कबिता-"डुम" - साैगात गजमेर विश्वकर्मा

कबिता-"डुम"

म एक हिरालाल
पहिचान कमैया
थर डुम हाे !
साहुकाे गाेडा थिचेर
घरकाे अभाव टाल्ने
म,
सास्ति र दमन नभनेर कहिल्यै
मैले मेरी छाेरीलाई पनि पठाकाे हुँ
अभाव र भाेकाे पेट नरहाेस् भनेर
साहुकाे हेरचार र स्याहार गर्न
बर्षाैदेखि,
यसरिनै चलाएकाे हुँ मैले
अभावै-अभावमा मेराे झुपडी
न मलाई भने जसरि भयाे
न मैले साेचे जस्तै गर्न पाएँ
सिर्फ लागरहे निरन्तर
यहि शासककाे स्याहारमा.....!
मेराे मज्बुरीमा,
साहुकाे सन्तुष्टिमा,
मेरी अन्जान छाेरीले
गुमाउनु पर्याे नचहेरै पनि
कल्कलाउदाे बैँस
लुटाउनु पर्याे
जाबाे पापी पेटका लागि
अाफ्नाे कलिलाे शरीर ,
गल्ति मेराे पनि अाधा छ
अभाब टाल्नलाई बाल्यकाल जिम्मा लगाउनु
गल्ति साहुकाे पनि अाधा छ
मानवता भुलेर गर्नै नहुने पाप गर्नु
माफ गर छाेरी
त्याे अवस्थाकाे दाेषी
म जस्ता हजाराै बाबुहरु हुन
त्याे भन्दा धेरै
राक्षस जस्ता
जमिनदार अर्थात साहुहरु हुन् !
हाे छाेरी ,
तेरी अामालाई पनि
अाफ्नाे बाहुबलकै पर्दशन गरेर
समाउने त्यहि साहु हाे
घाँस दाउरा गर्न जाने तेरी अामा
लुटिएकी हाे त्याे सुनसान जङ्गलमा
बनाएर एक गतिलाे सिकार
लुछेका हुन गिद्धलेझै
तेरी अामाकाे याैवन
तसर्थ छाेरी
यहाँ याे पनि बनाए हाम्राे पहिचान
हामी बन्याै ईसाराकाे पुतली
यहि अभाव र मज्बुरीमा...!
अब त ,
उठ्नुपर्छ छाेरी
हातमा खुँडा अनि भाला लिएर
र,चलाउनुपर्छ छातीमाथि
जसले हामीलाई अन्याय गर्याे,
जसले शरिरमाथि खेलवाड गर्याे
अाउ तिमी खुँडा समाउ
म हातमा भाला लिन्छु
पछि-पछि,
याे समाजका हामी जस्तै अरुले
समाउनेछन् तलवार र खुकुरि
अनि,
हामी सबै मिलेर अन्त्य गराै
बर्षाै देखिकाे हामीमाथीकाे अन्याय...!

♥ साैगात गजमेर विश्वकर्मा
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.