समालोचना - झापाली कवि लीला अनमोल र उहाँको कविता (राज खड्का)

झापाली कवि लीला अनमोल र उहाँको कविता
झापाली कवि लीला अनमोल।उहाँ सबैलाई  चिन्नुहुन्न, तर उहाँलाई नचिन्ने कमै मात्र छ्न झापामा। जुन बेला लीला अनमोललाई मैले चिने त्यति खेरै उहाँकै सुन्दर गजल कविताहरुबाट आफुलाई स्थापित गरिसक्नु भएको अवस्था थियो। हो उहाँले,त्यतिबेलै कवितामा छुट्टै आफ्नो पहिचान बनाई सक्नु भएको थियो।गजलमा पनि स्वतन्त्र शीर्षक राखेर " दुख्छ "गजल संग्रह सहित एक ससक्त झापाली गजलकारको रूपमा आफुलाई स्थापित गरिसक्नु भएको छ।अहिले लीला अनमोल अरुलाई हेर्नुहुन्छ। अर्थात् सबैलाई हातेमालो गर्दै एउटै छहारिमा मिलाएर राख्नुहुन्छ ।
मूलतः उहाँ कवि व्यक्तित्व हुनुहुन्छ । यसका साथै उहाँ एउटा सशक्त झापाली साहित्यिक कार्यकताको रूपमा पनि आफुलाई उभ्याइ सक्नु भएको छ। राम्रो सिर्जना गरिरहने मिडियाको पहुँचमा नरहेका साहित्यकार र देशबिदेशमा रहेका साहित्यकारहरुको एउटा भेटघाट चौतारीको  रूपमा पनि आफुलाई चिनाउनु हुनुहुन्छ आफुलाई ।
कहिले उहाँ कुनै अवसर, चाडपर्व वा संयोग जुर्नासाथ झापा र झापा बाहिरका साहित्यकारहरुको भेटघाट कार्यक्रम राखिहाल्नु हुन्छ। साहित्यकार कृष्ण धरावासिको शिष्य भएको बताउनु हुने लीला अनमोलको हातमा / काधमा छ आजको झापाली साहित्य।उहाँकै अगुवाइमा अघि बढीरहेको छ झापालि साहित्य ।उहाँकै नेतृत्वमा " सर्जक मञ्च झापा" नाउँको सस्था पनि केही बर्षयता क्रियाशिल रहेको छ र ।
सामाजिक कार्यको अतिरिक्त उहाँ राम्रो गृहसंचालक पनि हुनुहुन्छ । लीला अनमोल  एक अध्येता, लेखक, पत्रकार एवम् सञ्चारकर्मी पनि हुनुहुन्छ । हाल उहाँ रेडियो भिजन एफएम बिर्तामोडमा "हाम्रो साहित्य" कार्यक्रम प्रस्तोताको रुपमा पनि कार्यरत हुनुहुन्छ यसअघि नै कन्चनजंघा एफएममा कुसल कार्यक्रम प्रस्तोताको रुपमा आफुलाई स्थापित गरिसक्नु भएको थियो। त्यस्तै एटिभ मिडिया ग्रुप झापाको संचालक समेत हुनुहुन्छ।यहाँबाट धेरै उद्घोषक तथा रेडियो कार्यक्रम प्रस्तोताहरुको उत्पादन समेत गरिरहनु भएको छ।यो उहाँको जिविकोपार्जनको माध्यम पनि हो ।
उहाँको यो छोटो परिचयपछि विषयवस्तुमा आउँ । उहाँको “दुर्घटित बिश्वास” भन्ने कविता राष्ट्रिय कविता  प्रतियोगितामा प्रथम ठहरिएको हो।जीवनकाल,भोगाइ र जगतलाई शब्दमा कलात्मक ढंगले लेख्नुभएको यो मनछुने  कविता यहाँ प्रस्तुत गर्दछु ।
     "दुर्घटित बिश्वास"
       ---------------
बिश्वास दुर्घटित भएर आखाबाट
यत्तिबेला मेरो देश
भूगोल रोइरहेछ
सुनामी चलेर शान्तिको सागरबाट
अखण्डित युद्द बगिरहेछ नदिहरुमा
देशको हाँसोमा संगीन तेर्सि एर
छिर्का हानेको छ रगत सिमास्तम्भहरुमा
सालिक रोएर इतिहास
मुर्छा परेकोछ
चोक, गल्ली र गल्छेडाहरु
सहिद भत्किएर मुटु
शिरा र धमनी संक्रमण भएकोछ
बन्दकी राखेर क्रुरता
हिटलरको जिजिबिषा बाँचिरहेछ याहाँ
दाईं चलिरहेछ स्वत्रन्त्रताको
जहाँ निसंकोच
बलात्कार भोगीरहेछ देश
लाग्छ - समय नांगिएर
उत्तानो परे कोछ बिच सडकमा
जसलाई सबैले भोग्न छुट छ।
याहाँ- प्रतिश्पर्धाको होड चलेको बेला
प्रत्येकले बहिरो बिजयको घोषणा गरिरहेछन।
स्वनिर्णयको अल्कोहल पिएर
बिश्वास मातिरहेछ यतिबेला
स्वतन्त्रताको बगैंचामा उम्रिएका
पारिजात चाहानाहरु मा
संक्रमणकालिन् धमिरा लागेको छ अहंमता ब्यूझाएर
ज्वालामूखी दन्किएको बेला
संबेदना मरेर दुर्घन्दित भएको छ
मोतिबिन्दु भएको छ
सार्बभौमिकताको ऑखामा।
यो अन्धकारको साम्राज्य फैलिएको बेला
ओ मेरो प्रिय मान्छे !
मलाई एउटा यस्तो छुट्टै अवसर देउ
म आगोमा निर्भिक हिड्न सक्ने
एउटा कुशल सन्तान जन्माईदिन्छु।।
( उक्त कविता २०६७को राष्ट्रिय
कविता प्रतियोगितामा प्रथम कविता हो।)

♥ राजकुमार खड्का,
शनिअर्जुन, झापा। 

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.