लघुकथा - "भेउ" (जीवन दाहाल)

लघुकथा - "भेउ"
म उसको कोठामा पुग्दा उ ओछ्यानमा बसि काखमा ल्यापटप राखेर ल्यापटप चलाउँन मग्न भेटियो भनें उसकी श्रीमती चैं उसै कोठाका कुनामा रहेको ग्यास स्टोभमा घोत्लिइ रहेकी भेटिइन । मैले सदाझैं भाउजू सन्चै ? भनेर सोधेको उत्तर पनि करैलेमात्र पाइएकोमा मैले अनुमान लगाएँ लोग्ने स्वास्नीमा ठाक-ठुक परेछ । म उसका छेउमा बसें उसले बस् भन्नैं नपाइ र सानो स्वरले "के भो भाउजुलाइ ? के गरिस् तैंले ?"-भनेर सोधेकोमात्र के थिएँ उसले लट्टे पड्किए झैं पड्किदैं भन्यो-"के हुनु नि ? मैले सघाइ दिइन भनेर ठुस्किएकी ।" उसको कुरा भुइँमा खस्न नपाउदै श्रीमती पड्किइन-"हिजोका थोरै थिएनन् जुठा भाँडा, कमसे कम यो भाँडा माझ्न बसि भनेर थाहा पाएपछि त यसो उठेर दाल बसाइ दिन, चिया पकाइदिन हुदैन त ? थाहा पाएर पनि सुतेकोछ-सुतेकोछ, दलाहा जात, आइमाइलाइ त दासी बनाएर दल्नैमात्र खोज्दारहेछ है यो लोग्नेमान्छेको जात त ।" "हैन, कहिले त बिहान झिसमिसेमै निस्किएर राती नौबजेसम्म पनि खट्नुपर्छ मैले र बेलुकी आएर पानीसँग दुई गाँस निलेर चित्त बुझाउनु पर्छ तै पनि यसले मेरो काममा त एक मिनेट पनि कहिल्यै सघाउनु पर्दैन त । अनि मैले चैं लखतरान भएर फर्केका बेला पनि सघाउनै पर्ने ? घरधन्दा गर्ने, हिन्दी सिरियल हेर्ने र माइतीतिरका मान्छे आए मलाइनै खसालेर बोल्ने बाहेक केही काम लगाएको भए पनि बेग्लै कुरा । टार्ने पुर्‍याउने त मैले नै हो नि । बाहिर पनि मैं घरमा पनि मैं दलिनु पर्ने ? मैले रिन खा'को छ र !"-लोग्ने पनि बम्किन छोडेन । अब यो भुङ्ग्रोमा आफू पनि पिर्सोलिइ रहनुभन्दा चम्पट कस्नु बेस् भनेर एउटा बाहाना झिकेर त्यहाँबाट धाइफल तोडें । बाहिर निस्किएर सोच्तैछु-"हैन, आजकलका आइमाइहरुले आफ्नो स्वतन्त्रता खोजेका हुन् कि लोग्नेको दासता ?"
जीवन दाहाल, गौरादह-७,झापा ।

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.