गज़ल - मदन न्यौपाने'दोषी'

गज़ल


ऐया मात्र भनेको हुँ , दु:खाइमा कैले काहिँ ।
सोधेनौ है के भो भनी, रुवाइमा कैले काहिँ ।।

रहर हुन्छ जो कोहिलाई,सफल्ताको शिखर चुम्ने ।
चढ्नु झर्नु स्वभाबिक हो, उचाइमा कैले काहिँ ।।

हार्यो भनी नसम्झिनु, जिन्दगी एक हार-जित हो ।
जित्नु भन्दा मजा हुन्छ, हराइमा कैले काहिँ ।।

नफुर्क भो आफ्नु बयान,आँफैं सामु हुँदा आखिर ।
इर्ष्या लुकाइ दिने गर्छन्, बधाईमा कैले काहिँ ।।

डराएको नसम्झिनु, गन्तब्यमा नपुग्दै म ।
केही अर्थ पक्कै हुन्छ, रुकाइमा कैले काहिँ ।।

कती सोच्छौ आफ्नु मात्र, देशको बारे सोच न हो ।
लाउ त्यो मन जन हितको, भलाइमा कैले काहिँ ।।

मलाई'दोषी'ठान्छौ किन?रिस बोकी आत्मा भित्र ।
कमी भो कि? सम्बन्धको, निभाइमा कैले काहिँ ।।

♥ मदन न्यौपाने'दोषी'
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.