ति आमाको आँसु पुछ्ने ,सन्तान खोज्दैछु। भन भगवान कहाँ छन ति प्रश्न सोध्दैछु। कि धोएर कि रोएर जान्छ मनको मैलो, त्यसैले त आफ्ना पीडा यहीं पोख्दैछु।
यो देशमा बाधा बिघ्न छिट्टै हटोस भनि,
झुकाइ शिर तिम्रै पाउमा संधै ढोग्दैछु। देशको निम्ति मरी मेट्ने बाचा ब्यर्थ भयो, कस्लाई दिनु दोष मैले आँफैलाई दोस्दैछु। मुग्लानमा बित्यो बैंस धनको पछीलाग्दा,
जिउँदो छु म भन्नु मात्र कफन ओड्दैछु। ♥ सावित्रा लुइँटेल घिमिरे झापा, बिर्तामोड।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।