गजल
दुखाएर पवित्र मन, डुल्न कहाँ सकिन्छ र!
जिन्दगीका पीडाहरु, पोखेकोछु तिमि सामु,
तिमि सँग जस्तै अन्त, खुल्न कहाँ सकिन्छ र!
यात्रा न हो जीवन यो, उतार चढाब हुन्छ पक्कै,
सराबलाई साथी बनाई, झुल्न कहाँ सकिन्छ र!
पलाँस भा नि आफ्नै राम्रो, मनले ठानी सकेपछि,
आफ्नो बाग छोडी अन्त, फुल्न कहाँ सकिन्छ र!
संग संगै झेलेका ति, दुख-सुख बिर्सिएर,
बिष बनि अमृत भित्र, घुल्न कहाँ सकिन्छ र!
♥ सावित्रा लुइंटेल घिमिरे, झापा।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।