इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
पिउन सम्म पियो आज तनाव देखाएर
रित्तो खल्ती टक्टक्याउंदै अभाव देखाएर ||
कहाँ बाट आउँछ फुर्ती अचम्मै छ गाँठे
बिरालो नै बाघ हुँ भन्छ नकाब देखाएर ||
दोबाटोमै लडे पछी निधाउँछ त्यहीं
सुग्घरी हुँ भन्छ यस्तो बर्ताब देखाएर ||
हैन हैन भन्छ अझै भुइँमा लड्दा पनि
चोखिंदैछ गजल संग लगाव देखाएर ||
सायद उस्को नजर दोषी भएर नै होला
अंगुरको रस भन्छ सराब देखाएर ||
♥ सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल
Post a Comment