गजल - सावित्रा लुइँटेल घिमिरे

गजल

न हर्ष न उमंग नयाँ बर्षको।
साचैं नै फिका रंग नयाँ बर्षको।

असरल्ल पीडामा छ मेरो देश,
कामना छैन मसंग नयाँ बर्षको।

देश दुखेकोछ सपना टुटेको छ,
यस्तै छ सपना भंग नयाँ बर्षको।

७३ जादैछ स्पर्श गर्दै ७४ लाइ,
खुसि मनाए हुँदै दंग नयाँ बर्षको।

यस्तै हो देख्दिन उत्कर्ष कसैमा,
आगमन लाग्छ अजंग नयाँ बर्षको।
 
♥ सावित्रा लुइँटेल घिमिरे
झापा, बिर्तामोड।
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.