चिल्लो पिरो मर- मसाला रातो बुढीको।
मेरो शरिर मात्र हो' नि पातो बुढीको l
उसैको भरमा चल्छ साझ बिहान घर,
चुलो चौका ढिकी नाम्लो जातो बुढीको l
रात-दिन लावालस्कर पाहुनाको ताँती,
सालो,साली, मामा-माइजु नातो बुढीको l
केहि भन्नु हुन्न अचेल ठसक्क ठुस्किन्छे,
मेरो जान्छ उसको आउँछ सातो बुढीको l
♥ दिनेश आचार्य "मंडू", लखनपुर, झापा।
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।