्डलबाट
दुई-चार टुक्रा तारा टिपेर
तिमीलाई सुम्पिदै-प्रेम दिवस मनाउनु त पक्का छ !!
कुनै प्रेमका जोडीहरुले,
नलेखेका ईतिहासहरु
नहिडेका जिबनका यात्राहरु
नचुमेका रंगीन फूलहरु
र,
नचढेका प्रेमका हिमालहरु-
चुम्दै रंगीन फूलहरु
जहाँ भेटिनेछन प्रेमिल हिमालहरु
पार गर्नेछौ जिबनका यात्राहरु
र,
लेख्नेछौ नयाँ ईतिहास
पुस्तौ-पुस्ताका लागी !!!

♥ ईनोसेण्ट राजन, झापा। 
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.