गजल
कति छन कति पीडा, पोखौ के भनेर
मृत्यु कुर्दै बाचेको छु, छातिमा सहेर
मृत्यु कुर्दै बाचेको छु, छातिमा सहेर
जन्मे पछि मर्नु पर्छ, मान्छे एकपल्ट
बाचेको छु सयौपल्ट, जिउदै मरेर
बाचेको छु सयौपल्ट, जिउदै मरेर
कैलेकाहीँ एक्लै रुन्छु, हास्छु कैले एक्लै
भावानामा कहाँ कहाँ , पुग्छु म बगेर
भावानामा कहाँ कहाँ , पुग्छु म बगेर
यति बिध्न पिलिएकोछ, घृणाको त्यो घाउ
अजम्बरी बनेको छ , मुटुमा गडेर
अजम्बरी बनेको छ , मुटुमा गडेर
जिन्दगीको बाच्ने सार, भेटेको छु यत्ती
त्यसैले त बाचेको छु, गजल लेखेर
त्यसैले त बाचेको छु, गजल लेखेर
दमक-१५,झापा नेपाल।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।