गजल - इन्दिरा प्रयास

गजल खुम्चिनु पर्दा मेची रोयो कालापानी रोयो। सहीदका सपना सँगसँगै बलिदानी रोयो। सबेरै समाचार खोलेर हरें थें अखबारमा, प्रियतमको लापरवाहीले जिन्दगानी रोयो। कुमारी आमाको ब्यथा कसैले बुझेनन्, नकानून रोयो न देशको राजधानी रोयो। गाँस बास र कपासको लागि प्रवासिने, ति युवाको जीवन संघर्षमा जवानी रोयो। लैला मजनू र मुना मदनको नक्कल गर्दा, कैयौ युवातीको एकान्तमा सिरानी रोयो। एक बालक समाजबाट अपहेलित हुदाँ, उसको मस्तिष्कमा बाबुको निशानी रोयो। अवस्यै त्यों दुखी म जस्तै कवी हुनुपर्छ, अर्थ अभावमा उसको साँझ बिहानी रोयो। छेपाराले रंग बदल्न छोड़े मान्छेलाई देखि, बहुरंगीको रंगमंचमा देशको अन्जानी रोयो।

इन्दिरा प्रयास, दमक हाल, भक्तपुर।
Labels:

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.