गजल - सावित्रा लुइँटेल घिमिरे

गजल

बोलि भन्दा पनि छिटो गोलि चल्छ यहाँ आलो रगत मिसिएको खोली चल्छ यहाँ || अभाब छ बजारमा रातो रंग अचेल रंग होइन रगतको होलि चल्छ यहाँ || आन्दोलन् कि आतंक हो खै कसरी बुझ्नु आगो लगाई सिपाइ मार्ने टोली चल्छ यहाँ || चौबन्दी र फरियाको कुरा गर्दा मैले भन्थिन उनी उध्रिएको चोली चल्छ यहाँ || यो बन्दको मार खप्दै ब्यापारीले लेखे आज नगद उधारो चैं भोली चल्छ यहाँ || ♥ सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल- इजरायल
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.