गणेश बहादुर प्रसार्इंबारे केही प्रसङ्गहरु प्रसङ्ग–१
वि.सं.२०३४ सालको कार्तिक महिनामा मेची क्याम्पसको प्रङ्गणमा मैले पहिलो पटक गणेश बहादुर प्रसाईलाई देखेको हुँ । त्यो बेला क्याम्पसमा महाकवि देवकोटा बारे परिचर्चा कार्यक्रम हुने वाला थियो र गणेश बहादुर प्रसाई त्यहाँ प्रमुख अतिथि भएर उपस्थित हुँदै थिए । माधव भँडारी जो तत्कालीन क्याम्पस चिफ थिए । उनकै सभापतित्वमा परिचर्चा कार्यक्रम अगाडि बढ्यो । गणेश बहादुर प्रसाईँ बाहेक जिल्लाका अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको त्यहाँ उपस्थिति भए जस्तो मलाई लागेको छैन । आकार प्रकारको हिसाबले उक्त परिचर्चा कार्यक्रम स–सानो नै हो तापनि त्यस दिन महाकवि देवकोटाका बारेमा ती गणेश बहादुर प्रसाईं नाम गरेका प्रमुख अतिथि ज्यूबाट जे जति कुराहरु सुनें त्यस भन्दा बढी अहिलेसम्म देवकोटाबारे लेखिएका ग्रन्थहरु पढिकन पनि मैले प्राप्त गर्न सके जस्तो लाग्दैन । उनले त्यहाँ जम्मा जम्मी दुई अढाई घण्टा बोलेका थिए होलान् त्यस अबधिमा सिङ्गो देवकोटाको जीवनी व्यक्तित्व र कृतित्वका पक्षहरुलाई उजागर गर्न कुनै कसर बाँकी राखेनन् । त्यति मात्र होइन उनले देवकोटाको १२ औं पुस्ता अगाडि देखि नै विशिष्ट क्षमता वा अद्भुत गुणहरु
एबनभ द्द या ठदेखिंदै आएको कुरालाई विशद रुपमा उनले उल्लेख गरे । गणेश बहादुर प्रसाईँले त्यस दिन भनेका कुराहरु आजसम्म पनि मेरो मानसपटलमा जस्ताको त्यस्तै रही रहे जस्तो लाग्दछ । सिङ्गो देवकोटाका बारेमा त्यति विशद् ज्ञान जो कोहीमा सायदै मात्र हुने गर्दछ । गणेश बहादुर प्रसार्इंको त्यो दिनको सारगर्भित अभिव्यक्ति सुने पछि मलाई उनको त्यो भव्य, विराट व्याख्याता व्यक्तित्वले असाध्य नै प्रभाव पारिदियो । आफूभित्र रहेको बिराट ज्ञानपुञ्जलाई जो कोहीले अभिव्यक्त गर्नै सक्दैन जसले सक्छ ऊ चाहिं सफल स्रष्टा हुन सक्छ भने जस्तो मलाई लाग्छ । यस अर्थमा म गणेश बहादुर प्रसाईंलाई सच्चा स्रष्टा भनेर मान्ने गर्दछु । यति हुँदा हुँदै पनि गणेश बहादुर प्रसाईँले उनै देवकोटाका बारेमा कुनै ग्रन्थ चाहिं लेखेका रहेनछन् । देवकोटा बारे उनले समय दिएर केही लेखिदिएको भए सायद त्यो ग्रन्थ ‘देवकोटा सम्पूर्ण’ का रुपमा आउन सक्दथ्यो भनेर मान्न सकिने थियो । गणेश बहादुर प्रसाईंलाई नियाल्दा के अनुभव हुँदो रहेछ भने उनी अथाह ज्ञानका पूञ्ज रहेछन् तर कम मात्र लेख्ने जे लेख्छन् फेरि त्यो भित्तो पु¥याएर लेख्ने गर्दा रहेछन् । प्रसङ्ग–२ अब म २०३६ सालको कुरा गर्दैछु । २०३६ सालमा मैले अर्को पटक गणेश बहादुर प्रसाईँलाई देखें । अब उसो भने मैले उनलाई बराबर देख्न थालें । २०३६ साल नेपालको राजनैतिक परिदृष्यका सन्दर्भमा ज्यादै महत्वपूर्ण साल मानिन्छ । राजा वीरेन्द्रले आम नेपाली जनतालाई पञ्चायत रोज्ने कि बहुदलीय प्रणाली रोज्ने भनी यही सालमा जनमत सङ्ग्रहको घोषणा गरेका थिए । जस अनुसार २०३७ साल जेष्ठमा जनमत सङ्ग्रह कार्यक्रम सम्पन्न समेत
एबनभ घ या ठभयो । जनमतमा ‘पञ्चायत’ पक्षधरको विजय भयो । त्यही २०३६मा जनमत सङ्ग्रहको घोषणा भए पछि मैले गाणेश बहादुर प्रसाईँलाई पञ्चायतका पक्षमा देखेको हुँ । यस वेला उनी झापा जिल्लाका गाउँ गाउँमा हरेक बाताका चोक चोकमा बजार बजारमा जनतालाई पञ्चायतका पक्षमा आउनका लागि जमेर भाषणबाजी गर्दै गरेको देखेको हुँ । त्यसबेला उनका मण्डलीमा झापा जिल्ला भित्रका खुङ्खार पञ्चहरु सामेल थिए जसमा प्रकाश चन्द्र मुखिया, देवी कुमार बर्मा, सिताराम भट्टराई, राधिका खतिवडा, राम थापा, डा.तुलसी ढकाल, युवराज गौतम, प्रजापति कोइराला, लगायतका व्यक्तित्वहरु रहेका थिए । यी सबै पूर्णतया पहेंलो बस्त्र धारी भएका थिए यति सम्म कि जुत्ता सम्म पनि पहेँला नै लगाउँथे र पञ्चायत प्रणालीको पक्षमा प्रचार प्रसार गर्दथे । गणेश बहादुर प्रसाईँले नेतृत्व गरेको यो मण्डलीमा हरेक व्यक्तित्व प्रखर बक्ता थिए । त्यस बेला सिङ्गो मुलुक दुई रङ्गले सिंगारिए जस्तो लाग्दथ्यो । बहुदलीय पक्षकाहरु नीलो रङको प्रचार प्रसारमा थिए र बहुदलीया शासन प्रणालीको पक्षमा भाषण बाजी गर्दथे । गणेश बहादुर प्रसाईंको त्यसबेलाको पञ्चायत प्रतिको त्यो लगाव वा भक्ति देखेर जो कोही सुझबुझ राख्नेहरु पनि अचम्ममा पर्दथे । कारण नभई कार्य हुँदैन भने झैं के कारणले गर्दा यसरी गणेश बहादुर प्रसाईँ पञ्चायत प्रणाली जस्तो क्रुर शासन व्यवस्था सँग आकर्षित भए त? यस बारेमा यत्र तत्र खासखुस हुने गर्दथ्यो । यत्तिकैमा त्यबेलाका हुनहार युवा व्यक्तित्व तथा राजनैतिक सुझबुझ राख्ने अनि अलिक पछि आएर ‘बिचार’ साप्ताहिक समाचारको सम्पादक भई पत्रकारिता समेत गरेका तारा बरालज्यूलाई मैले गणेश बहादुर प्रसाईंको पञ्चायत प्रतिको लगावबारे जिज्ञासा राखी हेरें । मैले उहाँसँग नै जिज्ञासा राख्नुको अर्को कारण उहाँ (तारा बराल) दुहागढीको हुनुहुन्थ्यो र धाइजनमा स्थायी बसोबास भएका गणेश बहादुर प्रसाईँको एबनभ द्ध या ठनिकटमा पनि हुनुहुन्थ्यो । उहाँका अनुसार वि.सं.२०२४÷२५ साल ताक गणेश बहादुर प्रसाईँ पञ्चायत तन्त्रको प्रखर बिरोधी थिए । त्यही भएर उनी त्यसताका पञ्चायत तन्त्रका प्रशासक समक्ष टिक्न सक्ने अबस्थामा भएनन् । त्यसो भएपछि उनी पश्चिम बङ्गाल अन्तर्गत सिलिगुढी गई बस्न थाले जहाँ झापाकै बरिष्ठ राजनितिज्ञ भरतबाबु प्रसाईँ तथा रामबाबु प्रसार्इँ निर्वासित जीवन बिताइरहेका थिए । रामबाबु भरतबाबु त्यहाँ रहेर नेपालको निरंकुश पञ्चायत तन्त्रका बिरुध्दमा नेपालमा क्रान्ति गर्न र बहुदलीय शासन व्यवस्थाको स्थापना गर्न चाहन्थे । गणेश बहादुर प्रसाईं पनि त्यही अभियानमा सामेल हुन त्यहाँ पुगेका थिए । वि.सं.२०३० साल पछि देखि गणेश बहादुर प्रसाईलाई निर्वासित जीवन असहज लाग्न थाल्यो र उनी नेपाल प्रवेश गर्ने मनस्थितिमा रहे । यसको लागि उनले आफ्ना एक नातेदार व्यक्ति खगेन्द्र प्रसाईँलाई सिलिगुढी बोलाई त्यसको लागि पहल गर्न अह्राए । गणेश बहादुरकै सल्लाह अनुसार वि.सं.२०३२ सालमा आएर मात्र खगेन्द्र प्रसाइँले तत्कालीन नेपालका प्रधान मन्त्री नगेन्द्र प्रसाद रिजाललाई भेटी गाणेश बहादुर प्रसाईँ नेपाल प्रवेश गर्न चाहान्छन् अनुमति दिनु प¥यो भनी अनुरोध गरे । खगेन्द्र प्रसाईँलाई प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल समक्ष गणेश बहादुर प्रसाईका कुरा राख्न टि.आर विश्वकर्माले भरपर्दो मद्दत गरे । अर्थात तत्कालका प्रखर पञ्चायत वादी नेता हीरालाल विश्वकर्माका भाइ टि.आर विश्वकर्माले गणेश बहादुर प्रसाईंलाई नेपाल फर्कन दिनु पर्यो भनी अनुरोध गरे । प्र.म.नगेन्द्र प्रसाद रिजालले “नेपाल आएर गणेश बहादुर प्रसाई पञ्चायत तन्त्रको प्रशंसक हुन्छन् भने आउनु” भनी अनुमती दिएका थिए । यसरी तारा बरालज्यूले गणेश बहादुर प्रसाईँको २०३६ सालको त्यो जनमत सङ्ग्रहताकाको गतिविधि बारे मलाई प्रष्टसँग खुलासा गरिदिनु भएको थियो । यिनै सन्दर्भका
एबनभ छ या ठसम्बन्धमा मैले खगेन्द्र प्रसाईँसँग पनि जानकारी लिँदा कुरा सत्य सावित भयो । प्रसङ्ग–३ गणेश बहादुर प्रसाईँ वास्तवमै अद्भुत क्षमता भएका मान्छे हुन । उनको क्षमताका बारे अनेकौं किम्बदन्तीहरु सुन्नमा आइरहन्छन् । उनका बारेमा जहाँ पनि कुराहरु हुन्छन त्यसभित्र अद्भूतता कुनै न कुनै रुपमा प्रकट हुन्छ नै यो विचित्रको कुरा छ । सामान्य गाउँघरका उनका छर छिमेकमै उनका बारे कुरा उक्काउँ वा उनलाई जान्ने जो कोही लब्ध प्रतिष्ठितहरुका माझ उनका बारेमा कुरा उक्काउँदा त्यहाँ पक्कै पनि कुनै अनौठो लाग्ने तर सत्य कुरा उनका बारेमा आइहाल्छ । यस्तै एउटा प्रसङ्ग म यहाँ गणेश बहादुर प्रसाईंका बारेमा उल्लेख गर्न चाहान्छु । प्रसङ्ग हो नेपाली साहित्य सम्मेलन पत्रिकाको सवर्ण महोत्सव समारोहको । नेपाली साहित्य सम्मेलन भन्ने साहित्यिक पत्रिका जो दार्जीलिङ्गबाट निस्कने गर्दथ्यो । त्यसको वि.सं.२०३० सालमा स्वर्ण महोत्सव कार्यक्रम मनाउने तय दार्जीलिङ्गेहरुले गरेछन् । सिलिगुढीमा कार्यक्रम हुने भएछ । कार्यक्रमको तयारी ज्यादै भव्य सँग भयो । नेपाल, भारत, बर्मा, भुटान, सिक्किम र देहरादून लगायतका लब्ध प्रतिष्ठित नेपाली साहित्यकारहरु सिलिगुढीमा भेला भए । युवराज काफ्ले, भीमलाल सापकोटा, केशब लामा, कुमार छेत्री लगायतका युवाहरुले, स्वर्ण महोत्सव कार्यक्रमलाई सञ्चालन गरिरहेका थिए । त्यहाँ सूर्य बिक्रम ज्ञवाली, धरणीधर कोइराला, तुलसी दिवस, महानन्द सापकोटा, पारसमणि प्रधान तथा देव कुमारी थापा लगायतका व्यक्तित्वहरुको प्रत्यक्ष सल्लाह र सुझावले काम भइरहेको अबस्था थियो । आफू प्रत्यक्ष रुपमा त्यस कार्यक्रममा संलग्न रही
एबनभ ट या ठखट्न नपाए पनि यता झापामा रहेर भए पनि मदन ढकालले परोक्ष सहयोग पु¥याउनु भएको थियो । साहित्य सम्मेलनको उक्त महोत्सवका बेला गणेश बहादुर प्रसाईँ पनि त्यहीँ हुनहुन्थ्यो । नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान पु¥याउने जो कोही पनि त्यहाँ उपस्थित भएको जस्तो लाग्ने वातावरण त्यहाँ सिर्जना भएको थियो । त्यसबेला । यत्तिकैमा उक्त सम्मेलनमा उपस्थित त्यत्रा लब्ध प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुलाई आफ्नो उपस्थितिको अनुभूति हुने गरी कस्ले सम्बोधन गर्न सक्ला ? भनेर समारोह समितिलाई एक किसिमको तनावको स्थिति पैदा भयो । मञ्चमा उभिएर सबेलाई चिनन सकेर एक–एक गरी दुनियाँ समक्ष परिचय प्रदान गर्न सक्नु चानचुने कुरा छँदै थिएन । यस सम्बन्धमा त्यहाँ व्यापक छलफल र चर्चा परिचर्चाहरु भए । त्यत्तिकैमा यस कामका लागि गणेश बहादुर प्रसाईंज्यू भन्दा अब्बल अरु कोही हुन सक्दैन भन्ने कुरा उठ्यो । स्वयं गणेश बहादुर प्रसाईंज्यूलाई के तपाईँ यहाँ उपस्थित लब्ध प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुको परिचय प्रदान गर्न सक्नु हुन्छ ? भनी सोधियो । जवाफमा गणेश बहादुर प्रसाईले“सकेको प्रयास गर्छु” भन्नु भयो । नभन्दै उहाँले उक्त सभा समारोहको मञ्चमा उभिएर त्यहाँ उपस्थित नेपाली भाषा साहित्यका बारेमा कलम चलाउन सुरु गरेका देखि लिएर नेपाली भाषा साहित्यका उत्थानका लागि सम्पूर्ण जीवन नै अर्पण गरिसकेका जो कोहीको यावत परिचय त्यहाँ दिन सक्नु भयो । सारा उपस्थित जन समुदाय तीन छक्क पर्दै गणेश बहादुर प्रसाईँको त्यो अलौकिक क्षमताको प्रसंशक हुन पुगे । गणेश बहादुर प्रसाईँज्यूको उक्त घटना सम्न्धी साक्षी झापा कै बरिष्ठ कानूनविद् लीला प्रसाद सापकोटाज्यू हुँदै हुनुहुन्छ । अब अन्तिम प्रसङ्ग
एबनभ ठ या ठसंयोग भनौं वा के भनौं त्यो बेला गणेश बहादुर प्रसाईँको जिन्दगीको अन्तिम घडी रहेछ । मलाई एउटा महत्वपूर्ण कार्यभार आइलाग्यो । यसको लागि म आफूलाई धन्य सम्झन्छु । कुरा के भने बीरता जेसिजका पूर्व अध्यक्षहरुबाट हरेक वर्ष एक उत्कृष्ट नागरिक छनोट गरी सम्मान गर्ने प्रचलन रहेछ । त्यसै सन्दभृमा वि.सं.२०७० सालमा जेसी युवराज दाहालको संयोजकत्वमा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमको आयोजना तय भएछ । अब उत्कृष्ट नागरिक छनोट गर्नका लागि बीरता जेसिजले मेरो संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गर्यो । अरु दुई सदस्यहरुमा झापाली युवा पत्रकार द्वय गोपाल कुमार काफ्ले र भीम नेम्वाङ्गज्यू रहनु भएको थियो । यस अवसरमा हामी छनोट समितिका सदस्यहरुले विभिन्न तौर तरिकाहरुबाट जनमानसको धारण बुझ्ने चेष्टा गर्याैँ । आम जन मानसको धारणालाई अन्त्यमा सामान्यीकरण गर्योैं त्यसो गर्दा गणेश बहादुर प्रसाईं नै वर्ष २०७० का उत्कृष्ट नागरिक ठहरिन पुगे । हाम्रो प्रतिवेदनलाई बिरता जेसिजका पूर्व अध्यक्ष लगायत सम्मान समारोहका संयोजक युवराज दाहालले स्वीकार गरेपछि गणेश बहादुर प्रसाईं वास्तविक रुपमा सम्मानका हकदार ठहरिए र सम्मानित समेत भए । यसरी २०३४ साल देखि वि.सं.२०७० सालसम्मको अबधिमा मैले जे जसरी गणेश बहादुर प्रसाईंलाई चिनें जानें र ठम्याउने मौका पाएँ त्यही वा तिनै कुराहरलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरें । गणेश बहादुर प्रसाईँको सम्बन्धमा यति कुरा राख्न अवसर दिने यस संस्था प्रति म चीर ऋणी रहेको अनुभव गर्दछु ।
♥ तारा विविध (सहप्रा. ) चंद्रगढ़ी।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।