कविता
अस्ताएर ढलेको डाँडापारिको त्यो बुढो घामले
आज सबेरै पुर्बेली क्षितिजबाट
मुस्कुराउँदै छोयो मलाइ !
इतिहास निफनेर हेरें
हिजै जस्तो लाग्यो
क्रुरताको च्याम्बर भित्र निसास्सिन बाध्य बनाएथ्यो मलाई
हिटलर बनेर कहिले
र कहिले इदीअमीन बनेर
काँचै खाउला गरी झम्टिन्थ्यो
तर आज अचम्मको शीतलता छरेर गयो
मेरा झ्यालका पर्दाहरुमा ।
उस्को अजीब हर्कत बाट
अड्क्यौल काटीरा’थे
साच्चै युग बद्लिएछ अब !
मैले माओलाई सम्झें,
फेरि ग्वेभारा, लेनिन र माक्सलाई सम्झें
महसुस गर्दैछु अहिले, कि
युग बदल्न रगतको क्रान्ति गर्नु नपर्ने रहेछ ।
होइन भने
पत्थरको जवाफ फूलले कसरी देला ??
♥ दिनेश मण्डु लखनपुर, झापा।
♥ दिनेश मण्डु लखनपुर, झापा।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।