गजल - लोकेन्द्र बञ्जारा

गजल

जीवन चोटको हिन्दमहासागर जस्तै लाग्छ।
समय मालिक म बबुरो नोकर जस्तै लाग्छ।

तिमी आफ्नो दृस्ठिकोणलाई सकारात्मक बनाउ,
तिमीलाई हरेक मान्छे इस्वर जस्तै लाग्छ।

यहाँ पनि मेरा कुरा काट्न थालेका छन ,
यो भट्टी पनि मलाई मेरो घर जस्तै लाग्छ।

कत्ती चाडैं तिम्रो महल ठडिएछ अहो!
तिम्लाई चुनाब जिताएको भर्खर जस्तै लाग्छ।

बर्खै भरी साउको खेत जोत्ने हलि न हुं,
मलाई पसिनाको गन्ध अत्तर जस्तै लाग्छ।

- लोकेन्द्र बञ्जारा,
दमक ,झापा।
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.