गजल - रोमनाथ ढुंगेल

गजल

यहाँ देश भाँड्नेहरू सल्बलाए
सिमाना उजाड्नेहरू सल्बलाए
पराधीनताको गरी मोल आफैँ
कतै रूख फाँड्नेहरू सल्बलाए
इसारा गरेको गरेकै छ कोही
पकड्ने र छाड्नेहरू सल्बलाए
गुलामी नगर्नेहरूका अगाडि
सदाशीष बाँड्नेहरू सल्बलाए
छ माटो विरोधी नजारा त्यसैले
उखेल्ने उजाड्नेहरू सल्बलाए ।

♥ रोमनाथ ढुंगेल
खुदुनाबारी-9, झापा।
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.