गजल - जि पि तिवारी

गजल
तिमी र यो कन्चन हिमाल, उस्तै उस्तै लाग्छ 
तिमी र मेरो देश नेपाल, उस्तै उस्तै लाग्छ 

जब लेख्छु गीत गजल, तिमीलाइ संझी
शब्द अनि संगितको ताल, उस्तै उस्तै लाग्छ

कति निश्चल छ हाम्रो प्रेम, समर्पित उस्तै
तिम्रो जवाफ मेरो सबाल, उस्तै उस्तै लाग्छ

टाढा हुन खोज्छौ जब तिमी, मेरो समीपबाट
दिलको धड्कन तिम्रो चाल, उस्तै उस्तै लाग्छ

मर्न पाए तिम्रो नै काख, साच्चै धरोधर्म
संजिबनी बुटी र काल, उस्तै उस्तै लाग्छ

♥ जि पि तिवारी
दमक-१५,झापा नेपाल।
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.