समालोचना - प्रश्रितका केही विचार (चूडा मणि रेग्मी)

समालोचना

‘मानव’ महाकाव्य (२०२३)ले मदनपुरस्कार पाअ‍ेर चर्चाको शिखरमा चढेका मोदनाथ प्रश्रित अ‍ैतिहासिक महाकाव्य ‘देवासुर सङ्ग्रम’ (२०३०) लेखेर झन् चर्चीत भअ‍े । उनको चर्चा कति विग्न भयो भने उनका थुप्रै थुप्रै पुस्तकहरू नेपाल र नेपाल वाहिर अत्यन्त लोकप्रियताका साथ विके, फलस्वरूप उनका कति पुस्तक लुकिचोरी प्रकाशन गर्ने र वेच्ने विक्रेता पनि वढे । लेखकस्ववाट लेखत प्रश्रित ठगिअ‍े पनि पाठकहरूका प्रेमवाट उनी ठगिएनन् । यस्ता प्रश्रित पुन ः प्रजातन्त्रप्राप्ति नामको २०४६ पछि भने पसिद्ध त रहे नै, अ‍ेमालेका मुर्धन्य नेता भअ‍ेका कारण र कान्तिपुर आदि दैनिकमा स्थान प्राप्त स्तम्भ लेखक भअ‍ेवाट प्रसिद्ध चै रहेनै । उनी भौतिकवादी विचारका सशक्त लेखकहुन् भन्ने कुराले चाहिं धेरैले अनुगमन गर्न नसकेको देखिन्छ ।
न झर्रो न तत्सम प्रधान तर माझिअ‍ेको अ‍ेक प्रकार सरल, स्पष्ट विचार पोख्ने शैली भअ‍ेका लेखकहुन प्रश्रित । निर्भिकता, स्पष्टवक्तापन र प्रगतिशिल विचारका सशक्तिकरणका उनका भौतिकवादी विचार व्यक्त गर्ने लेखमा पाइने विशेष कुरा हुन । प्रश्रित सम्स्कृतका निकै ठुला विद्वान् हुन् । उनले ऋग्वेद आदि वदहरू, उपन्निषद्हरू र केही उल्लेखिय महापुराणहरूको भौतिकवादि दृष्टीले अध्ययन गरेका छन् । यही अध्ययनको फल स्वरूप देवासुर सम्ग्राम आदि धेरै पुस्तक र लेखहरूको सुर्जना भअ‍ेको पाइन्छ । प्रश्रित वेद र पुराणका इन्द्र, शिव, विष्णु, व्रम्हा, वृहस्पति, दुर्गा आदि पात्रहरूमा राम्रै थिअ‍े भन्ने मान्छन् । उनले रिगवेद कालमा पुराणहरूको जस्तो परलोक, स्वर्ग, नरक आदिको कल्पना नभइ सकेको कुरा लेखेका छन् ।
प्रश्रितलाई राजनीतिक आँखाले हेर्ने धेरै भअ‍े । अध्ययनशील विचारका रूपमा उनका व्यक्तित्व अहिले प्रच्छन्नवत छन् । (यद्यपि मधुपर्क आदि पत्रिकाका विशेष लेख पढ्नेलाई यो भ्रम छैन) वास्तवमा राजनैतिक प्रश्रित पर्ने पक्ष हो तर भौतिक वादी विचारका लेखक र कवि  मोदनाथ प्रश्रित अमर रहने पक्का कुरा छ ।
यता वगर फाउन्डेसनले प्रकाशन गरेका, नकुल सिल्वालले सम्पादन गरेको ‘नदी’ नामको सङ्कलन २०६१ मा मोदनाथ प्रश्रितका २५ वटा लेख निवन्ध प्रकाशित छन् । ती यता २०५७ देखि २०६१ सम्म लेखिअ‍ेका लेखहरू देखिन्छन् । वास्तवमा यी प्रश्रितका नयाँ लेखहरू हुन् । भाषा र साहित्य विषयक लेखका साथै केही सम्स्कृतिक पक्षका लेख छन् भने केही सामाजिक विषयका लेख पनि छन् । यहाँ दुई चार लेखमा व्यक्त केही विचारका मात्र उल्लेख गर्छु ।
नेपालमा दशैं वारे निकै विवाद चर्किअ‍ेको छ तर प्रश्रितका विचारमा दशैं सवै नेपालीका साझा चाड हो ।  यस्तो विचार डा. स्वमी प्रपन्नाचार्यको पनि रहेको हो । तर शिव मान्ने धेरै समुदायका नेपालीहरूमा अ‍ेकता भअ‍े झैं दशैं मान्ने नेपालीमा पनि यस्तै अ‍ेकता छ, रहनु पर्छ भन्ने प्रश्रितको विचार छ । पुरोहितवाद र हिन्दूवादका प्रवल विरोधी प्रश्रितले शिव वारे भनेका छन्– 
शिव प्राक् अ‍ैतिहासिक युगका हिमाली भेगका गणनायक हुन् ।
शिवको वैदिक नाम रूद्र हो । (पातो ६०)
यही शिवलाई आर्य, गैरआर्य सवैले महादेव रूपमा मानेका छन् । यस्तो हार्दिकता परम्परागत रूपमा हामीमा छ भने अहिले आअ‍ेर हामीले फाट्ने कुरै छैन भन्ने प्रश्रितले विचार व्यक्त गरेका छन् । यही कुराको पुष्टिमा ‘दसैं चाड पनि साझा चाड हो । यो हिन्दूको मात्र चाड हैन’ भन्ने तर्क दिदैं ‘कतै हामी आफ्ना चाड–पर्वलाई अरूका भन्दै त छैनौ ?’ नामको लेखमा राम र रावण दुवै शिवका उपासक थिअ‍े भनेकाछन् । दसैं विभिन्न ठाउँमा विभिन्न ढङ्गले मनाइन्छ । नेपालमा सवै जातले मनाअ‍े झैं भारतमा सवै ठाउँमा सवै जातले मनाउँदैनन् । आर्यको मात्र दशैं भअ‍ेको भअ‍े किन दशैंमा देवीपूजा हुन्थ्यो ? आर्यले पशुहत्या किन मान्थे ? इत्यादि प्रमाण प्रस्तुत गर्दै यो दसैं साझा चाड हो, हिन्दूको मात्र होइन भनेका छन् ।
श्राद्ध गर्नु नपर्ने वारे पनि प्रश्रित स्पष्ट छन् । वावु–आमाको सम्झना गर्ने हो भने वावु–आमा मरेको दिनमा उनीहरूको फोटो राखौं, माल्यर्पण गरौं, आत्मीयजन भेला हौं र आदरणीय पितृका विशेषताको गुणगान गरौं प्रश्रित लेख्छन्–
‘श्राद्ध भनेको पूर्वजहरूलाई सम्झेर गरिने आदर र श्रद्धा हो ’
(श्राद्ध वारे आमासँग सम्झौता, पातो ७४)
पुराणहरूले भगवानको रूपमा चर्चा गरेका श्रीकृष्णवारे पनि प्रश्रितको धारण छ –
“कृष्णको समयभन्दा अघिको समाज पशुचारी र सिकारी युगमा थियो ।” (पातो ११७)
कृष्णको समयवाट गणविवाह र वहुपति प्रथा अ‍ेकनिष्ठ विवाह र वहुपत्नीप्रथातिर मोडिदै गयो । (पातो ११७)
इत्यादि राखेर कृषियुगका नेता थिअ‍े कृष्ण भनेका छन् । पशुपालन र कृषि कार्यलाई कृष्ण र वलरामले वलियो वनाअ‍े । यो कामका विरोधी इन्द्रलाई हराअ‍े । इत्यादि कुराहरू लेखेर प्रश्रितले दुई प्रकारको कृष्णको चर्चा गरेका छन् । भागवतको कृष्ण साच्चैको कृष्ण र श्रीमद्वगवद्गीतको श्रीकृष्णलाई काव्यको कृष्ण भनेका छन् । महाभारत युद्धलाई महाविनाशकारी युद्ध थियो भनि प्रश्रितले लेखेका छन् ।
सङ्क्षेपमा, अवतारवाद, ईश्वरवादको प्रश्रितले तर्कपूर्ण खण्डन गरेका छन् । विभिन्न लेखमा पुराणका ईश्वर वा ईश्वरका अवतारलाई तत्कालीन युगका गणनायकका रूपमा चर्चा गरेका छन् । आज जुन प्रकारले अन्धाधुन्द वेद, पुराण, नगपञ्चमी, दसैं, आदिको व्याख्यामा धेरैले समय खर्च गरिरहेका छन्, यो परिप्रेक्ष्यमा मोदनाथ प्रश्रितका विचार पढेमा अ‍ैतिहासिक भौतिकवादी दृष्टिकोणले पनि व्याख्या गर्ने कुराहरू फेला परि  अन्धविश्वास हट्दै जाने विश्वास गर्न सकिन्छ ।

♥ चूडा मणि रेग्मी, झापा। 

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.