गजल - बिनोद रिमालका

बिनोद रिमालका ३ गजल

१.
प्रत्येक घरमा बुहारी हेपिन्छ्न सधैं।
मुखमा राम बगलीछुरा देखिन्छन सधैं।

अबुझ भनौं या मूर्ख समाज हुँदो रैछ,
दाइजोकै नाउँमा गला रेटिन्छन सधैं।

यहाँ कस्तो हो जमाना भनी साध्य छैन,
नारीकै घटना अखबारमा लेखिन्छ सधैं।

घर चुल्होमा ब्यस्त छोरीको जीवन,
यहाँ छोरो भने भट्टीमा भेटिन्छन् सधैं।

२.
किन होला छिनमैँ बर्षात हुन्छ।
थाहै नपाई जीवन बर्बाद हुन्छ।

हरियाली लाग्छन् शहर अचेल,
तिमी नभए त मसान घाट हुन्छ।

 अरे तपाइ त्यति नबगन्नु होस्न,
 यो माया को अनेक जात हुन्छ।

बिश्बास गर्नुहुन्छ प्रियसि लाइ,
बिस पिलाउने उसैको हात हुन्छ।

युगै बदलने सपना देख्नु भन्दा,
पहिला आफै बाट सुरुवात हुन्छ।

३.
कहिले काहि अधेरी ले जिस्काछन।
कहिले सोजै खडेरि ले जिस्काउछन।

सद्यै जसो बुवा भन्नु हुन्छ अचेल,
मलाइ त्यहि पधेरी ले जिस्काउछन।

मनै एक्लो भएर होला याहासायद,
भनौ सुनसान कटेरी ले जिस्काउछन।

हिजो का सुकेका खोला नाला पनि,
कतै सेति कतै भेरी ले जिस्काउछन।

नेपालि हु भनि कसरि भनौ अचेल,
बाटै भरि अटेरीले जिस्काउछन।

बिनोद रिमाल , बाहुनडांगी, झापा।
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.