गजल
हरायो शहर बाट तर कसैको मनमा थियो ।
उसको आधा मुटु कसैको जिवनमा थियो ।
समयले तनाबै तनाब दिन्छ कुनैकुनै पलमा,
जिन्दगी बाँच्नुको मजा त बचपनमा थियो ।
नभुल्नु पर्नेले पनि भुलि दिएको छ अचेल,
शायद सम्बन्धको परिभाषा धनमा थियो ।
देश छोड्दा बोकेको सपनाहरु सपनै रहयो,
यौटा परदेशीको सपना उसकै कफनमा थियो ।
♥ राज अविरल यात्री बिर्तामोड, झापा ।
♥ राज अविरल यात्री बिर्तामोड, झापा ।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।