प्रदिप चापागाईंका ११ मुक्तक
शब्दको भोगी भए अनी गजल कार भए।
मायाको रोगी भए अनी गजल कार भए।
मन दिए तन दिए सबैथोक दिए उनलाइ,
खाली . जोगी भए अनी गजल कार भए।
मैले सोचे भन्दा धेरै दिलवाली हुनुपर्छ।
तिम्रो घर अब मेरो . सशुराली हुनुपर्छ।
काली होश या गोरी सम्झेर सधै भरी,
भेना भनेर बोलाउने एउटी शाली हुनुपर्छ।
चारैतीर फुल फुलेको बसन्तको याम थीयो।
रस चुस्न वरिपरी भमराको लाम थीयो।
बोलाउदा नसुने झै गरी हासेर गैइन,
उनको दिल भित्र पक्कै मेरो नाम थीयो।
जडिया हरुको कुनै भर हुदैन।
एक निश्चित सुत्ने घर हुदैन।
जहा जहा भेटो ती खाइहालो,
न दुख न सुख कुनै कहर हुदैन।
प्रदिप चापागाँई मेरो नाउ।
झापा फुलबारीमा छ गाउ।
बस्छौ भने आउ है सोल्तिनी,
तिम्रो लागी दिलमा छ ठाउ।
किन किन मलाइ तिम्रै हुन मन लाग्छ।
दुःख पर्दा तिमी सँगै रुन मन लाग्छ।
तिम्रै कोमल अँगालोमा सँधै भरी बाधिएर,
शिर देखी पाँउ सम्ब छुन मन लाग्छ।
आजभोली जीबन हाक्न सक्ने भएको छु।
दुनीया संग लडेर बाच्न सक्ने भएको छु।
झुकेर नी झुक्दिन लुकेर कतै भाग्दीन,
देशको माटो संग रगत साट्न सक्ने भएको छु ।
तिमिलाइ धेरै मन पराउछु|
र त आफ्नो भन्ऩ डराउछु।
केछ कुन्ऩी तिम्रो त्यो रुपमा,
मत जैले तिम्रै यादमा हराउछु|
नजीक आउदा वर सर्छौ सर्दिनौ बुझ्नु छ।
तिम्रो दिल भित्र खुसी भर्छौ भर्दिनौ बुझ्नु छ।
जीन्दगी नै बन्धकी राखेर माया गरेको छु,
आज साचो माया गर्छौ गर्दिनौ बुझ्नु छ|
चोट दिदै मुटुमा पलपल रुवाएर गयौ।
झुटा माया प्रेमका बाचाहरु खुवाएर गयौ।
जुनी जुनी भर सम्म माया गर्छु भन्थेउ,
दोबाटोमा छाडी थोरै आँशु चुवाएर गयौ।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।