कविता - आमा (कृष्णा भट्टराई)

कविता - आमा

उपहार दिन सक्दिन तिमीलाई,
पटक-पटक आफूलाई रित्याई रहेछु।
आफूलाई नै समर्पण गरिसकें तिमीप्रति,
कलेटी ओठले रुन्चे हाँसो हाँसी रहेछु।।

उपहारको खोजीमा हिंड्दा हिंड्दै,
म त साह्रै थकित भइरहेछु।
तिम्रै निम्ति बाँच्ने रहर हुंदा-हुंदै पनि,
हरेक क्षण मृत्युको पर्दाले ढाकिइ रहेछु।।

ठूलै उपहार दिने रहर थियो तिमीलाई,
तर म आफैं नांगि रहेछु।
बाँकी शरीर, स्वास र रगत छ नि,
त्यो पनि तिम्रै नाममा नामसारी गरिरहेछु।।

यो सानो उपहारलाई पनि हांसेर स्वीकारी देऊ,
म बलिन्द्र धारा आँशुमा डुबी रहेछु।
सुख दु:ख तिमीलाई सुम्पिएर आमा,
तिम्रै पिडामा पटक-पटक मरि रहेछु।।

- कृष्णा भट्टराई, गोल्धाप-९, झापा।
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.